समुदाय खोज तथा उद्दार प्रशिक्षण तथा सिमुलेशन सम्पन्न
नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारको आयोजना तथागण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यबस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको ३ दिने समुदाय खोज तथा उद्दार ९ ऋयmmगलष्तथ कभबचअज बलम चभकअगभ ० सम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ ।उक्त प्रशिक्षण गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थको प्रमूख आतिथ्यतामा एक कार्यक्रमका विच समापन गरिएको छ । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुबाट भुकम्प, आगोलागी तथा खोचमा खसेका घाईते तथा मृतकहरुको खोज तथा उद्दार सम्बन्धी सिमुलेशन प्रदर्शन र सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण समेत गरिएको थियो ।
वर्षाको समयमा बाढी पहिरो लगायत अन्य प्रकारका विपद्माण परी खोचमा फस्ने घटनाहरु धेरै हुने गर्दछन, खोच तथा भिरको नजिक पुग्नु यो समयमा बढी खतरा हुन्छ । त्यस्तै घर तथा पसलहरुमा ग्यास तथा विद्युतिय सर्टबाटहुने आग...









