भारतको सहयोगमा पौष्टिक चामल र आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु
नेपालअखबार,काठमाडौँ । नेपालमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु गरिएको छ। भारत सरकारको सहयोग र संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुने यो परियोजना शुक्रबार एक कार्यक्रमका बिच औपचारिक रूपमा शुभारम्भ गरिएको हो।भारतीय विदेश मन्त्रालयले सुरु गरेको यो परियोजना भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत सञ्चालन हुने हो। भारतले सन् २०२३ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाको ७८ औँ सत्रको अवसरमा उक्त पहलको घोषणा गरेको थियो। उक्त घोषणापछि भारत र संयुक्त राष्ट्रसङ्घको टोलीले मिलेर चार वटा परियोजनाहरूको छनोट गरेका थिए, जसमा नेपालको यो परियोजना पनि एक हो।
परियोजनाको उद्देश्य नेपालमा स्तरोन्नति गरिएको चामलको आपूर्ति शृङ्खला सुधार गर्नु हो। विशेष गरी खरिद प्रक्रिया, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति अभाव,...










