Saturday, September 5

प्रशासन

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प,  १४ लाख कार्ड थाप्न बाँकी
प्रशासन, समाचार

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी

नेपालअखबार, काठमाडाैं। कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १५ महिनादेखि लाइसेन्स छपाइ पूर्ण क्षमतामा थिएन । आंशिक रूपमा छपाइ भइरहे पनि ६ महिनायता भने ठप्पजस्तै छ । अहिले विभागले निकै सीमित संख्यामा मात्रै लाइसेन्स छाप्छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेलाई मात्र लाइसेन्स दिने गरिएको छ । यो संख्या दैनिक साढे तीन सयदेखि चार सयसम्म हुने गरेको विभागले जनाएको छ । विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्ड अभाव छ । कार्ड नहुँदा असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै भएको हो । विभागसँग भएका सीमित कार्डमा मात्र विवरण छाप्ने काम भइरहेको छ । विभागका अनुसार अहिले दैनिक...
आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली
प्रशासन, समाचार

आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली

नेपालअखबार, काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन् । प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ । यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए । उनले अदालतका कामकारब...
नारायणगढ–मुग्लिन सडक आजदेखि ४ घण्टा बन्द हुने
प्रशासन, समाचार

नारायणगढ–मुग्लिन सडक आजदेखि ४ घण्टा बन्द हुने

नेपालअखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान ११ : ३० बजेसम्म मात्र चलाउन पाइने छ । काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान ११:५५ सम्म तथा मालवाहक सवारी सधान ११...
यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव नहुने
कृषि, प्रशासन, समाचार, समाज

यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव नहुने

नेपालअखबार, वीरगञ्ज । बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया  मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लालाई पठाइसकिएको छ । “गहुँबाली छर्ने बेलामा किसानलाई डिएपी मल चाहिने हो”, उनले भने, “हामीले प्राप्त भएको डिएपी मल जिल्लाजिल्लामा कोटाअनुसार पठाइसकेका छौँ ।” गहुँबाली उम्रिसकेपछि सिँचा...
पाेखरामा लागू औषध ब्राउनसुगर सहित ३ जना पक्राउ
प्रशासन, समाचार

पाेखरामा लागू औषध ब्राउनसुगर सहित ३ जना पक्राउ

नेपालअखबार, पाेखरा । पोखरामा लागू औषध ब्राउनसुगर सहित ३ जना  पक्राउ परेका छन् । पाेखरा महानगरपालिका वडा नं.०९ पृथ्वीचोक स्थितमा रहेको एक होटेलमा लागू औषध विक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा  लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्को पदार्थ ३ ग्राम  ५०० मिलिग्राम फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । पक्राउ पर्नेमा  जिल्ला झापा धुलाबारी न.पा. वडा १० बस्ने वर्ष ३० को सबिन अली, जिल्ला संखुवासभा खाँतबारी नं.पा. वडा नं.०१ बस्ने वर्ष १९ को सन्दीप अधिकारी र जिल्ला धादीङ रोराङ गा.पा. वडा नं.०२ बस्ने वर्ष २५ को सबिन घले रहेका छन् । वडा प्रहरी कार्यालय बैदाम  ३ जनालाई  नै  नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको  जानकारी...
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा दुई जना पक्राउ
प्रशासन, समाचार

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा दुई जना पक्राउ

नेपालअखबार, काठमाडाैं। नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा हेटौंडा उपमहानगर-१० घर भई काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय बुद्ध लामा र हुम्ला घर भई कपन बस्ने २६ वर्षीय कमलराज हमाल छन्। बुद्ध एड्भिका टुर्स एण्ड ट्राभल्सका संचालक समेत हुन्।  उनीसहित व्यक्तिहरूले विभिन्न ठाउँमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने गरेको पाइएको हो। असोज १७ गते देखि प्रहरीले १५१३ वटा शंकास्पद कागजातहरू बरामद भएका छन्। जसमध्ये २४६ कागजात नक्कली प्लस २ का सर्टिफिकेट, श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट लगायतहरू छन्। यसरी विदेश पठाएबापत ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई १० देखि १५ हजार रुपैया...
राष्ट्रियसभा सदस्य निर्वाचनका  मतदाता दुई हजार ४७
प्रशासन, समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता दुई हजार ४७

नेपालअखबार, काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदाता नामावली स्वीकृत गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानूनी व्यवस्था छ । सोही व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य ५ सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर एक हजार ४ सय ९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिनुभयो  । स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५ सय ५० मध्ये निधन भएका एक जनाको नाम हटाइ ५ सय ४९ जना कायम गरिएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरतर्फको कुल मतदाता १ हजार ५ सय ६ मध्ये निधन भएका गाउँपाल...
राष्ट्रिय सभा सदस्य निर्वाचन : २०४७ जना मतदाता, कुल मतभार ५७ हजार ५५९
प्रशासन, समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचन : २०४७ जना मतदाता, कुल मतभार ५७ हजार ५५९

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली  स्वीकृत गरेको छ । आयोगका अनुसार स्वीकृत मतदाता दुई हजार ४७ जना रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । ‘सोही बमोजिम प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो’, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता...
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोड जम्मा
प्रशासन, समाचार

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोड जम्मा

नेपालअखबार, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ जम्मा भएको छ । गत कात्तिक १८ गते देखि कोषमा रकम जम्मा हुन थालेको थियो । भूकम्पपछि सरकारले राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क लिमिटेड, नेपाल बैङ्क लिमिटेड लगायत ९ वटा बैङ्कको खातामा रकम जम्मा गरी आर्थिक सहयोग गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार बुद्ध एयरले एक करोड, भाटभटेनी सुपरमार्केटका साहु मीन बहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले एक करोड, ग्लोबल आइएई बैङ्कले एक करोड, सूर्या नेपाल प्रालिले एक करोड, क्यान सेन्टर पेमेन्ट रिलिज ए ले एक करोड बुझाएका छन् । यी लगायत विभिन्न व्यक्ति तथा संस्थाहरुले २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ बुझाएका छन...
मेलम्चीको पानी द्रुत गतिमा काठमाडौं ल्याउँछौं: आयोजना
प्रशासन, समाचार

मेलम्चीको पानी द्रुत गतिमा काठमाडौं ल्याउँछौं: आयोजना

नेपालअखबार, काठमाडाैं। मेलम्ची खानेपानी विकास समितिले अबको २८ दिनभित्रमा काठमाडौं पानी ल्याउने बताएको छ। विकास समितिले विज्ञप्ति जारी गर्दै आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको  २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएको हो। ‘खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको मिति मंगलबार बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग एक समझदारीपत्रमा मंगलबारै हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ। बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत् नै तत्काल कार्य सुरू गर्ने निर्णय भएको विकास समितिले जानकारी दिएको छ। ‘सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार दु...