Friday, August 14

राजनीति

अध्यक्ष नेपालमाथि पूर्वाग्रही रूपमा मुद्धा लगाइयो: माईला वावु द्योला
राजनीति, विचार, समाचार

अध्यक्ष नेपालमाथि पूर्वाग्रही रूपमा मुद्धा लगाइयो: माईला वावु द्योला

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) निकट नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गरेको छ। आइतबार संगठनका अध्यक्ष माईला वावु द्योलाले एक विज्ञप्ति जारी गरेर उक्त दाबी गर्नुभएको हो। जारी विज्ञप्तिमा भनिएको छ,‘समकालिन नेपालि कम्यूनिष्ठ आन्दोलनका धरोहर २०४६ र २०६२ ६३ का कमाण्डर एवं राजनितिमा स्वच्छ र निष्कलकित छवि बनाउँदै आउनु आएका हाम्रो पार्टी नेपाल कम्यूनिष्ठ पार्टी। एकीकृत समाजबादी ० का श्रद्धेय अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि कमरेड माधव कुमार नेपालप्रति पछिल्लो समय पताञ्जली जग्गा प्रकरणमा वर्तमान ओली सरकारले देखाएको व्यवहार पुर्वागृहपुर्ण त छनै राजनितिक रुपले षडेन्त्रमुलक एवं दुराशपपुर्ण समेत रहेको हाम्रो ठहर छ।’ विज्ञप्तिमा भनिएको छ, ‘आफुभन्दा इंत्तर विचार राख्ने दल तथा नेताहरुप्रति केपि ओलीको असहिष्णु व्यवहा...
‘ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ’: अध्यक्ष माधव नेपाल
राजनीति, विचार, समाचार

‘ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ’: अध्यक्ष माधव नेपाल

नेपालअखबार,काठमाडौँ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक सक्रियता जारी राखेका छन् । उनले आइतबार एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गरे । उनले पतञ्जलि जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरे । ‘अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ तर, मैमाथि यो किसिमको आरोप लागेको छ र यसको कानुनी उपचार हुन्छ,’ उनले भने, ‘हाम्रा कानुनका जानकार साथीहरुले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बदलाको भावनाले चलेको बताए । ‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ । हामीले भनेका छौं, सरकार य...
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
राजनीति, समाचार

नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन् । राधेश्याम जोन्छे जुझारु नेताको रूपमा परिचित रहेको उनले स्मरण गरे । उनले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे । त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले संसद अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरे ।  भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई ...
प्रचण्डले बोलाए विपक्षी दलको बैठक
राजनीति, समाचार

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् । बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते पवपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन । संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवाद...
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै
राजनीति, समाचार

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको हो । संसद अवरोध खुलाउने प्रयासमा दलहरुबीच छलफल भइरहे पनि निकास निस्किएको छैन । यदि आज अवरोध खुल्न सके उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथ...
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न

नेपालअखबार,काठमाडौँ । क्यानडामा आयोजना हुन लागेको जी–७ (सात राष्ट्रहरूको समूह) सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरिएको विषयमा क्यानडामा प्रश्न उठेको छ । शुक्रबार मात्रै क्यानडका प्रधानमन्त्री मार्क कार्नीले भारतीय प्रधानमन्त्री मोदी जी– ७ सम्मेलनमा निम्ता गरेको विषयमा क्यानडाको राजनीतिक दल एनडीपी, विश्व सिख संगठनले प्रश्न उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, सबैभन्दा बढी जनसङ्ख्या भएको देश र विश्वव्यापी आपूर्ति शृङ्खलाको केन्द्र रहेको बताउँदै कार्नीले साझेदारहरूसँगको छलफलमा, ऊर्जा, खनिजहरू जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्न आमन्त्रित गरिएको बताए । एक पत्रकार सम्मेलनमा उनले भने, ‘हामी द्विपक्षीय स्तरमा कानूनको कार्यान्वयनको बारेमा छलफल गर्ने सहमतिमा पुगेका छौं र यस दिशामा वार्ता अलि अगाडि बढेको छ। जब...
शहरी विकास मन्त्रालयमा ३२ अर्ब जतिको चलखेल देखिन्छ : पुन
राजनीति, समाचार

शहरी विकास मन्त्रालयमा ३२ अर्ब जतिको चलखेल देखिन्छ : पुन

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताए । सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाएको दाबी उनले गरे । ‘यस पटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने,’ पुनले भने, ‘हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन् ।...
सत्ताको चाबी अब कांग्रेसले बोक्नुपर्छ: शेखर कोइराला
राजनीति, विचार, समाचार

सत्ताको चाबी अब कांग्रेसले बोक्नुपर्छ: शेखर कोइराला

नेपालअखबार,काठमाडौँ । नेपाली काँग्रेसका सांसद शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरेका हुन्। 'त्यो अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्छ। हामी सरकारमा छौं तर सत्ताको चाबी हामीसँग छैन। यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस्। सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त,' उनले भने। कांग्रेसको भविष्यको प्रतिष्पर्धी एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने पनि कोइरालाले बताए। 'उसले गलत  काम गरेको छ  भने गलतलाई गलत र सहीलाई सही भन्नसकौं। त्यसो भन्न नसक्ने कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता होइनन्,’ उनले भने। -न्...
बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो: माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो: माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताएका हुन्। 'हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन्। आतंकित भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्। बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरुले सुन्नुभयो, म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ,' उनले भने। आफूले कसैसँग एक रुपैयाँ घुस लिएको अनुचित काम गरेको, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि उनले बताए। 'निजी स्वार्थबाट...
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद शेरबहादुर कुँवरले अध्यक्ष माधवकुमार नेपालविरुद्ध लागेको भ्रष्टाचार मुद्दाको कानुनी रूपमा प्रतिवाद गर्ने स्पष्ट पारेका छन् । तर, राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुद्दा चलाइएको उनको दाबी छ । उनले भने,‘हामी कानुनी व्यक्ति भएको हुनाले सम्मानित अदालत र कानुनलाई सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीले नै प्रधानमन्त्री ओलीको निर्देशनमा अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइएको भन्ने निष्कर्ष निकालेको सुनाए । उनले भने,‘नितान्त राजनीतिक प्रतिशोध साँध्नको लागि ल्याइएको हो भन्ने हाम्रो निष्कर्ष छ । तथ्य र प्रमाणले त्यही कुरा बताउँछ । प्रधानमन्त्रीज्यूको निर्देशनमा हो, प्रस्ट छ ।’ उनले प्रधानमन्...