Sunday, May 31

प्रशासन

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध
प्रशासन, समाचार

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

नेपालअखबार, काठमाडाैं । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवर्द्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन् । अमेरिकाले निकालेको अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए । अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको, चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्य शक्ति प्रयोग गरेको, विश्व बजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको...
निर्वाचन आयोगले राख्यो ४ पुसमा जलपान कार्यक्रम
प्रशासन, समाचार

निर्वाचन आयोगले राख्यो ४ पुसमा जलपान कार्यक्रम

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उनको भनाइ छ । यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन् । गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।...
आयोगले गर्‍यो समानुपातिक सांसद निर्वाचित भएको घोषणा, भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने
प्रशासन, समाचार

आयोगले गर्‍यो समानुपातिक सांसद निर्वाचित भएको घोषणा, भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आज पत्रकार सम्मेलन गर्दै मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम प्रतिवेदन मंसिर २९ गते बिहीबार राष्ट्रपतिलाई बुझाइने बताए। आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको परिणामसमेत घोषणा गरेको छ। दलहरूले चयन गरी पठाएका नाम क्लस्टर मिले वा नमिलेको छानबिन गरी आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो। साथै पुस २ मा आयोगले प्रदेश सभा निर्वाचन परिणामसहितको प्रतिवेदन सातै प्रदेश प्रमुखहरूलाई पनि बुझाउने भएको छ। आयोगले निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा पनि प्रकाशित गरिने बताएको छ। आयोगका अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कूल ८२५ जना नि...
हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ
प्रशासन, समाचार

हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ

नेपालअखबार, दाङ ।  दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । हिरासतमा रहेका घाेराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती शान्ति घर्ती खड्का १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेकी हुन् । जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार हिरासतमा रहेका खड्का तीन दिनअघिमात्र लागुऔषधसहित पक्राउ परेका थिए । सोमबार बिहान ७ बजे हिरासतमा रहेका श्रीमानलाई भेट्न भन्दै शान्ती जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । फलफूल लिएर श्रीमानलाई भेट्न गएकी उनलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको हो । ‘हिरासतमा श्रीमानलाई भेट्न आएको बेला चेकजाँच गर्दा केराभित्र लुकाएको अवस्थामा लागुऔषध भेटियो,’ प्रहरी नायव उपरीक्षक गौतमले भने । गौतमका अनुसार उनी लागुऔषध दुर्व्यसनी रहेका आफ्ना श्रीमानलाई हिरासतभित्र लागुऔषध दिने...
भोलिदेखि निर्वाचन आचारसंहिता खारेज
प्रशासन, समाचार

भोलिदेखि निर्वाचन आचारसंहिता खारेज

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६  गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।...
कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न काममा ढिलाई गर्दा कमिसन बढ्छ ?
प्रशासन, समाचार

कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न काममा ढिलाई गर्दा कमिसन बढ्छ ?

नेपालअखबार, काठमाडौँ ।शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असंतुष्टी जनाएका  छन् । मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यका भित्र निर्माणाधीन ठुला संरचनाहरुको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमण सुरु गरेका छन् । शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले संबन्धित विभाग, ठेकेदार कम्पनिसँग छलफल गरेका छन् । ‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए । ‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे । ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’ ‘के उपाय गरेर हुन्छ, काम छिट...
सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र
प्रशासन, समाचार

सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र

नेपालअखबार, काठमाडाैं । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको मङ्सिर १३ गते बसेको ६३ औँ बैठकले निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायलाई परिपत्र गरिएको हो । “सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि तत् तत् निकायले कानुनबमोजिम लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन छ”, समितिको परिपत्रमा भनिएको छ । त्यस्तै, सिंहदरबार परिसरभित्रको सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कार्यका लागि सम्बन्धित निकायलाई पहल गर्न पनि निर्देशन दिइएको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार, सम्भावित शीतलहरबाट हुने असर न्यूनीकरण, संयुक्त बजार अनुग...
समानुपातिक सांसदको सूची चार बजेसम्म आयोगलाई बुझाउनुपर्ने
प्रशासन, राजनीति, समाचार

समानुपातिक सांसदको सूची चार बजेसम्म आयोगलाई बुझाउनुपर्ने

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरूले भने सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।  यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२,  प...
दलहरुले चुनावमा महिलामाथि व्यापक विभेद गरे : प्रमुख निर्वाचन आयुक्त
प्रशासन, समाचार

दलहरुले चुनावमा महिलामाथि व्यापक विभेद गरे : प्रमुख निर्वाचन आयुक्त

नेपालअखबार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि ठूलो विभेद् गरेको बताएका छन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलहरुले महिलाहरुमाथि राजनीतिक हिंसा गरेको आरोप समेत लगाए । प्रमुख निर्वाचन आयुक्त थपलियाले लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यवद्धता रहेको र त्यसको पालनाका लागि शुन्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे । उनले राजनीतिमा महिलाहरुमाथि हिंसा हुन नदिनका लागि सम्बन्धित सबै पक्षलाई सचेत रहन पनि आग्रह गरे । उनले भने, ‘लैंगिक हिंसाविरुद्धको अभियानमा ...
८ निर्माण व्यवसायीसँग पुनः सातदिने स्पष्टीकरण माग
प्रशासन, समाचार

८ निर्माण व्यवसायीसँग पुनः सातदिने स्पष्टीकरण माग

नेपालअखबार,  काठमाडाैं  । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेका ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।  कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग्दै कालो सूचीमा राख्ने प्रक्रिया अघि बढेको जानकारी दिएको हो । हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा-कविर-सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरेसँग पुन स्पष्टिकरण मागिएको हो । यसैगरी बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमा...