Thursday, August 13

राजनीति

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको निम्तो
राजनीति, समाचार

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको निम्तो

नेपालअखबार,काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । आज बिहान नेपाल आएका मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका हुन् । प्रधानमन्त्री ओलीले निमन्त्रणका लागि मिश्रीलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत भ्रमणमा जाँदैछन् ।सोही भ्रमणको औपचारिक निमन्त्रणका लागि मिश्री आज काठमाडौं आएका हुन् ।...
परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका मिश्रीले परराष्ट्रमन्त्री डा. राणासँग भेटवार्ता गरेका हुन् । भेटपछि परराष्ट्रमन्त्री डा. राणाले सामाजिक सञ्चालमा लेखेकी छन्- हामीले हाम्रो कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई सुदृढ पार्ने कुरामा केन्द्रित हुँदै भारत-नेपाल सम्बन्धको पूर्ण दायराबारे छलफल गर्‍यौं। नेपालले भारतको छिमेकी पहिलो नीतिको कदर गर्दछ र हाम्रो द्विपक्षीय सम्बन्धको निरन्तर वृद्धिको अपेक्षा गर्दछ । यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गरेका थिए...
पोखरामा मनाइँयो ३१ औं मगर प्रसारण दिवस शिक्षालाई जोड दिन नसक्दा पछाडि प¥यौंः सांसद गाहामगर
राजनीति, समाचार, समाज

पोखरामा मनाइँयो ३१ औं मगर प्रसारण दिवस शिक्षालाई जोड दिन नसक्दा पछाडि प¥यौंः सांसद गाहामगर

नेपालअखबार, पोखरा । पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । रेडियो नेपालमा २०५१ साल भदौं १ गते पहिलो पटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । मगर पत्रकार संघ कास्कीले ३१ औं मगर प्रसारण दिवसको अवसरमा पोखरामा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र खेम सारुमगरलाई सम्मान समेत गरेको छ । सञ्चारकर्मी आले र सारुमगरलाई गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगर, मगर संघ गण्डकी प्रदेश अध्यक्ष तारामाया थापा मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरले सम्मानपत्र, फेटास...
आजै भारतीय विदेश सचिव मिश्रीले महत्वपूर्ण भेटवार्ता  गर्ने
राजनीति, समाचार

आजै भारतीय विदेश सचिव मिश्रीले महत्वपूर्ण भेटवार्ता गर्ने

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा बिहान काठमाडौं आइपुगेका मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्ने स्रोत बताउँछ । सचिव मिश्रीले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ता पनि आजै दिनेछन् । मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । स्रोतका अनुसार आजकै भेटवार्तामा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ । मिश्री सोल्टी होटेलमा रहेका छन् । त्यहाँबाट सिधै प्रधानमन्त्री ओलीलाई भेट्न जानेछ...
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै
राजनीति, समाचार

भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै

नेपालअखबार,काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ । उनी दुई दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली २ भदौमा फर्कनेछन् ।...
पुटिनका चार अडानले ट्रम्पसँगको वार्ता निष्कर्षविहीन
राजनीति, विश्व, समाचार

पुटिनका चार अडानले ट्रम्पसँगको वार्ता निष्कर्षविहीन

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता ठोस सम्झौताबिना सकिएको छ । शुक्रबार अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजे सुरु भएको बैठक साढे २ बजेसम्म चलेको थियो ।   उनीहरुको वार्तामा युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो । तर कुनै सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताएका छन् । 'केही प्रगति भएको छ, धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,' ट्रम्पले भने । तर के-के बुदाँमा सहमति भयो उनले खुलाएनन् । त्यस्तै पुटिनले पनि केही बुँदामा सहमति भएको बताए तर त्यो सहमति के हो भन्नेबारे बोलेनन् । पुटिनले भने, 'हामी अपेक्षा गर्छौं कि कीभ र युरोपेल...
मुस्लिम आयोगको राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस
राजनीति, समाचार

मुस्लिम आयोगको राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले  प्रतिवेदन पेस गरेका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबैको सम्मान गरिनुपर्ने बताए । ‘सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्यता कायम गरी समानता एवं सहअस्तित्वका आधारमा अगाडि बढ्न आवश्यक छ, ‘राष्ट्रपति पौडेलले भने,‘राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने व्यवस्था छ । यसको सबैले पालना गर्नुपर्छ ।’ उनले मुस्लिम ...
एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता, तेस्रो वरीयतामा
राजनीति, समाचार

एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता, तेस्रो वरीयतामा

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो । जस अनुसार गौतमले वरिष्ठ नेता पाएका छन् । उनलाई पार्टीको तेस्रो वरीयतामा राखिएको छ । त्यस्तै, डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ । अन्य ९ जनालाई भने केन्द्रीय सदस्य बनाइएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर बागवान रहेका छन् । गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको एकीकृत समाजवादीले जनाएको छ । लगत्तै अहिले पार्टी सचिवालय बैठक सुरु भएको छ ।...
नेपाली मुस्लिम समुदायको सामाजिक, आर्थिक बिकासका लागि सरकारले विशेष ध्यान दिनु पर्ने छ : माननीय हसिना खान
राजनीति, समाचार

नेपाली मुस्लिम समुदायको सामाजिक, आर्थिक बिकासका लागि सरकारले विशेष ध्यान दिनु पर्ने छ : माननीय हसिना खान

नेपालअखबार,काठमाडौँ ।  नेपाली मुस्लिम समुदायको सामाजिक, आर्थिक बिकासका लागि सरकारले विशेष ध्यान दिनु पर्ने छ ।  माननीय हसिना खान भन्नु हुन्छ“ मुस्लिम समुदायको मुख्य समस्या नै आर्थिक कमजोरी साथै शिक्षामा पहुँच नहुनु रहेको बताउनु भएको छ” । नेपालगंजमा बासोबास गर्ने मुस्लिम समुदाय बिशेष गरी न्युन आय भएको मुस्लिम परिवारको उल्लेखनिय रहेको छ । परिवारिक सख्या ठुलाे हुनु र आय आर्जन गर्ने ब्यक्ति एकजना मात्र हुँदा परिवार चलाउन मुस्किल रहेको बताउनु भयो । आर्थिक कमजाेरीका कारण नै बालबालिकाको पढाईमा अवरोध हुदै आएको छ । यस तर्फ सरकारले विषेश ध्यान दिनु पर्छ । महिलाहरुलाई सिपमुलक तालिम दिएर स्वरोजगार बजाउदै  आय आर्जन हुने बाटोमा जोड्ने योजना ल्याउन आवश्यक रहेको बताउनु हुन्छ । नेपालगंज र छिमेकी पालिकाहरुमा रहेका मदरसाहरुमा छात्राहरुको शतप्रतिशत भर्ना गराउनका निम्ति समुदायमा रहेका महिलाहरुलाई शिक्षको...
रूसी विदेशमन्त्री अलास्का पुगे, पुटिन जाँदै
राजनीति, विश्व, समाचार

रूसी विदेशमन्त्री अलास्का पुगे, पुटिन जाँदै

नेपालअखबार,काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार बहुप्रतिक्षित शिखर बैठक हुँदैछ। अमेरिकाको अलास्कामा ट्रम्प र पुटिनबीच युक्रेनमा युद्धविरामबारे प्रत्यक्ष भेटवार्ता हुन लागेको हो। भेटवार्ता अलास्काको एन्करेजस्थित अमेरिकी सेना र वायु सेनाको संयुक्त सैन्य अड्डामा हुनेछ। दुई राष्ट्रपतिबीच अमेरिकी समयअनुसार शुक्रबार बिहान साढे ११ बजेदेखि बैठक सुरू हुने अमेरिकी मिडियाहरूले जनाएका छन्। शिखर बैठकका लागि रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोव अलास्का पुगिसकेको भनेर रूसी समाचार संस्था तासले जनाएको छ। उनीसँगै अमेरिकाका लागि रूसी राजदूत अलेक्जेन्डर दार्चियभ पनि अलास्का पुगिसकेका छन्। पुटिनका मुख्यमध्येका सहयोगी युरी युशाकोभका अनुसार बैठक मस्कोको समयअनुसार शुक्रबार राति साढे १० बजे सुरू हुनेछ। अलास्कामा ट्रम्प र पुटिनबीच वान अन वान वार्त...