Monday, September 21

प्रशासन

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह
अपराध, प्रशासन, समाचार, समाज

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह

नेपाल अखबार, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई आग्रह गरेको हो ।सूचनामा लेखिएको छ – “कास्की जिल्लामा मिटरब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउन सबैमा सूचित गरिन्छ।”...
मंसिर ४ को निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता
प्रशासन, समाचार

मंसिर ४ को निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

नेपालअखबार, काठमाडाैं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।...
प्रशासन, समाचार, स्वास्थ्य

कोभिड संक्रमण बढेसँगै पुनः तातोपानी र रसुवागढी नाका बन्द

नेपालअखबार ,तातोपानी । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयले जनाएका छन् । रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले बताए। तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिनुभयो । तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको उहाँले बताउनुभयो । केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए । यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले बताए...
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकां‌क्षी
प्रशासन, समाचार

उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकां‌क्षी

नेपाल अखबार, पोखरा ।उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकांक्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्रकाशित हुनेछ ।...
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको मनोमानि  करार सेवाका १८  कर्मचारीको अझै भएन हाजिर
प्रशासन, समाचार

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको मनोमानि करार सेवाका १८ कर्मचारीको अझै भएन हाजिर

लेखनाथ शिकारु, कामाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पशुपति क्षेत्र विकास कोषले हटाएका १८ जना करारका कर्मचारीहरुको हाजिर नगरिंदा उनीहरूको रोजिरोटीमा समस्या आएको छ । लामो समयसम्म काम गरेका करारका कर्मचारीहरू मध्ये १८ जना करारका कर्मचारीहरूको हाजिर नगरिंदा समस्या भएको करारका कर्मचारीहरुले दुखेसो गरेका छन् । परिषदको निर्णय विपरीत विकास कोषले उस्तै प्रकृतिका करारका केही कर्मचारीलाई राख्ने र केही कर्मचारीलाई हटाउने लगायत कोषको प्रवृत्तिविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन  । कोषमा कार्यरत एक सय ४ जना करार कर्मचारी मध्ये पहिलो चरणमा ३८ जनालाई मात्र हाजिर गराइएको थियो भने एकीकृत ट्रेड युनियन महासंघ , नेपालको आन्दोलनको बलमा पछिल्लो चरणको आन्दोलन पछि ४८ जनाको हाजिर भएको थियो । सोही प्रकृतिका अन्य १८ जना कर्मचारीको भने अहिले सम्म हाजिर भएको छैन । पशुपति क्षेत्र विकास कोषमा...
गठबन्धन गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने
प्रशासन, समाचार

गठबन्धन गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने

नेपालअखबार, काठमाडौं । दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्तबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् । उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् । संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबा...
निजगढ बिमानस्थल अध्ययन गर्न १० सदस्सीय बिज्ञ टोली गठन
प्रशासन, समाचार

निजगढ बिमानस्थल अध्ययन गर्न १० सदस्सीय बिज्ञ टोली गठन

नेपालअखबार, बारा । बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ। बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा  १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो । सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो । सर्वोच्चको सो आदेश दिएको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्टिय विमानस्थल निमार्ण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउजा नेतृत्वको सो टोलीमा पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्यलगायत सदस्य रहेका छन् । सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए । उनका अनुसार समितिलाई निजगढ बिमानस्थलको स...
वायुसेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त
प्रशासन, समाचार

वायुसेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त

नेपालअखबार, काठमाडाैं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्षलाई पदबाट बर्खास्त गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले निगमका अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले यसअघि नै अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानबिनका लागि समिति बनेसँगै अधिकारी पदबाट स्वतः निलम्बनमा परेका थिए ।पदबाट निलम्बन परेपछि अधिकारी सर्वोच्चको सरणमा पुगेका थिए । सर्वोच्चले अधिकारीको पक्षमा अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्केका थिए । सर्वोच्चको आदेशबाट काममा फर्केका उनलाई सरकारले आज फेरि पदबाट बर्खास्त गरेको हो ।...
नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला
प्रशासन, समाचार

नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

नेपालअखबार, नवलपुर । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताए । ‘सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्रै खोलिएको थियो,’ उनले भने, ‘नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो ।’ गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बताए । नारायण...
नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा
प्रशासन, समाचार

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले १३ जना एसपीको सरूवा गरेको हो। यस्तै चार जिल्लाका प्रमुख पनि फेरिएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरमा नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर, धनुषामा रहेका ज्ञानेन्द्रप्रसाद फुयालको सरूवा गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा वीरगन्ज, पर्साका प्रभुप्रसाद ढकाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरूवा गरेको छ। काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जमा रहेका दिलिप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय इलाममा पठाएको छ। लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा रहेका रमेश पण्डितलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरूवा गरेको छ।...