Wednesday, August 5

प्रशासन

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
प्रशासन, समाचार, समाज

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

नेपालअखबार, जनकपुरधाम । डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ । जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिए । यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरेर खेती गरिरहेको जग्गा खाली गराएको प्रमुख चौधरीले बताए । सो कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वन पैदावारको चोरी तस्करी नियन्त्रणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यालय प्रमुख चौधरीका अनुसार सिरहाको नवराजपुर गाउँपालिका–स्थित सोनबर्षा विद्यालय परिसरमा रु १६ लाखको लागतमा ‘हिरत पार्क’ निर्माण गरिएको छ । पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, पदमार्ग तथा विद्यार्थील...
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट
प्रशासन, समाचार, समाज

४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट

नेपालअखबार, काठमाडौं । देशभरिका करिब ४ सय महानगरपालिका, नगरपालिका र गाउँपालिकामा जग्गा कित्ताकाट रोकिएको छ । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ अनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि अनिवार्य गर्नुपर्ने वर्गीकरण नगरेका सबै नगरपालिका र गाउँपालिकामा कित्ताकाट रोकिएको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्ट वर्गीकरण नभएका कुनै पनि पालिकामा साउनदेखि जग्गा कित्ताकाट गर्न नपाइने बताउँछन् । भट्टका अनुसार अंशबण्डा, अदालतको आदेशले कित्ताकाट गर्नु भनेको अवस्थामा बाहेक कित्ताकाट रोकिएको हो । सरकारले २०८२ कात्तिकमा भूउपयोग नियमावली संशोधन गरेर २०८३ असारसम्मका लागि वर्गीकरण नभएका पालिकामा पनि कित्ताकाट गर्न पाइने प्रावधान राखेको थियो । नियमावली बनेको साढे तीन वर्ष भइसक्दा पनि ७५३ मध्ये आधा पालिकाले पनि व...
नारायणगढ-मुग्लिन सडकमा राति १० बजेपछि सवारी आवागमन बन्द
प्रशासन, समाचार, समाज

नारायणगढ-मुग्लिन सडकमा राति १० बजेपछि सवारी आवागमन बन्द

नेपालअखबार,चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम  भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ । रातिमा सवारीसाधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ ।वर्षातका कारण शनिबार रातिसमेत यो सडक बन्द गरिएको थियो । –रासस...
पोखरा बसपार्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
प्रशासन, समाचार, समाज

पोखरा बसपार्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा

नेपालअखबार, पोखरा । पोखरा बसपार्कको जग्गाभित्र बसोबास गरिरहेकामध्ये २ सय २० परिवारको अन्यत्रै घरजग्गा देखिएको छ भने २ सय ९९ परिवारमात्रै भूमिहीन सुकुम्वासी देखिएका छन् । पोखरा महानगरपालिकाले बसपार्कमा सुकुम्वासी, भूमिहीनका नाममा बसोबास गरिरहेकाहरुको अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदनले यस्तो तथ्यांक निकालेको हो । २ सय ९९ जनाको अन्त कतै पनि घरजग्गा नदेखिएको र २३३ जनाको अन्यत्र देखिएको भनिएकोमा १३ जना परिवार सुकुम्वासी नै देखिएपछि २२० जना परिवार अन्यत्र घरजग्गा हुने देखिएको समिति संयोजक तथा पोखरा महानगरका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए । ५५ जना परिवारको सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीका नाममा निवेदन दिएको तर बसपार्कमा जग्गा, पसल पनि देखिएको तिवारीले बताए । ‘५५ जनाले निस्सा पेश गर्दै सुकुम्वासीका लागि निवेदन दिए तर फिल्डमा देखिएन,’ तिवारीले भने, ‘जम्मा ५ स...
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
प्रशासन, समाचार, समाज

मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी

नेपालअखबार, काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबिच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबिच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने  तयारी भएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबिच अन्तिम चरणको निर्णायक वार्ता जारी छ । यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबिच सघन छलफल भएको थियो। हिजोको सोही छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको हो। वार्ता टोलीमा को–को छन्? सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन् । टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद परा...
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
कृषि, प्रशासन, समाचार, समाज

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित

नेपालअखबार, रौतहट । लामो समयदेखि सरकारी अनुदान रकमको पर्खाइमा रहेका रौतहटका उखु किसानको समस्या समाधानतर्फ उन्मुख छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार भएको छलफलपछि सात दिनभित्र आवश्यक विवरण र कागजात उपलब्ध गराई अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति भएको हो। सहमतिसँगै उखु किसानले घोषणा गरेका सबै संघर्षका कार्यक्रम पनि स्थगित भएका छन्। रौतहटका सिडियो दिनेश सागर भुसालको उपस्थिति तथा सहायक  सिडिओ जितेन्द्रकुमार यादवको अध्यक्षतामा भएको बैठकमा उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवसहितका प्रतिनिधिको सहभागितामा उक्त निर्णय गरिएको हो। निर्णयअनुसार उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि (संशोधन), २०७५ बमोजिम योग्यता पुगेका किसानलाई अनुदान उपलब्ध गराइनेछ। त्यसका लागि स्थानीय तह र सम्बन्धित निकायले सात दिनभित्र किसानको विवरण तथा आवश्यक कागजात पेश गर्ने र त्यसको रुजु गरी नियमानु...
मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन
प्रशासन, समाचार, समाज

मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन

नेपालअखबार, जनकपुरधाम । सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ । आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन् । मिटरब्याज पीडितहरू असार २५ देखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा रहेका बेला सरकारसँग निरन्तर वार्ता भइरहेको छ । बाराको निजगढमा हालसम्म गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच चार चरणको वार्ता सम्पन्न भइसकेको छ । यद्यपि आन्दोलनले अघि सारेका ६ बुँदे मागलाई लिखित रूपमा वैधानिकता दिने विषयमा सहमति हुन...
पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
प्रशासन, समाचार, समाज

पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ

नेपालअखबार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन विश्वकर्मा छन् । प्रहरीले उनीहरुलाई गएराति दस बजे पक्राउ गरेको जनाएको छ । साजनको कोठाबाट एक नाल भरुवा बन्दुक र फलामको धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।...
पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अर्को आदेश
प्रशासन, समाचार

पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अर्को आदेश

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम आदेश जारी गरेको हो । पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायापालिकाको मूल्यमान्यता र मर्यादा विपरीत हुने दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यही निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।यसअघि पनि सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति जाँचबुझ रोक्नू भनेको थियो ।...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
प्रशासन, समाचार

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

नेपालअखबार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी ऐनको दफा २२ (३) बमोजिम नियुक्ति गर्नका लागि यो सूचना बुधबार पहिलो पटक प्रकाशन गरिएको हो। ‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ को दफा ७ को उपदफा (१) बमोजिम यो दरखास्त माग गरिएको हो। यस पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूले दरखास्त फाराम सम्बन्धी विस्तृत विवरण, छनोट कार्यविधि र स्वास्थ्य बीमा ऐन, २०७४ को अध्ययन गर्न सक्नेछन्। यो सम्बन्धी सम्पूर्ण विस्तृत सूचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइट www.mohp.gov.np र स्वास्थ्य बीमा बोर्डको वेबसाइट www.hib.gov.np मा उपलब्ध गर...