Saturday, August 15

राजनीति

आज पनि प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

आज पनि प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बुधबारको बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण बस्न सकेको थिएन । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसका साथै नेपाल हवाई सेवा प्राधिकरण विधेय र नेपाल नागरिक उड्डयनप्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र निकासी पैठारी विधेयक लाई दफावार छद्यफलको लागि सम्बन्धित समितिमा पाठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।...
समाजवादी मोर्चाले तय गर्‍यो तीन रुट १५ गतेको प्रदर्शनका लागि
राजनीति, समाचार

समाजवादी मोर्चाले तय गर्‍यो तीन रुट १५ गतेको प्रदर्शनका लागि

नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चाले आगामी १५ गते काठमाडौंको भृकुटिमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको समाजवादी मोर्चाको १२ औं केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । उक्त सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा राखिएको उनले बताए । ‘१५ गतेको समाजवादी मोर्चाले गर्न लागेको विशाल विरोध प्रदर्शन र सभा कार्यक्रमलाई व्यवस्थित गर्ने भएको छ,’ उनले भने, ‘मास हजारौं संख्यामा उपस्थित गराउने निर्णय भएको छ ।’ त्यस्तै, गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान पनि भएको उनले बताए । जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय भएको उनले बताए । रुट–१ : कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकटिमण्...
हमासको विरोधमा गाजामा प्यालेस्टिनीहरू पहिलो पटक उत्रिए सडकमा
राजनीति, विश्व, समाचार

हमासको विरोधमा गाजामा प्यालेस्टिनीहरू पहिलो पटक उत्रिए सडकमा

नेपालअखबार,रफाह । मंगलबार गाजामा हमास विरुद्ध विरोध प्रदर्शन भएको छ । उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौं मानिसहरूले यो विरोधमा भाग लिएका थिए । इजरायल र गाजाबीचको युद्ध सुरु भएपछि मानिसहरू हमासको विरोधमा यति ठुलो संख्यामा बाहिर निस्केको यो पहिलो पटक हो । प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका थिए ।यसैबिच, नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए । केही लडाकुहरूको हातमा हतियार पनि थियो । उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको बताइएको छ । हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल बनाएका छन् । तीमध्ये धेरै युवाहरू उत्तरी गाजाको बेइत लाहियाको सडकमा देखिए । उनीहरूले ‘बाहिर... बाहिर... बाहिर...हमास बाहिर’ भन्ने नारा लगाइरहेका थिए । यद्यपि, हमासका समर्थक मानिने समूहहरूले यस विषय...
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभा (संघीय संसद)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । यसअघि पटक–पटक कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यो विधेयक अगाडि नबढेको भनेर विषय उठ्दै आएको थियो । लामो समयसम्म सभामा रोकिएको भनेर आलोचना समेत भएको पृष्ठभूमिमा यो विधेयक अगाडि बढाउन लागिएको हो । त्यसअघि व्यवस्थापन कार्यतर्फ कानुन, न्याय तथा संसदीय मामिला मन्...
एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले ऊर्जामन्त्री खड्काको पुत्ला जलाए
राजनीति, समाचार

एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले ऊर्जामन्त्री खड्काको पुत्ला जलाए

नेपालअखबार,काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए । प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए ।  जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरु अगाडि बढेपछि प्रहरीले खोसेको थियो । विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । ‘यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्...
संवैधानिक निकायका प्रमुखलाईं संघीयताविरुद्ध नबोल्न गण्डकीका मुख्यमन्त्रीको सुझाव
राजनीति, समाचार

संवैधानिक निकायका प्रमुखलाईं संघीयताविरुद्ध नबोल्न गण्डकीका मुख्यमन्त्रीको सुझाव

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले संवैधानिक निकायका प्रमुखलाई संघीयताविरुद्ध नबोल्न सुझाव दिएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखराले आयोग स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संवैधानिक निकायका प्रमुखलाई संघीयताविरुद्ध बोल्ने अधिकार नरहेको बताएका हुन् । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको भनाइप्रति लक्ष्य गर्दै पाण्डेले राजनीतिक दलका नेता मात्र होइन, सरकारी जिम्मेवारीमा रहे/बसेका कोही कसैलाई पनि संविधान र संघीयता विरुद्धमा बोल्ने अधिकार नभएको बताएका हुन् । अध्यक्ष रेग्मीले प्रदेश लोक सेवा आयोगमाथि प्रश्न उठाउँदै खारेज गर्नुपर्नेसम्मका अभिव्यक्ति दिँदै आएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा उनले प्रदेश लोक सेवा आयोगहरू...
कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत
राजनीति, समाचार

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यो विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् । यी हुन मनोनीत भएका सदस्यहरू–ई. उज्ज्वल कोइराला, ताप्लेजुङ –ई. प्रेमचन्द्र राय, महोत्तरी –विजया श्रेष्ठ के.सी., ललितपुर –प्रा. मोहनजंग शाह, बाँके –डा. निरञ्जन कोइराला, कास्की –कुमार लामिछाने, वर्दिया –रमा के.सी., सुर्खेत –प्रेमलाल चौधरी, कैलाली –शेरबहादुर सार्की, बाजुरा –दिलिप कार्की, कञ्चनपुर...
इजरायलका हजारौं जनता टर्च बालेर सडकमा प्रदर्शन
राजनीति, विश्व, समाचार

इजरायलका हजारौं जनता टर्च बालेर सडकमा प्रदर्शन

नेपालअखबार,काठमाडौँ ।शनिबार बेलुका इसराइलको राजधानी तेल अविभस्थित हबिमा स्क्वायरमा हजारौं मानिसहरू भेला भएर प्रदर्शन गरे। रातको समयमा उपस्थित भएका हजारौं मानिसहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए। उनीहरूले सरकार विरोधी नाराबाजी पनि गरे। राजधानी तेल अविभमात्रै होइन, जेरूसलेम लगायत मुख्य मुख्य सहरहरूमा हजारौं मानिसहरू सडकमा उत्रिएका थिए। हात हातमा केही मानिसका तस्बिरहरू प्रदर्शन गर्दै उनीहरूले सरकार र प्रधानमन्त्री बेन्यामिन नेतन्याहूविरूद्ध नाराबाजी गरेका थिए। इसराइली पत्रिका टाइम्स अफ इसराइलका अनुसार प्रधानमन्त्री नेतन्याहूको आदेशमा गजामा गत हप्तादेखि ध्वंसात्मक आक्रमण भइरहेको विरोधमा इसराइली नागरिकहरू सडकमा निस्किएका हुन्। शनिबार मात्रै विभिन्न सहरमा गरी १ लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएको टाइम्स अफ इसराइलले जनाएको छ। सन् २०२३ को अक्टोबर ७ यता पटक-पटक इसराइलीह...
हवाई हमलामा हमासका वरिष्ठ अधिकारीको निधन
राजनीति, विश्व, समाचार

हवाई हमलामा हमासका वरिष्ठ अधिकारीको निधन

नेपालअखबार,रफाह । इजरायलले गरेको गाजाको खान युनुस सहरमा हवाई आक्रमणमा परेर हसासको वरिष्ठ नेताको निधन भएको छ । हमासका एक अधिकारीले आइतबार बिहान बीबीसीलाई यसको जानकारी गराएका हुन् ।मर्ने नेता समूहका राजनीतिक नेता सलाह अल–बर्दाविल भएको बताइएको छ । स्थानीयहरूले बताएअनुसार आक्रमणमा परेर बर्दाविल र उनको पत्नी दुवै जनाको निधन भएको बताइएको छ । यसबारे इजरायली अधिकारीहरूले तत्कालै कुनै प्रतिक्रिया दिएका छैनन् । जनवरी १९ मा भएको युद्धविराम सम्झौतालाई वेवास्ता गरेको आरोप लगाउँदै गएको मङ्गलवारदेखि इजरायलले गाजामा आक्रमण सुरु गरेको छ । योसँगै २ महिनायता केही शान्त रहेको गाजामा पुनः रक्तपात सुरु भएको छ । हमासले भने इजरायलको आरोप अस्वीकार गर्दै आएको छ । कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको सम्झौताको उल्लङ्घन गरिरहेको आरोप उसले बरु उल्टै इजरायलमाथि लगाएको छ । गएको २४ घण्टामा मात्रै गाजापट्टीक...
अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो  :  तालिबानको दाबी
राजनीति, विश्व, समाचार

अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो : तालिबानको दाबी

नेपालअखबार,काठमाडौं । अफगानिस्तानमा तालिबान अधिकारीहरूले अमेरिकाले तालिबानका तीन नेताहरू सिराजुद्दीन हक्कानी, अब्दुल अजीज हक्कानी, र याह्या हक्कानीमाथि घोषणा गरिएको इनाम हटाएको दाबी गरेका छन् । बीबीसीका अनुसार अहिलेसम्म अमेरिकाले यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। रोयटर्सका अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकाले सिराजुद्दीन हक्कानीमाथि घोषणा गरिएको १ करोड अमेरिकी डलरको इनाम हटाएको जानकारी दिएका छन् । यद्यपि, एफबीआईको वेबसाइटमा हालसम्म पनि अफगानिस्तानका कार्यवाहक गृह मन्त्री सिराजुद्दीन हक्कानीमाथि १० मिलियन (१ करोड) अमेरिकी डलरको इनाम उल्लेख छ। वेबसाइटमा हक्कानीले ‘अफगानिस्तानमा अमेरिका र गठबन्धन सेनाहरूविरुद्ध सीमा पार हमलाहरूमा संलग्नता जनाएका थिए’ भन्ने विवरण हटाइएको छैन । सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजीज हक्कानी र याह्या हक्कानी प...