Monday, August 3

प्रशासन

पोखरामा एक करोड बढीका अवैध गहनासहित २ जना पक्राउ
अपराध, प्रशासन, समाचार

पोखरामा एक करोड बढीका अवैध गहनासहित २ जना पक्राउ

नेपालअखबार,पोखरा । भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो । भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेका ४९ वर्षीय न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन् । पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा । विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थ...
इरानमा रहेका नेपालीलाई उद्धार गर्दै भारतीय दूतावास
प्रशासन, समाचार

इरानमा रहेका नेपालीलाई उद्धार गर्दै भारतीय दूतावास

नेपालअखबार,काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् । परराष्ट्रमन्त्री डा. राणाले भारतीय राजदूत नविन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिइन् ।...
एनआरएनए १० औं महाधिवेशन रद्द गर्ने सर्वोच्चको फैसला पुनरवलोकन गर्ने आदेश
प्रशासन, समाचार, समाज

एनआरएनए १० औं महाधिवेशन रद्द गर्ने सर्वोच्चको फैसला पुनरवलोकन गर्ने आदेश

नेपालअखबार,काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन रद्द गर्ने फैसला सर्वोच्च अदालतले पुनरवलोकन गर्ने भएको छ। न्यायाधीशहरू विनोद शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बिहीबार १० औं महाधिवेशन रद्द गर्ने यसअघिको फैसला पुनरवलोकन गर्ने आदेश जारी गरेको हो २०७८ मा भएको एनआरएनएको १० औं अधिवेशन सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.नहकुल सुवेदीको इजलासले रद्द गरिदिएको थियो। महाधिवेशन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतले शेष घले नेतृत्वको १३ सदस्यीय उच्चस्तरीय समितिलाई एकता महाधिवेशन गर्ने जिम्मेवारी दिएको थियो। यही फैसलाको आधारमा परराष्ट्र मन्त्रालयले ११ औं महाधिवेशनबाट निर्वाचित बद्रि केसीको कार्यसमितिलाई काम गर्न रोक लगाएको थियो। परराष्ट्रको निर्णयविरूद्ध केसी नेतृत्वको कार्यसमिति फेरि सर्वोच्च अदालत गएको थियो। २०८१ साउनमा सर्वोच्च ...
सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव ढुंगानाको सरुवा
प्रशासन, समाचार

सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव ढुंगानाको सरुवा

नेपालअखबार,काठमाडौं । सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सरुवा गर्ने निर्णय गरेको हो । उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय पनि भएको उनले बताए ।...
भारतीय नागरिक विमानस्थलबाट १ किलो सुनसहित पक्राउ
प्रशासन, समाचार

भारतीय नागरिक विमानस्थलबाट १ किलो सुनसहित पक्राउ

नेपालअखबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ । एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्‍याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।नेपालअखबार,...
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
प्रशासन, शिक्षा, समाचार

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

नेपालअखबार,काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन,’ परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौँ । केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटी नहुने गरी नतिजा सार्वजनिक गर्छौं,’ उनले भने । एसईई परीक्षा गत ७ चैतदेख...
पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश
प्रशासन, समाचार

पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश

नेपालअखबार,काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सोमबार न्यायाधीश ऋषिराज भण्डारीले अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन्। यस्तै, दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि असार ५ गते बोलाएको छ। ‘निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) क बमोजिम विपक्षीहरूका नाउमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ। अर्को आदेश जारी नहुञ्जेलसम्म अल्पकालीन अन्तरिम आदेश अनुसार उनलाई प्रहरीले पक्राउ गर्न नसक्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए। ‘यो आदेशले अहिलेलाई प्रहरीले पक्राउ गर्न ...
हेवा खोलाको पुल भाँचिएको बारे छानबिन समिति गठन
प्रशासन, समाचार

हेवा खोलाको पुल भाँचिएको बारे छानबिन समिति गठन

नेपालअखबार,काठमाडौँ । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी आइतबार ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् । सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् । समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिन भि...
एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव
प्रशासन, शिक्षा, समाचार

एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मन्त्रालयले एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेको हो । कक्षा दश उतीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्नसक्ने भएकोले परीक्षा प्राणाली र मूल्यांकन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ । ‘कक्षा दशको अन्तिम परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ,’ प्रस्तावमा भनिएको छ ।एसईई परीक्षा बोर्डको समन्वय र सम्बन्धित शिक्षा कार्यालयको संयोजनमा सञ्चालन हुने मन्त्रालयको प्रस्तावमा छ । मूल विधेयक र उपसमितिको प्रतिवेदनमा एसईई समावेश गरिएको थिएन ।...
आजदेखि  मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने
प्रशासन, समाचार, समाज

आजदेखि मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने

नेपालअखबार,काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो । मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए । डीएसपी हमालका अनुसार निर्माणाधीन ऊक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको त्रेन प्रयोग गर्नुपर्ने भएकाले सवारीसाधन बन्द गर्नुपरेको हो । सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छ । सैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू ...