Thursday, August 13

राजनीति

कानुन बुझेको छैन भनेर उन्मुक्ति नपाउने भएपछि कानुन पनि बुझ्ने बनाइदिनुपर्छ: सांसद ज्वाला
राजनीति, समाचार

कानुन बुझेको छैन भनेर उन्मुक्ति नपाउने भएपछि कानुन पनि बुझ्ने बनाइदिनुपर्छ: सांसद ज्वाला

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानुन जनताले बुझ्ने गरी बनाउनुपर्ने बताएका छन्। आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कानुन बुझिन भनेर कारबाही नटर्ने भए पछि कानुन पनि आम जनताले बुझ्ने भाषामा बनाउनुपर्ने बताएका हुन्। 'हाम्रो ध्यान सबैभन्दा बढी सेवाग्राही जनतामा केन्द्रित हुनुपर्छ। जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुन्छ। कानुन बुझेको छैन भन्न पाउँदैनस् भनेर कारबाही गर्ने भएपछि कानुन बुझ्ने पनि बनाइदिनुपर्छ नि त,' उनले भने। उनले सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको बताए। 'ठूला घटना भइरहेका छन्। आइकाओले समेत हामीलाई नेगेटिभ लिस्टमा राखेको छ। यो गम्भीर कुरा हो। सबै कुराको जग भनेको कानून नै हो। ह...
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता

नेपालअखबार,तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायलसँगको द्वन्द्व सुरु भएपछि पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन्। यो जानकारी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन्। सरकारी टेलिभिजनमा शनिबार प्रसारित फुटेजमा खामेनी शिया पर्व आशुराको एक दिन अगाडि एक मस्जिदमा अभिवादन गर्दै देखिएका थिए। खामेनीको पछिल्लो उपस्थिति इजरायलसँगको द्वन्द्वका क्रममा रेकर्ड गरिएको सम्बोधनमा थियो । इजरायलको आक्रमणमा इरानी उच्च कमान्डर तथा आणविक वैज्ञानिकहरू मारिएका थिए। इजरायलले इरानका आणविक र सैन्य स्थलहरूमा हमला गरेपछि इरानले इजरायललाई लक्षित गरी हवाई हमलाहरू गरेर जवाफ फर्काएको थियो। इजरायलसँगको १२ दिने युद्धका क्रममा खामेनी तीनवटा भिडियो सन्देशमार्फत टेलिभिजनमा देखा परेका थिए । त्यतिबेला उनी बंकरमा लुकेको हुनसक्ने अनुमान गरिएको थियो। शनिबार इरानी सञ्चारमाध्यममा खामेनीको उपस्थितिल...
सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति  : शेखर कोइराला
राजनीति, समाचार

सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति : शेखर कोइराला

नेपालअखबार, काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताएका छन् । शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताएका हुन् । उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति जनाए । मन्त्रीहरूलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने उनको भनाई छ । उहाँले भन्नुभयो, ‘अब छिटो भन्दा छिटो नेपाली काँग्रेसको नेतृत्व सभापतिजीले नै लिनुहुन्छ । लिएर अगाडि बढ्नुहोस् । सकारात्मक सोचबाट हामी अघि बढौँ । हामी सक्छौँ । हाइड्रो पावरमा हामीले ध्यान दिनुपर्छ । यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरुलाई लाग्ला यसले बढी बोल्यो भनेर तर म अहिले पनि २० बिगाह उखु लगाउँछु । २० बिगाह छ मेरो । यो सरकारको सोच कति ग...
मध्यपूर्वमा इजरायली हस्तक्षेप विरुद्ध मोर्चा कस्ने  पाँच दलको निष्कर्ष
राजनीति, समाचार

