Friday, August 7

प्रशासन

मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
प्रशासन, समाचार

मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । एमपी/एससीएफ/ईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । एमपी/एससीएफ/ईसीसी जेभीमा पश्चिम बंगाल भारतका आदित्य सितानी नेतृत्वको एमपी सितानी एण्ड सन्स, सूर्यबहादुर खड्का नेतृत्वको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि र सुरेन्द्रराज पौडेल नेतृत्वको एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा छन् । यी कम्पनीलाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल राजमार्ग योजना कार्यालय पर्वतले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको हो । यसैगरी भूमि इन्फ्रा स्ट्...
अनुमति निलिई ड्रोन उडाएको आरोपमा पोखरामा चिनियाँ नागरिक पक्राउ
प्रशासन, समाचार

अनुमति निलिई ड्रोन उडाएको आरोपमा पोखरामा चिनियाँ नागरिक पक्राउ

नेपालअखबार, पोखरा । पोखरामा बिना अनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार पोखरा महानगर– १, टुँडिखेलमा अनुमतिबिना ड्रोन उडाइरहेको सूचनाका आधारमा सेनलाई पक्राउ गरिएको हो । उनलाई ड्रोनसहित नियन्त्रणमा लिएर नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा पठाइएको उनले जानकारी दिए ।...
पुस २३ गते मनोनयन दर्ता, उम्मेदवारले यी कागजात पेश  गर्नुपर्ने
प्रशासन, राजनीति, समाचार

पुस २३ गते मनोनयन दर्ता, उम्मेदवारले यी कागजात पेश गर्नुपर्ने

नेपालअखबार, काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले आगामी पुस २३ गते मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम विभिन्न कागजात पेश गर्नुपर्ने जनाएको छ । जुन यसप्रकार रहेका छन् – (क)    उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ख)    मतदाता नामावली ऐन, 2073 बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, (ग)    राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, 2075 को दफा 63 बमोजिम दश हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट ...
भिरकोट नगरपालिकामा एउटै वडाको सेवा दुई ठाउँबाट
प्रशासन, समाचार

भिरकोट नगरपालिकामा एउटै वडाको सेवा दुई ठाउँबाट

नेपालअखबार, वालिङ (स्याङ्जा) । स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिएको हो । वडाका सबैलाई पायकपर्ने ठाउँमा वडा कार्यालय नभएपछि वडावासीको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा दिँदै आइएको वडाध्यक्ष नन्दलाल खनालले बताए । साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नं वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनको भनाइ छ । ‘हप्तामा छ दिन कार्यालयबाट सेवा प्रवाह हुने भएकाले तीन दिन एउटा कार्यालयबाट र तीन दिन अर्को कार्यालयबाट सेवा दिँदै आएका छौं’, खनालले भने, ‘आइतबारदेखि मङ्गलबार ढापुक जामुनेडाँडा वडा कार्यालय र बुधबारदेखि शुक्रबारसम्म मोहनडाँडाम...
साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ
प्रशासन, विदेश, समाचार

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ

नेपालअखबार, काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ । गत डिसेम्बर १४ देखि २० गतेसम्मको साता राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने १० हजार ८ सय ५६, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ९ सय ३४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६ सय ७३ रहेका छन् । राज्यमा सीमा पार गर्न खोज्दा ७ सय ६९ जना व्यक्ति पक्राउ परेका थिए । जसमा ३९ प्रतिशत यमनी, ५८ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रियताका थिए । यस्तै, ८० उल्लंघनकारी साउदी अरेबियाबाट बाहिर जान सीमा ...
युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी
पत्रपत्रिका, प्रशासन, समाचार

युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी

नेपालअखबार, काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युव्रmेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रव्रिmया अघि बढ्ने छ । सरकारले युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ । सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । अब थप छ देशसँग पनि यही वर्ष सम्झौता गर्ने गरी कार्य भइरहेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिनुुभयो ।नेपालले हाल कतार, युएई, क...
कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग
प्रशासन, समाचार

कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले करार सेवामा कार्यरत कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको छ । सोमबार सूचना जारी गर्दै परियोजनाले १५ दिन भित्र आवेदन बुझाउन आह्वान गरेको हो । सूचनामा भनिएको छ,‘ लोक सेवा आयोगको केन्द्रीय कार्यालयले आर्थिक वर्ष २०७९/८० मा संचालन गरेको नेपाल कृषि सेवाका ( कृषि र पशुपन्छी विकास क्षेत्रतर्फ) राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत वा सो सरहका पदमा स्थायी पदपूर्तिका लागि सिफारिस गर्ने क्रममा वैकल्पिक तथा अस्थायी योग्यता क्रम सूचिमा रहेका उम्मेदवारहरू र विभिन्न प्रदेश लोक सेवा आयोगहरूबाट कृषि सेवा तर्फका कृषि / पशु विकास अधिकृत वा सो सरहका पदमा पदपूर्तिका लागि सिफारिस गर्ने क्रममा वैकल्पिक तथा अस्थायी योग्यता क्रम सूचिमा रहेका उम्मेदवारहरूले यस परियोजना अन्तर्गत करार सेवामा काम गर्नु इच्छुक भएमा सूचना प्रकाशन भएक...
बुटवल-पाल्पा सडक १०० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने
प्रशासन, समाचार

बुटवल-पाल्पा सडक १०० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

नेपालअखबार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाइने भएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउ-जाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । बैठकको निर्णयमा लेखिएको छ, ‘…निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले मिति २०८०।०९।१६ गते सोमबारदेखि १०० दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरियो ।’ यो अवधिमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन सन्चालनमा भने रोक नलगाउन...
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प,  १४ लाख कार्ड थाप्न बाँकी
प्रशासन, समाचार

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी

नेपालअखबार, काठमाडाैं। कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १५ महिनादेखि लाइसेन्स छपाइ पूर्ण क्षमतामा थिएन । आंशिक रूपमा छपाइ भइरहे पनि ६ महिनायता भने ठप्पजस्तै छ । अहिले विभागले निकै सीमित संख्यामा मात्रै लाइसेन्स छाप्छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेलाई मात्र लाइसेन्स दिने गरिएको छ । यो संख्या दैनिक साढे तीन सयदेखि चार सयसम्म हुने गरेको विभागले जनाएको छ । विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्ड अभाव छ । कार्ड नहुँदा असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै भएको हो । विभागसँग भएका सीमित कार्डमा मात्र विवरण छाप्ने काम भइरहेको छ । विभागका अनुसार अहिले दैनिक...
आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली
प्रशासन, समाचार

आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली

नेपालअखबार, काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन् । प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ । यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए । उनले अदालतका कामकारब...