Thursday, September 24

प्रशासन

उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा
प्रशासन, समाचार

उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा

नेपालअखबार,काठमाडौं । सरकारले १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ कर्मचारीहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट कर्मचारीहरुको सरुवा गरेको हो । सरुवा हुने उपसचिवहरुमा भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, विनय कुमार श्रीवास्तव छन् । यसैगरी डिकबहादुर कार्की, सुरेन्द्र प्रधान, अमर बहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठको नाम पनि सरुवा भएका उपसचिवहरुको सूचीमा छ । हेर्नुहोस् सरुवा सूची–    ...
एमआरपी नराखेपछि एक इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिवाना
प्रशासन, समाचार

एमआरपी नराखेपछि एक इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिवाना

नेपालअखबार,काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी नराखी बस्तु बिक्री गर्ने बीएन को इन्टरप्राइजेजलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । मंगलबार विभागले १४ वटा फर्म तथा व्यवसायको अनुगमन गरेको थियो । जसमध्ये तीन वटालाई जरिवाना तिराइएको छ भने अन्य ११ वटालाई विभागमा उपस्थित हुन र समान्य निर्देशन दिइएको छ । विभागका अनुसार दर्ता प्रमाणपत्र तथा मूल्यसूची नराख्ने मखन गल्लीको लवकुश स्टोरलाई १० हजार रुपैयाँ र ललितपुर टंगालको अनिस खाद्यलाई पाँच हजार रुपैयाँ जरिवाना गराइएको छ । यस्तै मखनगल्लीको भिरा ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । यस्तै अन्य १० वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।...
प्रतिनिधि सभा निर्वाचन : प्रचारप्रसारका लागि १५ दिन दिने तयारी
प्रशासन, समाचार

प्रतिनिधि सभा निर्वाचन : प्रचारप्रसारका लागि १५ दिन दिने तयारी

नेपालअखबार,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ । मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचनमा भाग लिन्छु भनेर दल दर्ता गर्नेहरूले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्दछन्  । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन मंसिर १ देखि पुस १५ गते सम्म सञ्चालन गर्ने भनिएको छ । समानुपातिक निर्वाचन तर्फ निर्वाचन ...
भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी निरन्जन कुमार खरेल पक्राउ
प्रशासन, समाचार

भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी निरन्जन कुमार खरेल पक्राउ

नेपालअखबार,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एक जना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह–९ घर भका ४२ वर्षीय निरन्जन कुमार खरेल उर्फ निराजन छन् । उनलाई शुक्रवार पक्राउ गरेर आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिव कुमार श्रेष्ठले बताए । शरणार्थी प्रकरणको मुद्दा यसअघि नै अदालतमा दर्ता भैसकेको छ । आरोपीहरूले भुटानी शरणार्थीको कोटामा अमेरिका पटाउँछौँ भनेर पीडितहरुबाट करोडौं रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।...
समावेशी आयोगका करार कर्मचारीलाई पदबाट नहटाउन सर्वोच्चको आदेश
प्रशासन, समाचार

समावेशी आयोगका करार कर्मचारीलाई पदबाट नहटाउन सर्वोच्चको आदेश

नेपालअखबार,काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो। सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिवको दिने व्यवस्था हटाएको थियो। त्यही निर्णयका आधारमा समावेशी आयोगका सचिवले करारका कर्मचारी हटाएका थिए।त्यसविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मल्लको इजलासले अन्तरिम आदेश दिएको हो ।...
प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दा पक्राउ
प्रशासन, समाचार

प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दा पक्राउ

नेपालअखबार, काठमाडौँ ।नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। भदौ २४ गते प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्र्याकसुट लगाएर हिँडेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार बिहान ७ बजे २२ वर्षीय अमृत साउँदलाई फेला पारेका थिए। अछाम मल्लेक गाउँपालिका-७ घर भएका उनी काठमाडौंको कपनमा बस्दै आएका थिए। प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा फेला परेपछि प्रहरी उनको डेरामा पुगेको हो। डेरामा पुगेर तलासी लिँदा प्रहरी प्रभाग कपनबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।...
भारतीय सुरक्षा संयन्त्रको पनि निगरानीमा दुर्गा प्रसाईं
प्रशासन, समाचार

भारतीय सुरक्षा संयन्त्रको पनि निगरानीमा दुर्गा प्रसाईं

नेपालअखबार, काठमाडौँ  । जसंस्था फर्काउने उद्घोषसहित आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा परेका छन् । भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनको गतिविधिलाई निगरानीमा राखेको हो । प्रसाईंको गतिविधिले भारतको सुरक्षामा समेत चुनौती थप्न सक्ने भन्दै भारतले निगरानीमा राखेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । नयाँदिल्लीबाट शुक्रबार बेलुकी काठमाडौं फर्किने क्रममा उनलाई भारतीय अध्यागमनले केरकारसमेत गरेको छ । अध्यागमनका अधिकारीहरूले उनलाई ‘होल्ड’ गराएको जानकारी दिल्लीस्थित नेपाली दूतावाससम्म पुगेको थियो । त्यसपछि भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अधिकारीहरूसँग छलफल गरेका थिए । करिब ४० मिनेटपछि बल्ल प्रसाईं स्वदेश फर्किन पाएका थिए । उनी नेपाल एयरलाइन्सको उडान नम्बर आरए २१८ बाट काठमाडौं आएका छन् । प्रसाईं गएको स...
रोल्पामा बमजस्तो देखिने शंकास्पद वस्तु डिस्पोज
प्रशासन, समाचार

रोल्पामा बमजस्तो देखिने शंकास्पद वस्तु डिस्पोज

नेपालअखबार, काठमाडौं । रोल्पामा बमजस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ । शुक्रबार दिउँसो देखिएको उक्त वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । रोल्पा नगरपालिका–६ कोटगाउँस्थित स्थानीयले बारीमा ढुङ्गा निकाल्ने क्रममा सकेट बम जस्तो देखिने वस्तु फेला परेको थियो । लगत्रै नेपाली सेनाको सुर्यदल गणबाट बम डिस्पोजल (बि.डी.) टिम सहित खटिएको फौजले उक्त शंकास्पद बस्तुलाई सुरक्षितसाथ डिस्पोज गरेको हो ।...
मतदाता नामावली संकलन उत्साहजनक: निर्वाचन आयोग
प्रशासन, समाचार

मतदाता नामावली संकलन उत्साहजनक: निर्वाचन आयोग

नेपालअखबार,काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ। यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन्। आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ। मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएक...
दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो
प्रशासन, समाचार

दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको छ । आज मात्रै चार वटा दल दर्ताको निवेदन आयोगमा पुगेको छ। ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन पनि पुगेको छ । यसको नेतृत्वमा योगेन्द्र मण्डल रहने भनिएको छ । चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी र रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल नाम दल दर्ताको निवेदन पुगेको छ। खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको लागि पुगेको छ । यो पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्तावित छ । यसअगाडि नवराज सुवेदीको नेतृत्वमा जनयुग पार्टी दर्ताको निवेदन पुगेको छ । यो पार्टीले केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण,...