Friday, August 7

प्रशासन

नदीजन्य पदार्थको चोरी निकासी रोक्न सक्रिय छन् प्रहरीसँगै स्थानीय पनि
प्रशासन, समाचार

नदीजन्य पदार्थको चोरी निकासी रोक्न सक्रिय छन् प्रहरीसँगै स्थानीय पनि

नेपालअखबार, कञ्चनपुर,। नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ। नदीमा नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०/०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। ट्याक्टर सञ्चालकलाई जरिवाना गरी तीन लाख रकम असुलउपर गरिएको पनि उनले बताए। जरिवाना लिन थालेपछि अवैधरुपमा नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उनको भनाइ  छ। नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन्। स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चो...
विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै काठमाडौँ महानगर
प्रशासन, समाचार

विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै काठमाडौँ महानगर

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ । यसअघि बबरमहलमा यस प्रणाली जडान गरिसकेको कामपाले अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । यस वर्ष ३६ वटा विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकताअनुसार जोखिम हेरेर अन्य विद्यालयमा पनि यस किसिमको व्यवस्था गर्ने बताइएको छ । हाल कामपामा ८९ सामुदायिक पाँच सय चार निजी विद्यालय सञ्चालित छन् । श्रेष्ठले भने,'मुख्य सडकसँग जोडिएका सबै विद्यालयमा यस किसिमको प्रणाली जडान गरिने छ । यस कार्यक्रमका लागि कामपाले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । यस प्रणाली जेब्रा क्रसत...
ठेकेदारको लापरबाहीले तीन वर्षमा पनि बनेन अस्पताल
प्रशासन, समाचार, स्वास्थ्य

ठेकेदारको लापरबाहीले तीन वर्षमा पनि बनेन अस्पताल

नेपालअखबार, खोटाङ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ। दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो। भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। पटकपटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन। उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका  प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए। अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर...
कृषि मन्त्रालयको तथ्याङ्क : नेपालमा आवश्यकताभन्दा धेरै मासु उत्पादन
प्रशासन, समाचार

कृषि मन्त्रालयको तथ्याङ्क : नेपालमा आवश्यकताभन्दा धेरै मासु उत्पादन

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालको आवश्यकताभन्दा बढी मासु उत्पादन भएको बताएको छ । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिलाई मन्त्रालयले वितरण गरेको पशुजन्य उत्पादनको आंकडा अनुसार नेपालका लागि वार्षिक न्यूनतम ३ लाख ७९ हजार मेट्रिकटन मासु आवश्यक पर्ने भएपनि हाल ५ लाख ५ हजार मेट्रिकटन मासु उत्पादन भएको मन्त्रालयले जनाएको हो । यो परिणाम आर्थिक बर्ष २०७९–८० मा उत्पादन भएको मन्त्रालयको भनाई छ । अण्डा उत्पादन पनि नेपालीको आवश्यकता भन्दा बढी उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । वार्षिक नेपालीका लागि न्यूनतम १ अर्ब ३५ करोड गोटा अण्डा आवश्यक भएपनि १ अर्ब ४१ करोड गोटा उत्पादन भएको छ । यस्तै नेपालीको वार्षिक दूध न्यूनतम आवश्यकता २५ लाख ९४ हजार मेट्रिक टन रहेकोमा २४ लाख ९८ हजार मेट्रिक टन उत्पादन भइरहेको छ । माछातर्फ नेपालीलाई  १ लाख १० हजार मेट्रिक टन आ...
विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगहरूको विद्युत लाइन
प्रशासन, समाचार

विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगहरूको विद्युत लाइन

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत् लाइन काटेको हो । प्राधिकरणले यही पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो । शुक्रबार लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ । शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल ...
श्रम मन्त्रालयले भन्यो– कोरियासँग निर्णयमा पुग्नेगरी वार्ता भइरहेको छ
प्रशासन, समाचार

श्रम मन्त्रालयले भन्यो– कोरियासँग निर्णयमा पुग्नेगरी वार्ता भइरहेको छ

नेपालअखबार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने गरी वार्ता भइरहेको जनाएको छ । एचआरडी कोरियासँग यो विषयमा निर्णयमा पुग्ने गरी छलफल तथा वार्ता भइरहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनीहरूले उठान गरेका मागका विषयमा छलफल भइरहेको जनाएको हो । ‘यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरूलाई माग बमोजिम उत्पादनमूलक क्षेत्र तर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ता एवम् तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन, धर्नाजस्ता क्रियाकलापहरू नगर्नु हुन सम्बद्ध सबैलाई अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ईपीएस कोरिया शाखाले मङ्सिर १९ गते सूचना प्रकाशित गर्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्...
काठमाडौंमा नक्कली नोटसहित एक जना पक्राउ
प्रशासन, समाचार

काठमाडौंमा नक्कली नोटसहित एक जना पक्राउ

नेपालअखबार,काठमाडौं। काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन्। रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ  पक्राउ परेकी हुन्। उनलाई गोकर्णेश्‍वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ। नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...
म्याग्दीमा ८ महिनामा ६ पुल निर्माण
प्रशासन, समाचार

म्याग्दीमा ८ महिनामा ६ पुल निर्माण

नेपालअखबार, म्याग्दी । म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । सङ्घीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन् । यसवर्ष दुईवटा मोटरेबल पुल निर्माण सुरु गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले थप दुईवटा पुलको ठेक्का लगाउने तयारी गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत  अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा २५ मिटर लामो मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि फेवा–बिएम जेभी पोखरासँग विसं २०७६ माघ १७ गते मूल्य अभिवृद...
१०० दिनसम्म सडक बन्द गर्ने पाल्पाको निर्णयमा रुपन्देही असहमत
प्रशासन, समाचार

१०० दिनसम्म सडक बन्द गर्ने पाल्पाको निर्णयमा रुपन्देही असहमत

नेपालअखबार, बुटवल । बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न यही पुस १६ गतेदेखि एक सय दिनसम्म सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गर्ने पाल्पा प्रशासनको निर्णयमा रुपन्देही प्रशासनले असहमति जनाएको छ । पाल्पाको निर्णयमा असहमत रुपन्देही प्रशासनले अलग्गै निर्णय गरेर सार्वजनिक गरेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यही पुस ८ गते सुरुङमार्ग निर्माणलाई सहज बनाउन भन्दै पुस १६ गतेदेखि एक सय दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सन्चालनमा रोक लगाउने निर्णय सार्वजनिक गरेका थिए । तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकैपटक एक सय दिन दिनसम्म सडक बन्द गर्ने निर्णय उपयुुक्त नभएको जनाएका छन् । पाल्पा प्रशासनले सडक बन्द गर्ने निर्णय गर्दा सुरुङमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कामको प्रगतिबारे शर्त नराखिएको,...
राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त
प्रशासन, समाचार

राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

नेपालअखबार, काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ मै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने उनको भनाइ छ । आयोगका अनुसार कोशीमा दुर्गाप्रसाद ढुंगेल, मधेसमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा ओमप्रसाद अर्याल निर्वाचन अधिकृत नियुक्त भएका छन् ।...