Saturday, August 15

राजनीति

फेरि सिरियामा भड्कियो हिंसा
राजनीति, विश्व, समाचार

फेरि सिरियामा भड्कियो हिंसा

नेपालअखबार,  दमस्कस । सिरियामा राष्ट्रपति बसर अल–असदको सरकार ढलेपछि कयौं वर्षदेखि जारी हिंसा मत्थर भएको थियो । तर केही हप्ताको शान्तिपछि सिरिया पुनः एक पटक हिंसाको चपेटामा परेको छ । गएको तीन दिनदेखि सिरियाली सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच चलिरहेको द्वन्द्वमा एक हजारभन्दा बढी मानिसहरू मारिएका छन् । मारिनेहरूमा ७४५ जना सर्वसाधारण भएको र यिनीहरूलाई नजिकबाट गोली हानिएको सिरियाको अवस्थाको अनुगमन गर्ने एक संस्थाले भनेको छ । द्वन्द्वमा १२५ सुरक्षा बल र १४८ असद समर्थक लडाकु मारिएको संस्थाले बताएको छ । सिरियाली सरकारले हिंसाग्रस्त शहर लताकियामा पिउने पानी र बिजुलीको आपूर्ति काटेको छ । सिरियामा बिहीबारदेखि हिंसा सुरु भएको थियो, जुन चाँडै नै देशका धेरै भागहरूमा फैलियो । शुक्रबार, सुन्नी मुस्लिम सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले पूर्व राष्ट्रपति बसर अल–असदका समर्थक अलावि ...
ज्ञानेन्द्र शाहलाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

ज्ञानेन्द्र शाहलाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेको स्पष्ट पार्नुभएको छ। साथै उहाँले राजतन्त्र नफर्किनेसमेत दाबी गर्नुभयो। शुक्रबार जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वरमा बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताउनु भएको हो। पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको लागि विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्न उहाँले सुझाव दिनुभयो। अर्को प्रसँगमा अध्यक्ष नेपालले भूमाफियासँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाउनुभयो। आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक सङ्कटपर्ने उहाँको भनाइ छ। अध्यक्ष नेपालले दलसम्बन्धी कानुन ल्याएर दल फुटाउने षडयन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गर्नुभयो। रौतहटबाट पहिलो पटक अभियानका रूपमा सुरुवात गरिएको वृ...
स्रोत साधनमा महिलाको पहुँच बढाउन जरूरी छ : मन्त्री सुडी
राजनीति, विचार, समाचार, समाज

स्रोत साधनमा महिलाको पहुँच बढाउन जरूरी छ : मन्त्री सुडी

नेपालअखबार, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार हुन नसक्ने बताए। अधिकारप्राप्तिका आन्दोलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, प्रतिबद्धता, प्रगतिशील संविधान, महिला सशक्तीकरणका सघन कार्यक्रमको प्रतिफलस्वरूप नेपालले लैङ्गिक समानता कायम गर्न लैङ्गिक हिंसा न्यूनीकरण गर्न र महिलाको सहभागिता वृद्धि गर्नेतर्फ उल्लेखनीय प्रगति हासिल भएको उनको भनाइ छ । उनले भनेका छन्, “संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै...
निजीकरण अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
राजनीति, समाचार

निजीकरण अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय सभाले निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, स्वीकृत गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक बहुमतले स्वीकृत गरेको हो । यसअघि, उक्त विधेयकको अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकार गरिएको थियो । त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रश्ताव प्रश्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको छ । यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।...
प्रतिनिधिसभाबाट सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
राजनीति, समाचार

प्रतिनिधिसभाबाट सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाबाट सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत भएको छ । बुधबार बसेको बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश पेस भएकामा सदनले स्वीकृत गरेको हो। जसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र  सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ रहेका छन् । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको ह...
ट्रम्पले क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई भने गभर्नर
राजनीति, विश्व, समाचार

ट्रम्पले क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई भने गभर्नर

नेपालअखबार,वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अतिरिक्त भन्सार महसुलबारे फोनमा एकअर्कासँग कुराकानी गरेका छन् । आफ्नो सामाजिक प्लेटफर्म टुथ सोसलबाट एक पोस्टमा  जानकारी दिँदै ट्रम्पले ट्रुडोलाई क्यानडाको गभर्नर भनेका छन् । ‘मैले क्यानाडाका गभर्नर जस्टिन ट्रुडोलाई भनेको थिएँ कि कमजोर सीमा नीतिका कारण हामीले सामना गरिरहेका समस्याहरूमा उनले ठूलो मात्रामा योगदान पुर्याएका छन् । यी नीतिहरू धेरै मानिसहरूको मृत्युको लागि जिम्मेवार छन्’ पोष्टमा ट्रम्पले भनेका छन् । ‘जस्टिन ट्रुडोले मलाई अतिरिक्त भन्सार महसुलबारे के गर्न सकिएला भनेर सोध्न फोन गरेका थिए,’ अझ अगाडि उनले लेखेका छन् । ‘मैले उनलाई भनेको थिएँ कि क्यानडा र मेक्सिकोबाट सीमा पार गर्दै आएको फेन्टानिल (एक खालको लागू औषध) बाट धेरै मानिसहरूको मृत्यु भएको छ र अरु केहीबाट पनि यो आउन बन्द भइस...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने
राजनीति, समाचार

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने

काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।प्रतिनिधिसभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निर्णयार्थ प्र...
आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
राजनीति, समाचार

आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

नेपालअखबार,काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस् प्रस्ताव राखेका थिए । सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । त्यसअघि सांसद डा स्वर्णिम वाग्ले राखेको उक्त अध्यादेश अस्वीकृतको सूचना बहुमतले अस्वीकृत भएको छ । अध्यादेशका विरुद्ध विरोधको सूचना दिने क्रममा आएका जिज्ञासाको उत्तर दिँदै मन्त्री पौडेलले प्रक्रियागत ढंगले नै अध्यादेश आएको जिकिर गरे । अध्यादेश ल्याएर सरकारले संसदको अपमान नगरेको भन्दै उनले संसदलाई कुण्ठा व्यक्त गर्ने थलो भन्दा बिचार राख्ने थलो बनाउन आग्रह गरे । उनले सदन नचलेका बेला अध्यादेश ल्याउन पाउन सरकारको अधिकार भएको बताए । सदनमा अध्यादेश...
ट्रम्पले  क्यानडा,चीन र मेक्सिकोसँग सुरू गरे व्यापार युद्ध
अर्थ, राजनीति, विश्व, समाचार

ट्रम्पले क्यानडा,चीन र मेक्सिकोसँग सुरू गरे व्यापार युद्ध

नेपालअखबार,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका सबै उत्पादनमा मंगलबारदेखि लागू हुनेगरी भन्सार महसुल लगाएर व्यापार युद्ध सुरू गरेका छन्। ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्य रातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने भएका छन्। त्यस्तै, चीनको उत्पादनमा पनि मंगलबारदेखि नै लागू हुनेगरी १० प्रतिशत थप भन्सार महसुल लगाउने भएका छन्। चीन र क्यानडाले जबाफमा अमेरिकी उत्पादनमा पनि भन्सार लगाएका छन्। मेक्सिकोले पनि प्रतिकारमा त्यस्तै कदम चाल्ने अपेक्षा गरिएको छ। यसरी भन्सार संसारको सबैभन्दा सुन्दर शब्द भन्ने ट्रम्पले कार्यभार सम्हालेको ६ हप्ता नबित्दै चीन, क्यानडा र मेक्सिकोसँग व्यापार युद्ध सुरू गरेका छन्। ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार महसुल लगाएका थिए। बर्सेनि दसौं हजार अम...
सरकारी सम्पत्ति बेच्ने तयारीमा ट्रम्प, एफबीआई मुख्यालयसमेत ४४३ भवन खाली गरिँदै
राजनीति, विश्व, समाचार

सरकारी सम्पत्ति बेच्ने तयारीमा ट्रम्प, एफबीआई मुख्यालयसमेत ४४३ भवन खाली गरिँदै

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अब सरकारी सम्पत्ति बेच्ने तयारी गरेको छ । ट्रम्प प्रशासनले ४४३ वटा बढी सङ्घीय सम्पत्तिहरूको सूची जारी गरेको छ । यसमा एफबीआई मुख्यालयदेखि न्याय मन्त्रालयको मुख्य भवनसम्म कयौँ सरकारी भवन परेका छन् । यी भवनहरू सरकारी कामका लागि महत्त्वपूर्ण नभएको ट्रम्प प्रशासनको ठम्याई छ । सामान्य सेवा प्रशासनले जारी गरेको सूचीमा देशका हरेक राज्यका भवनहरू छन् । यसमा अदालतदेखि कार्यालय र पार्किङ ग्यारेजसम्म सम्पत्ति छन् ।  सूचीमा वासिङ्टन डीसीमा रहेका कयौँ सरकारी एजेन्सीहरूको मुख्यालय समावेश छ । यसमध्ये केही एफबीआईको मुख्यालय, जे. एडगर हूवर भवन, न्याय मन्त्रालयको रोबर्ट एफ. केनेडी भवन, पुरानो हुलाक कार्यालय भवन, अमेरिकी रेडक्रसको मुख्यालय, श्रम मन्त्रालय र आवास तथा शहरी विकास मन्त्रालयका भवनहरू पनि बेच्न लागिएको सम्पत्तिको सूचीमा छन् ...