Saturday, May 2

विदेश

जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला, कम्तीमा २६ जनाको मृत्यु
विदेश, समाचार, समाज

जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला, कम्तीमा २६ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको हो। मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमहरूले जनाएका छन्। गोली चलेको आवाज सुनेपछि सुरक्षाकर्मीहरू पहलगम पुगेका थिए। मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ। यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो। घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्ने भएकाले उद्धार काम कठिन भएको अधिकारीहरूले बताएका छन्। घटनामा घाइते भएका कम्तीमा १२ जना अस्पतालमा भर्ना भएको र उनीहरूको अवस्था सामान्य रहेको स्थानीय डाक्टरले बताएका छ...
ज्ञानेन्द्र शाह तीनकुने घटनाका मास्टरमाइन्ड हुन् , नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
राजनीति, विदेश, समाचार

ज्ञानेन्द्र शाह तीनकुने घटनाका मास्टरमाइन्ड हुन् , नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल

नेपालअखबार,पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई कारबाही हुने बताएका छन् । नेकपा एमालेले कास्कीमा शनिबार गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताएका हुन् । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने । अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हु...
अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना
दुर्घटना, विदेश, समाचार

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना

नेपालअखबार,काठमाडौं । अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन बालबालिका र तीन जना वयस्कको ज्यान गएको छ। उनीहरूको शव निकालिएको छ। हाम्रो समवेदना पीडित परिवारप्रति छ।’ घटनास्थलमै चार जनाको मृत्यु पुष्टि भएको र दुई जनालाई अस्पताल लगिएपछि मृत्यु प्रहरीले जनाएको छ । न्युयोर्क प्रहरीले सामाजिक सञ्जाल एक्समा दुर्घटनाबारे जानकारी दिँदै लेखेको छ, ‘वेस्ट साइड हाईवे र स्प्रिङ स्ट्रिट आसपासको क्षेत्रमा हेलिकोप्टर दुर्घटनाका कारण आपतकालीन सवारीसाधन र ट्राफिकमा ढिल...
भाजपा नेताकी छोरीमाथि ओछ्यानमै एसिड प्रहार
विदेश, समाचार, समाज

भाजपा नेताकी छोरीमाथि ओछ्यानमै एसिड प्रहार

नेपालअखबार,बेगुसराय । शनिबार राति अपहरणकारीले सुतिरहेकी एक युवतीमाथि एसिड प्रहार गरी घाइते बनाएका छन् ।यो खबर भारतको बिहारस्थित बेगुसराय बखरी नगरपालिका वडा नम्बर २३ को हो । एसिडले घाइते २४ वर्षीया युवती बखरीनगर भाजपाका पूर्वमण्डल अध्यक्षकी छोरी भएको समाचारमा जनाइएको छ । युवतीका बुबाका अनुसार बालिका आफ्नो कोठामा एक्लै सुतिरहेकी थिइन् । झ्यालको छेउमा ओछ्यान थियो । राति करिब २ बजे अज्ञात व्यक्तिले खुला झ्यालबाट युवतीमाथि एसिड प्रहार गरेका थिए । युवती चिच्याएको सुनेर घरका मानिसहरू उठेर हेर्दा त्यतिन्जेलसम्म उनीहरू भागिसकेका थिए । घाइते अवस्थामा युवतीलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ । अस्पतालका चिकित्सकका अनुसार उनको अनुहार, दुवै हात, आँखा र घाँटीमा ठुलो असर परेको छ । तर उनी खतरामुक्त रहेको डाक्टरहरूले बताइएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ बखर...
राष्ट्रपति युनलाई अदालतले पदमुक्त गरेपछि दक्षिण कोरियामा आपतकाल
राजनीति, विदेश, समाचार

राष्ट्रपति युनलाई अदालतले पदमुक्त गरेपछि दक्षिण कोरियामा आपतकाल

नेपालअखबार, काठमाडौं ।दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सू ले आपतकाल घोषणा गरेका छन्। शुक्रबार संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलविरूद्धको महाभियोग सदर गरेपछि कार्यवाहक राष्ट्रपति हानले सुरक्षा आपतकाल आदेश जारी गरेको बिबिसीले जनाएको छ। राष्ट्रपति यनविरूद्धको महाभियोगबारे संवैधानिक अदालतले शुक्रबार सुनुवाइ गर्ने भएपछि युनका पक्ष र विपक्षीहरू अदालत परिसरमा जम्मा भएका थिए। संवैधानिक अदालतका आठै जना न्यायाधीशहरूले युन विरूद्धको महाभियोग सदर गरेको  फैसला सार्वजनिक भएपछि परिस्थिति केही असामान्य बनेको थियो। युनका समर्थकहरूले अदालतको आदेश स्वीकार्य नभएको भन्दै प्रदर्शन गरेका थिए। त्यहीँ अदालतको आदेश लोकतन्त्रको पक्षमा आएको भन्दै  युनका विरोधीहरूले खुशियाली मनाएका थिए। परिस्थिति असामान्य बन्न नदिन र नागरिकको सुरक्षाका लागि लागि कार्यवाहक राष्ट्रपतिले हानले  आपतकाल घोष...
ग्यास सिलिण्डर पड्किएर भारतमा ७ जनाको मृत्यु
विदेश, समाचार, समाज

