Monday, October 5

राजनीति

संघीय संसदका दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै, अपराह्न १:१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन्। यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ त...
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति, समाचार

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालअखबार, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसोका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
रवि लामिछानेले तेस्राे पटक बाेलाए सर्वदलीय बैठक
राजनीति, समाचार

रवि लामिछानेले तेस्राे पटक बाेलाए सर्वदलीय बैठक

नेपालअखबार, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तेस्राे पटक सर्वदलीय बैठक बाेलाएका छन्। भाेलि(भदाै ३१) काे बैठकमा शीर्ष नेताहरूलाई बाेलाइएकाे छ। यसअघि लामिछानेले गत भदाै १० र १६ गते सर्वदलीय बैठक बाेलाएका थिए। भदाै १० गते बाेलाइएकाे बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल भएकाे थियाे। भदौ १० गते सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । त्यस्तै अर्काे बैठक(भदाै १६) गते बाेलाइएकाे बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए। भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधा...
कांग्रेसको १५औँ महाधिवेशन : ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन
राजनीति, समाचार

कांग्रेसको १५औँ महाधिवेशन : ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन

नेपालअखबार,काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय निर्वाचन समितिले देशभर निर्वाचन प्रक्रिया तीव्र बनाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रिया सञ्चालन तथा समन्वयका लागि ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकिएको छ। जिल्ला निर्वाचन अधिकृतहरू सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गर्दै निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन्। निर्वाचन समितिले पार्ट...
ग्यास अभाव चाँडै हट्ने मन्त्री साहको दाबी : दैनिक १६० बुलेट ल्याउने प्रबन्ध भइसक्यो
राजनीति, समाचार

ग्यास अभाव चाँडै हट्ने मन्त्री साहको दाबी : दैनिक १६० बुलेट ल्याउने प्रबन्ध भइसक्यो

नेपालअखबार, काठमाडौं । बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव सम्बोधन गर्दै नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले आपूर्ति प्रणाली तत्कालै सहज बनाउने दाबी गरेका छन् । यसका लागि भारतबाट अबको २-३ दिन दैनिक १ सय ६० ग्यास बुलेट भित्र्याउने तयारी भइरहेको उनले जानकारी दिएका हुन् । मंगलबार दिउँसो पत्रकारहरूसँगको कुराकानीमा मन्त्री साहले ग्यास डिपोहरूमा रित्तो सिलिन्डर राखेर घण्टौं पालो पर्खनुपर्ने उपभोक्ताको सकसपूर्ण अवस्था अब छिट्टै अन्त्य हुने आश्वासन दिए । ‘आगामी केही दिनसम्म लगातार १ सय ६० बुलेटका दरले ग्यास ल्याउने सम्पूर्ण प्रबन्ध मिलाइसकिएको छ,’ मन्त्री साहले भने, ‘यो परिमाणको ग्यास बजार पुगेपछि उपभोक्ताको माग सहजै पूरा हुने हाम्रो विश्वास छ ।’ यसअघिकी विभागीय मन्त्री गौरीकुमारी यादवले ग्यास संकट समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेप्नुपरेको थियो, जसको दबाब स...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।...
अमेरिकी सर्वोच्च अदालतले स्वीकारेन ट्रम्पको हुलाकमार्फत हुने मतदानमाथिको प्रतिबन्ध
राजनीति, विश्व, समाचार

अमेरिकी सर्वोच्च अदालतले स्वीकारेन ट्रम्पको हुलाकमार्फत हुने मतदानमाथिको प्रतिबन्ध

