Thursday, July 30

विचार

सम्झौता कार्यान्वयनको पर्खाइमा छन् चिनियाँ : प्रा डा झा
विचार, विदेश, समाचार

सम्झौता कार्यान्वयनको पर्खाइमा छन् चिनियाँ : प्रा डा झा

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताएका छन् । “प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्त प्रेस वक्तव्यमा आएका साझा प्रतिबद्धता नेपालको हित र विकासका पक्षमा छन्, राम्रा छन् । तर विगतमा भएका यस्तै सम्झौताको पनि कार्यान्वयन हुन नसकिरहेकाले चीन यी सम्झौताको कार्यान्वयनको पर्खाइमा रहेको छ”, प्रा डा झाको टिप्पणी छ । यो भ्रमणका क्रममा भएको ‘क्रस बोर्डर रेलवे’ सम्झौता नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले भने, “नेपाल चीन क्रस बोर्डर रेलवे निर्माण हुन सक्यो भने बेइजिङको समृद्धि काठमाडौँ पुग्न समय लाग्दैन । यहाँका पर्यटक हुन या सामान, चीनको जुनसुकै स्थानबाट पनि पाँचदे...
समाजवादी जागरण अभियान ,जनता र पार्टीलाई जोड्ने अभियान  अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

समाजवादी जागरण अभियान ,जनता र पार्टीलाई जोड्ने अभियान अध्यक्ष नेपाल

नेपालअखबार, झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची–महाकाली समाजवादी जागरण अभियान जनतासँग आफ्नो पार्टीसँग जोड्ने अभियान समेत भएको बताउनु भएको छ । झापाको काँकडभिट्टामा एकीकृत समाजवादीद्वारा आयोजित मेची–महाकाली जागरण अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताउनु भयो । अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताउनु भयो ।अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै  देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जन...
माधव नेपालले कोरेको गोरेटो
राजनीति, विचार, साहित्य \कला, हाइलाइट-समाचार

माधव नेपालले कोरेको गोरेटो

बाल्यकालदेखि हालसम्म हेर्दा माधव नेपाल क्रान्तिकारी देखिन्छन्। अन्याय, अत्याचार, निरंकुश, स्वेच्छाचारीलगायत सबै प्रवृत्तिका विरुद्धमा बुलन्द आवाज उठाइरहेका छन्। नयाँ गोरेटो कोर्ने काम जोसुकैले गर्न कठिन हुन्छ। जिन्दगीको सेवानिवृत्त जीवनमा ऐस आराम गरी बस्ने बेलामा आफैंले निर्माण गरेको पार्टीबाट विद्रोह गरेर कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्छौं भनेर माधव नेपाल लागिपरेका छन्। उनले समाजवादको यात्रा तय गरी देशलाई समृद्ध बनाउँदै विकासको यात्रामा अगाडि बढाउँछौं भनेर दृढ इच्छा शक्ति व्यक्त गरेका छन्। यसरी दरिलो मुठी उठाएर नयाँ यात्रामा नेपाल नेतृत्व गरी हजारौं योद्धालाई लामबद्ध गराई नयाँ यात्रामा निस्किसकेका छन्। पक्कै पनि नयाँ गोरेटो बनाउने काम कठिन छ तर त्यसका बाबजुद पनि माधवले नयाँ गोरेटो नबनाई सुखै छैन। १५ वर्ष जति माधवले आफ्नै नेतृत्वमा तत्कालीन नेकपा एमालेको गोरेटो बनाए। त्यसबेला पार्टीलाई...
मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन्। समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने बताए। समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रूपमा रहने बताउँदै उनले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए। अध्यक्ष नेपालले मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रूपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे। वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, द...
देश बनाउने सोच र संकल्प अभाव रहेकाले त्यो संकल्प गर्न सक्नुपर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

देश बनाउने सोच र संकल्प अभाव रहेकाले त्यो संकल्प गर्न सक्नुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देश हाँक्ने संकल्पको अभाव भएको बताएका छन् ।  शुक्रबार पार्टी निकट पार्टी निकट उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले देश बनाउने भन्दा पनि सत्तामा पुग्ने भावना तलदेखिमाथि सम्म नै व्यक्त भएकाले देशको अवस्था विग्रदै गएको बताएका हुन् । ‘देश हाँक्ने र बनाउने संकल्पको अभाव छ । देश बनाउने भावना जति मात्रमा हुनुपर्ने थियो त्यसको अभाव छ’, उनले भने, ‘कसैगरी सत्तामा पुगौं र आफ्नो लाभमा प्रयोग गरौ भन्ने छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यसको असर केन्द्रमा मात्रै होइन नभएर प्रदेश र स्थानीय तहमा समेत परेको बताए । ‘त्यसैले राजनीतिक नेता र पार्टीले हामीमा भएका कमीकमजोरीलाई मनन गर्नुपर्छ’, उनले आफैसँग प्रश्न गर्नुपर्ने भन्दै भने, ‘ती कमीकमजोरीप्रति हा...
आखिर किन मुस्लिम समुदायलाई राजनीतिक दलले उपयोग मात्रै गरे:अध्यक्ष मियाँ
राजनीति, विचार, समाचार

आखिर किन मुस्लिम समुदायलाई राजनीतिक दलले उपयोग मात्रै गरे:अध्यक्ष मियाँ

नेपालअखबार,काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाँले राजनीतिक अभियानमा मुस्लिम समुदायलाई उपयोग मात्र गरिएको तर अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् । अध्यक्ष मियाँले “फेरि मुस्लिम समुदाय अधिकारका लागि उठ्नु पर्ने अवस्था आएको छ”,  । नेपाली मुस्लिम समुदाय धार्मिक सहिष्णुता ,सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्वाधीन देश नेपालको अभियानमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि पुनः उठ्नु पर्ने बताए । हिजो जुनसुकै आन्दोलनमा यो समुदायले आफ्नो ज्यानको आहुती समेत दिन पछि नपरेको उल्लेख गर्दै उहाँले देशप्रति दायित्व पूरा गर्न कुर्बानीसमेत दिएको ज्वलन्त प्रमाण ताजै रहेको स्पष्ट गरेका छन् । अध्यक्ष मियाँले मुस्लिम समुदायको सम्मानसहित जिउन र संवैधानिक अधिकारको व्यवहारमा प्रयोग सुनिश्चित गर्न एकचोटि आफ्नो लागि उठ्नु पर्ने अवस्था आएको बताएका छन्  । ...
संविधान जारी भएपछि  मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार : माधव नेपाल
राजनीति, विचार, समाचार

संविधान जारी भएपछि  मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नयाँ संविधान जारी भएपछि  मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अहिले पनि अनेक खाले शक्तिहरू दृश्य वा अदृश्य रूपमा संविधान विरुद्ध लागिरहेको ले सतर्क रहनुपर्ने बताए । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो, उनले सन्देशमा भनेका छन् । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको नेपालले बताए । जनताक...
एमालेका सप्तरी सम्भुनाथ नगरपालिका पूर्वमेयर साह सहित ११३२ जना भन्दा बढी नेकपा एसमा प्रवेश
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

एमालेका सप्तरी सम्भुनाथ नगरपालिका पूर्वमेयर साह सहित ११३२ जना भन्दा बढी नेकपा एसमा प्रवेश

नेपालअखबार, सप्तरी । नेकपा एकीकृत समाजवादीले पार्टी सप्तरी सम्भुनाथ नगरपालिकामा पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेलामा  प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम्  पार्टी अध्यक्ष माधव कुमार नेपालले  एमालेका पूर्व मेयर राजकुमार साह सहिति विभिन्न पार्टीबाट  ११३२ जनालाई पार्टी प्रवेश गरेका छन् ।   अध्यक्ष नेपालले नयाँ सदस्यलाई नेकपा एसमा स्वागत गर्दै  नेपाली राजनीतिमा वर्तमान आवश्यकता भनेकाे नै समाजवाद हाे । याे समाजवादकाे यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आवहान गरेका छन् । एमाले पार्टी अब कम्युिनष्ट विचारकहरूकाे पार्टी हाेइन ? त्यहाँ  विचार, नीति प्रधान छैन । यसकारण इमान्दार कार्यकताहरू एमाले छाड्दै  नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेकाे बताएका छ। एमाले अब सुधरीने अवस्थामा छैन । पुरानाे घर भनेर माया गरेर के गर्ने घरमा नै आगाे लागि सकेकाे छ यसकारण तपाइ सबैले आहवान गर्छे अब क...
एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : वामदेव गौतम
राजनीति, विचार, समाचार

एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : वामदेव गौतम

नेपालअखबार, काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले आफू नेकपा एमाले र एकीकृत समाजवादी पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन् । नेता गौतमले जनयुद्धकालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घर घरमा पुगेर माफी नमागेसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे । राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको गौतमको  जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेर हद नहटाएको दाबी पनि गरे । उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नै पर्ने गौतमको भनाइ छ ।  ‘हामी नेपालका सबै कम्युनिस्टहरू एकता गर्...
सबैभन्दा पारदर्शी नेता नै माधव नेपाल हो: सुदेश पराजुली
राजनीति, विचार, समाचार

सबैभन्दा पारदर्शी नेता नै माधव नेपाल हो: सुदेश पराजुली

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका युवा नेता सुदेश पराजुलीले जीवित शीर्ष नेता मध्य सबैभन्दा पारदर्शी नेता माधवकुमार नेपाल भएको दाबी गर्नुभएको छ। बुधबार उज्यालो नेटवर्कसँगको अन्तरवार्तामा नेता पराजुलीले जीवित नेतामध्ये सबैभन्दा पारदर्शीे नेता अध्यक्ष नेपाल भएको दाबी गर्नुभएको हो। अनेरास्ववियूका निवर्तमान अध्यक्षसमेत रहेका नेता पराजुलीले लतिला निवास प्रकरणमा अध्यक्ष नेपालको कुनै दोष नभएको समेत ठोकुवा गर्नुभयो। नेता पराजुलीले भन्नुभयो, ‘सरकारको नेतृत्वमा पुगेर वा प्रधानमन्त्री बन्दा कुनै पनि त्यस्ता गलत कार्य गर्नुभएन भन्ने हामीलाई लाग्छ। तर, ललिता निवास प्रकरणमा उहाँको नाम आएको छ। हामीले भनेकै छौं कि उहाँमाथि छानविन गरियोस्। हामीलाई विश्वास छ, जीवित शीर्ष नेता मध्य सबैभन्दा प्रष्ट र पारदर्शी नेता नै माधव नेपाल हो।’ उहाँले अगाडि भन्नुभयो, ‘कुनै पनि व्यक्ति र मु...