Sunday, September 6

प्रशासन

बिनाकारण सहकर्मी पक्राउ गरेको भन्दै विमानस्थल भन्सारका कर्मचारीले कार्गो जाँचपास बन्द गराए
प्रशासन, समाचार

बिनाकारण सहकर्मी पक्राउ गरेको भन्दै विमानस्थल भन्सारका कर्मचारीले कार्गो जाँचपास बन्द गराए

नेपालअखबार, काठमाडौँ । भेपमार्फत् ९ किलो सुन तस्करी र भन्सार जाँचपास भई गएको ६० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका छन् । भदौ २४ गतेदेखि सुरु आन्दोलनका क्रममा सोमबार कार्गो जाँचपास बन्द गराएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीका तर्फबाट आइतबार नै जारी गरिएको विज्ञप्तिमा आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए । पूर्व निर्धारित विरोधका कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए । सोही योजना अनुसार सोमबार कार्गो जाँचपास ठप्प पारिएको हो । कर्मचारीहरूले विमानस्थलका प्रमुख भन्सार प्रशासकलाई सम्बोधन गरी लेखेको पत्रमा असल नियतले गरेको क...
भोलिदेखि तारा एयरले पोखरा–जोमसोम नियमित उडान गर्ने
प्रशासन, समाचार

भोलिदेखि तारा एयरले पोखरा–जोमसोम नियमित उडान गर्ने

नेपालअखबार, काठमाडौं । प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ । २५ भदौ सोमबारदेखि तारा एयरले नियमित उडान गर्ने भएको हो । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्ने भएको छ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको कम्पनीले जनाएको छ । तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाट हुने गरेको छ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ । यो विमानस्थलको लम्बाई ७३९ मिटर रहेको छ ।...
दश लाख भारुसहित एक भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

दश लाख भारुसहित एक भारतीय नागरिक पक्राउ

नेपालअखबार, मोरङ । दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार विराटनगर महानगरपालिका १६ दक्षिण गेट छेउबाट बिहार  खगडिया गाउँ पञ्चायत महेसखुट बस्ने ३२ वर्षीय चन्दनकुमार यादव भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दश लाख ५० हजार भारतीय रुपैयासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।...
५० जना प्रहरी कर्मचारीलाई ड्राईभिङ तालिम प्रदान ।
प्रशासन, समाचार

५० जना प्रहरी कर्मचारीलाई ड्राईभिङ तालिम प्रदान ।

नेपालअखबार,, पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले यहि साउन १६ गते बहालवाल प्रहरी कर्मचारीलाई सिपयुक्त बनाउने उद्देश्यका साथ ५० जना प्रहरी कर्मचारीहरुलाई प्रदान गरेको हलुका सवारी साधन ९ काररजिप० ड्राईभिङ तालिम समापन भएको छ । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा रहि उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई प्रेरणा स्वरुप प्रदान गरीएको उक्त तालिममा गोरखा जिल्ला अन्तर्गतबाट ३ जना, नवलपरासी ९पुर्व० ४, कास्की १६ ,तनहुँ ८, स्याङ्जा ४, बागलुङ ४, म्याग्दी २, पर्वत २, मुस्ताङ २,लमजुङ ३, मनाङ जिल्ला अन्तर्गतबाट(२ जनाप्रहरी कर्मचारीहरुको सहभगिता रहेको थियो । उक्त समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले सहभागी प्रहरी कर्मचारीहरुले सफलता पुर्वक तालिम सम्पन्न गर्नु भएकोमा शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी...
१७ जना प्रतिवादीतर्फका कानुन व्यवसायीको सकियो बहस
प्रशासन, समाचार

१७ जना प्रतिवादीतर्फका कानुन व्यवसायीको सकियो बहस

नेपाल अखबार,  काठमाडौँ । ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका १७ जना प्रतिवादी तर्फबाट बहस सकिएको छ । शुक्रबार ९ जना प्रतिवादीका कानुन व्यवसायीले थुनछेक बहस गरे । डिल्लीबजार मालपोतका तत्कालीन नासु योगराज पौडेल, खरिदार नारायणराज मिश्र, अमिन अरुण कुमार श्रेष्ठ, नापी अधिकृत ध्रुव प्रसाद अर्याल, बिचौलिया केशव तुलाधर, ‘नक्कली मोही’हरु बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजय कुमार महर्जनको तर्फबाट बहस सकिएको छ । यसअघि भाटभटेनी डेभलपमेन्ट प्रालिका संचालक मीन बहादुर गुरुङ, तत्कालीन नापी सर्वेक्षक घमन कुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोद प्रसाद पौडेलको तर्फबाट बहस भएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा यसअघि शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ, बालकृष...
हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव
प्रशासन, समाचार, समाज

हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

नेपालअखबार, काठमाडाैं ।  हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ। मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट– याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गरेका हुन्। मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरूङमै थप गरेर काठमाडौं ल्याउने तयारी छ। सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने उनको भनाइ छ। यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताए। उनले भने, ‘एडिबीले टनेलको डिजाइन ...
यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु
प्रशासन, समाचार

यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु

नेपालअखबार, काठमाडौं । सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो । सरकारले विगतका वर्षमा जस्तै यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने छनोट गरेन । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल छन् । यसैगरी राष्ट्रिय तथ्यांक कार्यालयका निर्...
आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै
प्रशासन, समाचार

आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालअखबार, काठमाडौँ । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका परिवर्तन
प्रशासन, समाचार

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका परिवर्तन

नेपालअखबार, काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ । यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १० गते तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले आज सूचना जारी गरी परीक्षा तालिका संशोधन गरिएको जानकारी दिएको हो । असोज ९ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बरको विषयको परीक्षा हुने छ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सूचनामा उल्लेख छ । यसैगरी दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने व...
कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्क बढ्यो
अर्थ, प्रशासन, समाचार

कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्क बढ्यो

नेपालअखबार, भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ । प्रदेश सरकारले जारी गरेको उद्योग नियमावलीअनुसार महिला, दलित र पछाडि पारिएका वर्गले उद्योग सञ्चालन गर्न चाहेको खण्डमा दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने छ । महिला, दलित, पिछडिएको वर्ग तथा अपाङ्गता भएका व्यक्तिलाई दर्ता दस्तुरमा ५० प्रतिशत छुट दिइने नियमावलीमा उल्लेख छ । शाखा दर्ता दस्तुरतर्फ दर्ता दस्तुरको ५० प्रतिशत शुल्क लाग्ने छ । तर उद्योगमा लगानी पुँजीको सीमा क्षेत्रमा हेरफेर गर्दै कर्णाली प्रदेश सरकारले उद्योग दर्ता र उद्योगको नवीकरण दस्तुर भने वृद्धि गरेको छ । पुँजीका आधारमा कर्णाली प्रदेश सरकारले उद्योगलाई पाँच तहमा वर्गीकरण गरेको छ । रु पाँच लाखसम्म, रु १० लाख, रु २० लाख, रु ५० लाख र रु ५० लाखभन्दा बढी पुँजी भएका उद्योगले फरक–फरक दर्ता...