नेपालअखबार,काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले हुलाकमार्फत हुने मतदानमा कडा नियम लागु गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई रोकिदिएको छ। आसन्न मध्यावधि चुनावअघि मतदान प्रक्रियालाई प्रभावित पार्ने ट्रम्प प्रशासनको प्रयासलाई अदालतको यो फैसलाले ठूलो धक्का दिएको छ। सोमबार, परम्परावादी सोचको बहुमत रहेको अदालतले अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तलवानीले जारी गरेको आदेश खारेज गर्न अस्वीकार गर्‍यो। तलवानीले ट्रम्पको उक्त नियमलाई रोक्न निषेधाज्ञा जारी गरेकी थिइन्। ट्रम्प प्रशासनले हुलाकमार्फत हुने मतदानमा व्यापक धाँधली हुने दाबी गर्दै चुनावको मुखैमा नयाँ नियम लागू गर्न खोजेको थियो। तर डेमोक्र्याट-नेतृत्वका राज्यहरू र मतदान अधिकार समूहहरूले भने यो योजनालाई असंवैधानिक र लोकतान्त्रिक प्रक्रियाका लागि गम्भीर खतरा भएको तर्क गर्दै आएका थिए। के थियो ट्रम्पको नियम? मार्च महिनामा ट्रम्पले ए...
साउदी अरबले यमनमा २४ घण्टाभित्र ५४ हवाई आक्रमण गरेको हुथीको दाबी
राजनीति, विश्व, समाचार

साउदी अरबले यमनमा २४ घण्टाभित्र ५४ हवाई आक्रमण गरेको हुथीको दाबी

नेपालअखबार,काठमाडौं । हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी विद्रोहीहरू रेड सीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको समयमा सोमबार उनीहरूको यो दाबी बाहिर आएको बीबीसीले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘साउदी वायुसेनाले एफ-१५ र टाइफुन लडाकु विमानहरूमार्फत यमनका क्षेत्रहरूलाई निशाना बनाएको छ।’ उनका अनुसार, यी हवाई आक्रमणहरूमा ताइज, लहज, जौफ, मारिब र होदेइदाका क्षेत्रहरू समावेश छन्। बीबीसी पर्सियनका अनुसार, हुथीहरूले सोमबार साउदी अरबका सैन्य अखडाहरूमा आफूहरूले पनि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। हुथीहरूका अनुसार, पछिल्ला दिनहरूमा उनीहरूले रेड सीको तट र बाब अल-मन्डेब जलमार्गमाथि आफ्नो नियन्त्रण कायम गरेका छन्। अमेरिका-इरान युद्धका कारण ...
देउवा पक्षले खटायो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि
राजनीति, समाचार

देउवा पक्षले खटायो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनलगायत गर्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन तयारी समिति बनाएर समानान्तर गतिविधि गरेका छन्। पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको समितिले समानान्तर महाधिवेशन गर्न कार्यतालिका जारी गरिसकेको छ। जसअनुसार असोज १५ गते वडा अधिवेशनको कार्यतालिका छ। केन्द्रीय प्रतिनिधिहरू जिल्ला पुगेर विभिन्न समितिहरू गठन गर्न भूमिका खेल्नेछन् र अधिवेशन कार्यहरू प्रारम्भ गरिने बताइएको छ। तेह्रथुममा केन्द्रीय प्रतिनिधि बनाइएकी पूर्वमन्त्री सीता गुरूङले भने अहसमति जनाएकी छन्। उनले कांग्रेस चुनाव चिह्न र चार तारे झण्डा जता छ आफू त्यहीँ रहने उल्लेख गरेकी छन्। देउवा पक्षले गर्न लागेको अधिवेशनमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का भन...
यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ
राजनीति, समाचार

यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ

नेपालअखबार, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने धारणा राखेका हुन् । हजारौँ वा पाँच हजार वर्षमा एकपटक आउने असाधारण प्रलयलाई आधार बनाएर लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने उनले स्पष्ट पारे। यस्ता घटनालाई आधार मानेर जलविद्युत् आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै लगेमा आयोजनाहरू आर्थिक रूपमा असम्भव हुने उनको भनाइ छ। यद्यपि आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिए। सामान्य क्लाउडबर्स्ट, ठुलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित जोखि...