मध्यपूर्वमा इजरायली हस्तक्षेप विरुद्ध मोर्चा कस्ने पाँच दलको निष्कर्ष

नेपालअखबार,काठमाडौं । पाँच वामपन्थी दलले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेको छ । मध्यपूर्वका मुलुकमा इजरायलले हस्तक्षेपकारी कदम उठाइरहेको भन्दै नेपालका राजनीतिक दलहरुले एकजुट भएर विरोध जनाउनुपर्ने निष्कर्ष निकालेका हुन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंस्थित पेरिसडाँडामा शनिबार माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलका नेताहरु सहभागी थिए । बैठकमा मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । साथै प्यालेष्टाइनमाथिको बर्बरतापूर्ण इजराइली नरसंहारको विरोधमा अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेबारे समेत बैठकमा छलफल भएको उनले बताए । माओवादी सहितका दलहर...
समाजवादी क्रान्ति सफल पार्न सम्पूर्ण कम्युनिस्टहरु एकजुट हुन पर्ने वर्तमान आवश्यकता : महासचिव देव गुरुङ
राजनीति, विचार, समाचार

समाजवादी क्रान्ति सफल पार्न सम्पूर्ण कम्युनिस्टहरु एकजुट हुन पर्ने वर्तमान आवश्यकता : महासचिव देव गुरुङ

नेपालअखबार,काठमाडौँ । समाजवादी क्रान्ति सफल पार्न सम्पूर्ण कम्युनिस्टहरु एकजुट हुन पर्ने वर्तमान आवश्यकता रहेको  महासचिव  गुरुङले बताउनु भयो। माओवादी केन्द्रका महासचिव देव गुरुङसँग नेपाल अखबारले कुराकानी गरेको थियो। नेकपा माओवादी केन्द्रले विगतमा उठाएका राष्ट्रिय हितका लागि देशको हित विपरीत भएका सन्धि सम्झौतालाई  पुनरालोकन गर्नु पर्ने बताउनु भयो । प्राकृतिक सम्पदालाई संरक्षण गर्नका लागि आज पनि हाम्रो पार्टीको धारणा स्पष्ट रहेको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङ भन्नुहुन्छ ।  नेपाल र भारतबीच भएका कोशी, गण्डकी र महाकाली बाँधको सम्झौताले भारतलाई फाइदा हुने हेतुले सम्झौता गरिएको स्पष्ट  रहेको छ।  यस विषयमा अहिले हामी प्रतिपक्षमा रहेको अवस्था छ। हामीले प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई सल्लाह सुझाव दिने गरेका छौं। राष्ट्रिय हितक देशलाई समृद्धिको बाटो पुर्‍याउनका लागि सम्पूर्ण...
गजामा ६० दिने युद्धविरामका लागि तयार भयो हमास, पठायो सहमति पत्र
राजनीति, विश्व, समाचार

गजामा ६० दिने युद्धविरामका लागि तयार भयो हमास, पठायो सहमति पत्र

नेपालअखबार,काठमाडौँ । गजामा युद्धविराम गर्न हमास सहमत भएको छ। शुक्रबार हमासले इसराइलसँग ६० दिने युद्धविरामका लागि तयार भएको भनेर हमासले मध्यस्तकर्ताहरूलाई पत्राचार गरेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। इसराइलले यसअघि नै युद्धविरामका लागि सहमति जनाइसकेको छ। दुवै पक्ष तयार भएपछि गजामा लामो समयदेखि आक्रमण रोकिने बाटो खुलेको छ। यसका लागि अमेरिकासहित मध्यपूर्वका देशहरूले लामो समयदेखि प्रयत्न गर्दै आएका थिए। हमासले शुक्रबार विज्ञप्ती जारी गरेर तत्काल युद्धविरामका लागि आफ्नो समूह तयार भएको भनेको छ। ‘मध्यस्थकर्ताहरूलाई युद्धविराम सन्दर्भमा सकारात्मक प्रतिक्रिया पेस गरेका छौं। यसको ढाँचा कार्यान्वयन गर्नका लागि तत्काल वार्तामा बस्न हमास तयार छ,’ हमासले जारी गरेको वक्तव्यमा भनिएको छ। युद्धविरामका लागि हमाससँग प्रत्यक्ष छलफल गर्दै आएका प्यालेस्टिनी-अमेरिकी वार्ताकार विशारा बाहबाले...
२२ वटा जलविद्युत आयोजनाको ४९ प्रतिशतसम्म सेयर सर्वसाधरणलाई दिने तयारीमा छाैँ : ऊर्जामन्त्री
अर्थ, राजनीति, समाचार

