Saturday, September 5

प्रशासन

अर्को चुनावमा मौन अवधि नहुने, ३३ प्रतिशत महिला प्रत्यक्षमा उठाउनैपर्ने  कानुनको प्रस्ताव
प्रशासन, समाचार

अर्को चुनावमा मौन अवधि नहुने, ३३ प्रतिशत महिला प्रत्यक्षमा उठाउनैपर्ने कानुनको प्रस्ताव

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले ७ वटा निर्वाचन कानुनलाई समेटेर बनाएको एकीकृत निर्वाचन कानुनको मस्यौदामा मौन अवधिको व्यवस्था नहुने प्रस्ताव गरिएको छ ।  बुधवार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब बन्ने कानुनमा मौन अवधिलाई हटाइएको बताए । उनले भने– ‘अब बन्ने कानुनमा मौन अवधिलाई हटाइएको छ । त्यसको सट्टामा मतदान हुने समयभन्दा २४ घण्टा अगाडि चुनाव प्रचार प्रसार गर्न नपाइने प्रावधान राखिएको छ ।’ हाल कायम रहेको निर्वाचन सम्बन्धी कानुनमा निर्वाचन कार्यक्रम अन्तर्गत मतदानको अवधिभन्दा अगाडि ७२ घण्टा अर्थात ३ दिन मौन अवधिको व्यवस्था रहेको छ । समितिको बैठकमा मौन अवधिमा चुनाव जित्नका लागि व्यापक मात्रामा पैसाको चलखेल हुने बताएका थिए । जसले धेरै पैसा बाँड्छ उसले चुनाव जित्ने अवस्था रहेकोले मौन अवधिको समय राख...
सवारी चालकले अब लाइसेन्स बोक्न नपर्ने !
प्रशासन, समाचार

सवारी चालकले अब लाइसेन्स बोक्न नपर्ने !

नेपालअखबार, काठमाडौँ । सवारी चालकले अब साथमा सवारी अनुमति पत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । त्यसका लागि नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्छ । ट्राफिक प्रहरीले राख्ने चेक प्वाईन्टमा चालकले लाइसेन्स देखाएपछि मात्रै छाड्ने गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मात्रै नागरिक एपमा राखेको लाइसेन्स विवरण काम लाग्छ । चालकले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सामान्य अवस्थामा झैँ कारबाही हुने जानकारी सुवेदीले दिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै यो सुविधा दिइएको बताए । ‘खासमा सडकमा लाइसेन्स नै नबोकी पनि सवारी हाँक्ने चालक भेटिन्छन्, जसका कारण दुर्घटना निम्तिन्छन्,...
राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा
प्रशासन, समाचार

राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा

नेपालअखबार, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आउने भएपछि अन्नपूर्ण आधार शिविरमा स्वागत कार्यक्रमको तयारी गरिएको छ । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं. ११ का वडाध्यक्ष हिमबहादुर गुरुङसहितको टोली तयारीको अन्नपूर्ण आधार शिविर पुगेको हो । गुटरेसको स्वागत कार्यक्रमको तयारीका लागि आफूहरु आइतबार नै आधार शिविर पुगेको अन्नपूर्ण आधार शिविर रहेको वडा नं. ११ का वडाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सोमबार आधार शिविर क्षेत्रमा मौसम खराब भएका कारण हेलिकप्टर चल्ने अवस्था छैन । गुटेरेस आउने भएपछि आइतबार नै थप २ वटा हेलिप्याड पनि नेपाली सेनाले बनाएको छ । यसअघि त्यहाँ एउटामात्रै हेलिप्याड थियो । गुटरेसलाई स्वागत गर्न आधार शिविरमा रातो कार्पेट ओच्छ्याउने तयारी छ । तर, मौसम खराबीका कारण सोमबार दिउँसोसम्म सामान बोकेको हेलिकप्टर आधार शिविर पुग्न नसक्दा अनिश्चितत...
साढे ४ हजार बचतकर्ताको रकम हिनामिना प्रकरणमा सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ
प्रशासन, समाचार, समाज

साढे ४ हजार बचतकर्ताको रकम हिनामिना प्रकरणमा सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ

नेपालअखबार, खाेटाङ। बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो। सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) बेनु कार्कीले जानकारी दिइन्। ‘लालुपाते सहकारी सं...
पोखरा देखि काठमाण्डाैंकाे भाडा कति हाे ? प्रशासन माैन, यातायात व्यवासायीकाे मनमर्जी
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

पोखरा देखि काठमाण्डाैंकाे भाडा कति हाे ? प्रशासन माैन, यातायात व्यवासायीकाे मनमर्जी

