नागढुङ्गा–नौबिसे सडक एक सातासम्म बन्द रहने
नेपालअखबार,काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक रूपमा बन्द गरिने भएको छ । यो खण्ड स्तरोन्नतिको कामका लागि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड), जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले एक संयुक्त सूचना जारी गर्दै सडक कालोपत्रे तथा फराकिलो बनाउने कार्यका लागि सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएका हुन् ।
जारी सूचना अनुसार मिति २०८२ मंसिर २४ गतेदेखि २०८२ पुस १ गतेसम्म (एक हप्ता) सडक बन्द रहनेछ । यस अवधिमा हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरेभिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् ।
नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकै पटक धेरै हेभी उपकरण तथा ढुवा...