२२ वटा जलविद्युत आयोजनाको ४९ प्रतिशतसम्म सेयर सर्वसाधरणलाई दिने तयारीमा छाैँ : ऊर्जामन्त्री

नेपालअखबार,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले २२ वटा जलविद्युत आयोजनाको ४९ प्रतिशतसम्म सेयर सर्वसाधारणलाई दिने तयारी गरिएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै मन्त्री खड्काले यस्तो बताएका हुन । उनले सरकारले गरिब तथा विपन्न नागरिकलाई ऋण उपलब्ध गराएर जलविद्युत आयोजनाको सेयरधनी बनाउने महत्वकांक्षी योजना अघि सारेका पार्टीलाई जानकारी दिए । मन्त्री खड्काले यसलाई ‘ऊर्जामा समाजवादको अभ्यास’ भनेका छन् । उनका अनुसार यस योजना अन्तर्गत प्रत्येक घरपरिवारलाई आयोजनाको क्षमता हेरी २ लाखदेखि ५ लाख रुपैयाँसम्मको सेयर वितरण गरिने तयारी छ । गरिबीको रेखामुनि रहेका करिब २० प्रतिशत नागरिकलाई सेयर खरिद गर्न सरकारले नै ऋण सुविधा उपलब्ध गराउने मन्त्री खड्काले बताए । ‘यो योजनाले आगामी ४–५ वर्षमा विपन्न वर्गका जनतालाई गरिबीको रेखाभन...
भोलिबाट मलको अभाव नहुने कृषिमन्त्रीको दाबी
राजनीति, समाचार

भोलिबाट मलको अभाव नहुने कृषिमन्त्रीको दाबी

नेपालअखबार,काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि रासायनिक मलको अभाव नहुने पार्टी बैठकमा जानकारी गराएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीका रुपमा गरेका कार्यहरु जानकारी गराउने क्रममा अधिकारीले मल १ लाख १० हजार टन मल नेपाल प्रवेश गरिसकेको बताएका छन् । हाम्रो ३७ ठाउँमा गोदाम छन् । त्यहाँ धमाधम आज धेरै ठाउँमा लोड भएर भोलि बेलुकीसम्ममा ती गोदामहरुमा मल पुग्दैछ,’ अधिकारीले भने, ‘मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’ कृषि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत र स्थानीय तह मार्फत मात्रै बजेट विनियोजन हुने जानकारी पार्टी नेताहरुलाई गराए ।कृषि मन्त्रालयमा आएको बजेटबाट २७ अर्ब रासायनिक मलका लागि दिइएको थियो । त्यसमध्ये योजनाको पैसा कटाएर १ अर्ब ८२ करोड रुपैयाँ समावेश गरिएका कारण अर्को वर्ष रासायनिक मलको समस्या हुँदैन ।’...
राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित
राजनीति, समाचार

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

नेपालअखबार,काठमाडौँ । राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तरराष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको स्पष्ट पारे। 'नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नी...
अध्यक्ष नेपालले भने भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

अध्यक्ष नेपालले भने भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुले कहिलेपनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफूविरुद्ध तथ्यप्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन् । ‘नबिराउनू, नडराउनू । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण पेस गरोस् । जुनसुकै बलिदान गर्न तयार हुन्छु,’ अध्यक्ष नेपालले भने । आफूले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उनको दाबी थियो । आफूले अघि सारेकै र पद दिएकैहरूबाट नोक्सानी हुने गरेको भनेर आफ्ना नजिककाहरूले भन्ने गरेको पनि उनले सम...