नेपालअखबार, काठमाडाैं । नेपालीहरुको महान पर्व दशैँमा यात्रुहरुको चहलपहल बढ्नु स्वभाविक नै हाे ।  । सोही मौकाको फाइदा उठाउदै तोकिएको भन्दा बढी भाडा उठाउदै  यातायात व्यवसायीले  आफ्नो मनमर्जी गरेका छन् । यातायात्र व्यवसायीले माैका पाएकाे बेला नै लुट्नु पर्छ भन्ने मानसिकता देखाएका छन् । वस्तवामा पाेखरा देखि काठमाडाैं सम्मकाे यात्रा गर्दा यात्रुहरूले तिर्नु पर्ने भाडादर कति हाे त ?  याे प्रश्न किन सर्वसाधारण यात्रुले गर्न सकेका छैनन् ?   सार्वजनिक सवारी साधनकाे नयाँ भाडा दर  वि.स २०७८ असार २९ गतेका दिन कायम भए अनुसार काठमाडाैं देखि पाेखरा सम्म जम्मा भाडा लाग्ने दर  पाँच सय सत्तिस (५३७) रूपैया सरकारले कायम गरेकाे छ तर एक हजार(१०००) रूपैयाका दरले यात्रुसंग भाडा लिदा कास्कि जिल्लामा नियमन गर्ने निकायले थाहा नै पाएन कि माैनतासंगै बस्याे । टिकट काउन्टरमा टिकट काट्न जादा यात्रुले टिकट नै पाउदैनन् । अ...
मकवानपुरमा बढि भाडा लिने ४ सुमोलाई कारबाही
प्रशासन, समाचार

मकवानपुरमा बढि भाडा लिने ४ सुमोलाई कारबाही

नेपालअखबार, मकवानपुर । नेपालीहरुको महान पर्व दशैँमा टीका लगाउने क्रम बिहीबार पनि जारी छ । दशैँमा यात्रुहरुको चहलपहल बढी रहन्छ । सोही मौकाको फाइदा उठाउदै तोकिएको भन्दा बढी भाडा उठाउने ४ वटा सुमोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले कारबाही गरेको छ । बढी भाडा उठाउने ४ वटा सुमोलाई ५ हजारका दरले जरिवाना गरी उक्त सुमोमा सवार २८ जना यात्रुलाई १० हजार २ सय रुपैयाँ फिर्ता गरेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुर हुँदै यात्रा गर्ने ९० वटा यात्रुवहाक बसलाई सिट क्षमताभन्दा बढि यात्रु राखेको भन्दै १ हजारदेखी २ हजारसम्म जरिवाना गरिएकोसमेत जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार दशैँको समयमा यात्रुलाई टिकट नदिई यात्रा गराउने ३१ वटा सुमोलाई पनि गरिवाना गरिएको छ । उक्त सुमोलाई १ हजारदेखी २ हजारसम्म जरिवाना गरिएको छ ।  ...
प्रधान सेनापति शर्मा चीन प्रस्थान
प्रशासन, समाचार

प्रधान सेनापति शर्मा चीन प्रस्थान

नेपालअखबार, काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहीबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । बेइजिङतर्फ प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका थिए । आजै प्रधान सेनापतिलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ । चीन भ्रमणका क्रममा प्रधान सेनापति बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग शिष्टाचार भेटघाट हुनेछ । चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्त्वपूर्...
३ महिनादेखि लाइसेन्स छपाइ बन्द
प्रशासन, समाचार

३ महिनादेखि लाइसेन्स छपाइ बन्द

नेपालअखबार, काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ । एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्स सहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प छ । दैनिक रूपमा लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमतिपत्रको छपाइका लागि प्रक्रिया पूरा गरिरहँदा सरकार भने सीमित संख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड छापेर दिइरहेको छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु जर्मनीको...
नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान
प्रशासन, समाचार

नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

नेपालअखबार, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ । नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जनाकारी दिएका थिए । उनका अनुसार निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ । नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा द...
दसैंको मुखमा प्रमुख प्रशासकीय अधिकृत बिना जानकारी घर हिँडेपछि…
प्रशासन, समाचार

दसैंको मुखमा प्रमुख प्रशासकीय अधिकृत बिना जानकारी घर हिँडेपछि…

नेपालअखबार,खोटाङ । खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैंअगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ। हालै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्चिङले बताए। दसैंअगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन्। बिनाजानकारी कार्यालय छाडेर हिँडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘कर्मचारीले दसैंअगाडि पाउनुपर्ने तलब पाएका छैनन्। काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैंअगाडि नै भुक्तानी गर्नुपर्ने छ। यति धेरै काम अलपत्र ...