ग्यास सिलिण्डर पड्किएर भारतमा ७ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।भारतमा ग्यास सिलिण्डर पड्किएर सात जनाको मृत्यु भएको छ। भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा एउटा घरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। सुन्दरवनका एसपी कोटेश्वर रावले चार बालबालिका र दुई महिलाको घटनास्थलमै मृत्यु भएको बिबिसीलाई बताएका छन्। अर्का एक महिला गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल भर्ना गराइएको र घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।...
५० वर्षको उमेरमा महिलाले जन्माइन् १४ औँ सन्तान
विदेश, समाचार, समाज

५० वर्षको उमेरमा महिलाले जन्माइन् १४ औँ सन्तान

नेपालअखबार,नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको हापुडमा एक महिलाले ५० वर्षको उमेरमा १४ औँ सन्तानलाई जन्म दिएकी छन् ।हापुडको पिलखुवा थाना क्षेत्र अन्तर्गत बजरंगपुरीमा बस्दै आएका इमामुद्दीनकी पत्नी गुडियाले बिहीबार १४ औँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् । प्रसव वेदनापछि उनलाई स्थानीय सरकारी अस्पताल लगिएको थियो । उनको अवस्था गम्भीर रहेको भन्दै त्यहाँबाट जिल्लास्थित सरकारी अस्पतालमा पठाइएको थियो । एम्बुलेन्सबाट अस्पताल लैजाँदै गर्दा उनले छोरीलाई जन्म दिएकी हुन् । शुक्रबार अस्पतालबाट उनलाई घर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।गुडियाको पहिलो सन्तान २२ वर्षका छन् । उनका १४ सन्तानमध्ये तीन वटाको मृत्यु भइसकेको बताइएको छ ।...
अमेरिकामा घरमाथि खस्यो जहाज
दुर्घटना, विदेश, समाचार

अमेरिकामा घरमाथि खस्यो जहाज

नेपालअखबार, काठमाडौँ । अमेरिकामा घरमाथि एउटा जहाज खसेको छ। शनिबार दिउँसो लोवाबाट मिनिसोटा जाँदै गरेको सानो जहाज मिनिपोयपोलिसको ब्रुकलिन पार्क नगरस्थित एउटा घरमा खसेको हो। ब्रुकलिन पार्ककी प्रवक्ता रिसीकट एडसोगुनाले जहाज खसे लगत्तै आगलागी भएर नष्ट भएको बताएकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार SOCATA TBM7 एकल इन्जिन जहाज घरमा खसेको तर उक्त घरमा कोही मानिसहरू नभएको जनाएको छ। ब्रुकलिन पार्ककी प्रवक्ताले पनि घरमा कोही मान्छे नभएको बेलामा जहाज खसेको बताएकी छन्। यद्यपि मानवीय क्षति कति भएको भन्ने यकिन विविरण आइसकेको छैन। अमेरिकाको  संघीय उड्डयन कार्यालयले जहाजमा कति यात्रु थिए भन्ने नखुेलेको जनाएको छ। यद्यपि जहाजका पाइलटको भने मृत्यु भएको बताइएको छ। त्यसकारण दुर्घटनामा कम्तिमा एक जनाको मृत्यु भएको भनिएको एपीले लेखेको छ। दुर्घटनाबारे उड्डयन कार्याल...
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
विदेश, समाचार, समाज

म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

नेपालअखबार, काठमाडौं ।म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघेको छ। शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ६४४ पुगेको बिबिसीले जनाएको छ। ३ हजार ४०८ जना गम्भीर घाइते भएका छन्। धेरै मानिसहरू बेपत्ता भएका छन्। भूकम्पले भत्काएका घरहरूले मानिसहरू पुरिएको बताइएको छ। उनीहरुलाई भग्नावशेषबाट उद्धार प्रयास भइरहेको बताइएको छ।  यद्यपि उद्धारका लागि आवश्यक उपकरण अभावका कारण धेरै मानिसहरूको उद्धार कुर्दाकुर्दै मृत्यु भएको बिबिसीले जनाएको छ। मानिसहरू हातैले भग्नावशेष पन्छाएर पुरिएकाहरूको उद्धार गर्न बाध्य भएका छन्। त्यसरी पनि केही मानिसहरूलाई जिवितै निकालिएको थियो। मन्डालेका एक स्थानीयले नागरिकहरू नै उद्धारमा जुटेको बताएका छन्। 'सरकारी उद्धार टोली समयमा आउँदैनन्। उनीहरुबीच समन्वय पनि छैन।...
दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो : मृत्यु हुनेको संख्या २६ पुग्यो
विदेश, समाचार, समाज

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो : मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपालअखबार,सिओल । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी दिएका छन् । बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् । डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ । डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा बनेको छ । उइसोङ सहरमा आगलागीका कारण सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । यो सो प्रान्तको सबैभन्दा ठुलो मन्दिरमध्ये एक थियो । यो डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो । हालसम्म यो थप ६ वटा काउन्टीमा फैलिसकेको छ । ती...