नेकपा एकिकृत समाजवादीको प्रथम अधिवेसन माघ २६ र २७ गते पोखरामा हुने
नेपालअखबार,पोखरा । नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको प्रथम अधिवेसन माघ २६ र २७ गते पोखरामा हुने भएको छ । प्रदेश अधिवेसनको वारेमा जानकारी दिने उदेश्यले आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो पार्टिका केन्द्रिय सचिव समेत रहेका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ वरालले प्रदेश अधिवेसनको तयारी तिव्र पारिएको वताए । अधिवेसनको उद्धघाटन पोखरा सभागृहमा गरिने र अधिवेसनको उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्ने वताईयो ।
अधिवेसन सम्पन्न गर्न सो पार्टिका गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका केन्द्रिय सचिव श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । मुल आायेजक समितिका अलावा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको छ । उप समितिहरुमा अध्यक्ष एवं केन्द्रिय सचिव श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति, प...










