एमालेबाट विद्रोह नगरेको भए अहिले आफ्नो कन्तबिजोग हुने : अध्यक्ष नेपाल
नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह नगरेको भए अहिले आफ्नो कन्तबिजोग हुने बताएका छन्। समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट विद्रोह नगरेको भए अहिले कन्तबिजोग हुने कुराको व्याख्या गर्नु नपर्ने धारणा राखे । उनले एमालेबाट विद्रोह गर्ने बेलामा सबैले साथ नदिएपनि पार्टी निर्माण गरेको बताए। एमाले फुटाएर आफूहरूले जायज काम गरेको नेपालको भनाई छ। उनले भने,‘हामीले आँट नगरेको भए, त्यो बेलामा विद्रोहको आँट नगरेको भए हाम्रो कन्तबिजोक हुँदैनथ्यो, विद्रोहको औचित्य के छ भन्नेहरूको दुई कौडीको पनि महत्त्व छैन, कुनै अर्थ छैन।’
उनले सबै मिलेर मेहनत गरे पार्टी पहिलो शक्तिको रुपमा स्थापित हुने दाबी गरे। ‘०८४ को चुनाव आउँदै छ, हामी अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। साथीहरूले मेहनत गरेर वडा, स्थानीय तह, प्रदेशमा अरू पार्टीलाई एक्लै पराजित गर...










