Thursday, July 16

राजनीति

सरकारमा सहभागी हुन कुनै औपचारिक रुपमा प्रस्ताव नआएको – डा. तुलाधर
राजनीति, समाचार

सरकारमा सहभागी हुन कुनै औपचारिक रुपमा प्रस्ताव नआएको – डा. तुलाधर

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन औपचारिक रुपमा प्रस्ताव नआएको बताउनु भएको छ  । बसीरहेको  स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव गंगालाल तुलाधरले सरकारमा सहभागी कुनै पनि पार्टीले सरकारमा सहभागी हुनको लागि औपचारिक रुपमा प्रस्ताव नआएको बताउनु भएको हो । उहाँले नाटकीय रुपमा यो गठबन्धन भएको टिप्पणी गर्दै आफ्नो पार्टी सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा छलफल जारी रहेको भन्दै उहाँले अहिलेसम्म कुनै पनि निर्णय नभएको पनि बताउनु भयो  । नेकपा एमालेसँग पार्टी एकीकरणको विषयमा कुनै सत्यता नभएको भन्दै डा. तुलाधरले एमालेका केही नेताहरूले पार्टी एकता गर्ने कुरा चलाएको भए पनि आफ्नो पार्टीमा भने कुनै छलफल नभएको समेत बताउनु भयो  ।...
पोखरा अन्तर्राष्ट्यि विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री  प्रचण्ड
राजनीति, समाचार

पोखरा अन्तर्राष्ट्यि विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, पाेखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गर्नुभएको छ। आइतबार दिउँसो उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल सरकारका मुख्यसचिव दामोदर वैरागीसहित पोखरा पुग्नुभएका प्रधानमन्त्रीले सो विमानस्थल समुद्घाटन गर्नुभएको हो। समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थल निर्माण गर्ने पोखरेली जनताको जागरण र संकल्प्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ’पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।’ ’आजको जमाना कनेक्टिभिटिको जमाना हो। त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो। यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिक...
प्रधानमन्त्री प्रचण्डको समृद्धि लागि सामूहिक कार्य गर्न आह्वान
राजनीति, विचार, समाचार

प्रधानमन्त्री प्रचण्डको समृद्धि लागि सामूहिक कार्य गर्न आह्वान

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्पको आह्वान गरेका छन् । इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिंदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् ।ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।...
राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा मुलुक अघि बढ्यो: ओली
राजनीति, विचार, समाचार

राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा मुलुक अघि बढ्यो: ओली

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने बताएका छन्। नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज शुभकामना दिँदै उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका छन्। ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चाहन्छ,’ उनले भनेका छन्। एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको उनले बताए। ‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको...
पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन माधव नेपालको प्रस्ताव
राजनीति, समाचार

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन माधव नेपालको प्रस्ताव

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आइतबार पनि बस्ने भएको छ। शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आज पनि बैठक चल्ने भएको हो। शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए। बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ। गत मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सकेको थिए। एकीकृत समाजवादीका केही नेताहरू अब नेकपा एमालेमै फर्किनुपर्ने बताउँदै एमालेका नेताहरूसँग संवादमा समेत रहने गरेका छन्। बैठकको सुरूमा अध्यक्ष नेपालले पछिल्लो पट...
हरि चुमानलाई गण्डकी संसदीय दलको नेता बनाउने माओवादीको निर्णय
राजनीति, समाचार

हरि चुमानलाई गण्डकी संसदीय दलको नेता बनाउने माओवादीको निर्णय

नेपालअखबार, पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमानलाई बनाउने निर्णय गरेको छ । शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो । ‘पार्टीले मात्र निर्णय गरेको हो, यद्यपि दलको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी छ,’ प्रदेश कमिटी इन्चार्ज हितराज पाण्डेले भने, ‘आजै संसदीय दलको बैठक छ, त्यहाँ चुमानलाई सर्वसम्मत गराउन प्रस्ताव जाने हो ।’ चुमान यसअघि पनि संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । अघिल्लो निर्वाचनमा गण्डकीमा १२ सिट जितेको माओवादीले अहिले जम्मा ८ सिट जितेको छ । तर, सरकार बनाउन माओवादी गण्डकीमा पनि निर्णायक शक्ति हो ।...
देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोण
राजनीति, विचार, हाइलाइट-समाचार

देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोण

क.झलनाथ खनाल नब वर्ष २०२३ को उपलक्ष्यमा सबैलाई  हार्दिक शुभकामना । १. ०७९ संघ र प्रदेशको निर्वाचन र त्यसको परिणाम- - त्रिशंकू संसद्को स्थापना भएको छ, संघ र प्रदेश सबै ठाउँमा त्यस्तै छ । - कुनै पनि पार्टीलाई बहुमत छैन । -देश कुनैपनि दिशामा जान सक्छ ,अनिश्चितताको अवस्था छ । - यसले  Horse trading   को खतरालाई बढाएको छ । -एकपछि अर्को नाटकीय परिवर्तनलाई ढोका खोलिदिएको छ । -यसले अस्थिरतालाई बढावा दिन्छ, विदेशी शक्तिहरूलाई खेल्ने ठाउँ दिन्छ र मुलुकलाई कमजोर बनाउन सक्छ । -आउने ५ वर्षमा कतिवटा सरकार बन्लान् अहिले नै भन्न सकिने स्थिति छैन । २. त्रिशंकू संसद्मा आएका शक्तिहरू- १२ वटा राजनीतिक पार्टीहरू संसदमा आएका छन । १. पुनरुत्थानवादी शक्ति त्यसमध्ये पुनरुत्थानवादी शक्तिहरू पुनर्जीवित भएर आएका छन र उनीहरूले शक्ति विस्तार गरेका छन । २. बुर्जुवा उदारवादी शक्तिहरु- १. २०७४ ...
बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी हुर्दा के नेपालका प्रधानमन्त्रीले आफ्नै गृहमन्त्रीकाे नागरिकता छानबिन गर्न सक्ला  ?
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी हुर्दा के नेपालका प्रधानमन्त्रीले आफ्नै गृहमन्त्रीकाे नागरिकता छानबिन गर्न सक्ला ?

नेपालअखबार, काठमाडौं ।  आज विश्वभर राजनितिक समाचारकाे  रूपमा   बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारीकाे चर्चाकाे रहेकाे छ । राजनिति र पहुँचकाे भन्दा माथि कानुन काेहि हुन सक्दैन । तर पनि हाम्राे देशमा राजिनितकाे  आडमा कानुन भन्दा माथि नेता भएकाछन् भन्दा फरक नपर्ला ?  निति नियमकाे कुरा गर्नेले नै नितिकाे खिल्लि उडाउछ भन्ने यथार्थ वर्तमान राजनितिले पुष्टि  गर्दै छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आफ्नै  उपप्रधान तथा गृहमन्त्रीकाे रवि लामिछानेको नागरिकता र राहदानी विवादित छानबिन गर्न सक्ला ?  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादित रहेकाले सांसदको सपथ लिन रोकिपाउँ भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतले पुस २२ गते सुनुवाइ गर्ने भएको छ। गत बुधबार संवैधानिक इजलासले कारण देखाउ आदेश मात्र दिएको थियो। ...
अर्को पार्टीमा विलय हुने रुची छैन : उपमहासचिव खतिवडा
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

अर्को पार्टीमा विलय हुने रुची छैन : उपमहासचिव खतिवडा

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा जाने कि नजाने विषयको छलफल पार्टीको पोलिटब्यूरो बैठकसम्म जानसक्ने बताएका छन् । पार्टी कार्यालय, आलोकनगरमा शनिबार बसेको पार्टी स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै उपमहासचिवसमेत रहेका खतिवडाले स्थायी कमिटी सदस्यहरुले आफ्नो विचारबारे राखिरहेको बताए । भोलिसम्म बैठक चल्न सक्ने भन्दै उनले भने, ‘सरकार गठन गर्दा पुरानो गठबन्धन क-कसका कारण तोडियो र नयाँ सरकारबारे हाम्रो धारणा के हुनुपर्छ भनेर धारणा आइरहेको छ । सरकारमा जाने वा नजाने विषयमा पोलिटब्यूरोमा पुगेर टुंगो गर्ने स्थिति पनि हुनसक्छ ।’ एमालेको एकताबारे सोधिएको प्रश्नमा खतिवडाले कुनै पनि एकता गर्ने प्रस्ताव नगरेको र त्यसमा आफूहरुको रुची नभएको बताए । यो वा त्यो पार्टीसँग एकता गर्न लागेको भन्ने हल्ला मात्र भएको उनले बताए । ‘औपचारिक वा अनौपचार...
पुस १६ : राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
राजनीति, समाचार

पुस १६ : राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

नेपालअखबार, काठमाडाैं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए। भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्किएका हुन्। देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्कि...