Saturday, May 23

विदेश

मोदीको ग्यारेन्टीको काउन्टरमा आम आदमीले अघि सार्‍यो केजरीवाल ग्यारेन्टी
राजनीति, विदेश, समाचार

मोदीको ग्यारेन्टीको काउन्टरमा आम आदमीले अघि सार्‍यो केजरीवाल ग्यारेन्टी

नेपालअखबार, काठमाडौं । आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लोकसभा निर्वाचनका लागि १० ग्यारेन्टी अघि सारेका छन् । जेलबाट निस्किएसँगै चुनावी अभियानमा आक्रामक बनेका केजरीवालले प्रतिपक्षी गठबन्धन सत्तामा आएको अवस्थामा १० ग्यारेन्टी पूरा गर्ने प्रतिवद्धता जनाएका इन्डियन एक्सप्रेसमा समाचार छ । आम आदमीले लोकसभाको २२ सिटमा प्रतिस्पर्धा गरेको छ । तीमध्ये दिल्लीका ४, पञ्जाबका १३ र हरियाणाको एक चुनाव क्षेत्रमा मतदान हुनै बाँकी छ । यी निर्वाचन क्षेत्रलाई केन्द्रित गर्दै अभियान सार्वजनिक गर्ने क्रममा केजरीवालले मोदीको ग्यारेन्टीलाई काउन्टर दिएका हुन् । दिल्लीमा आइतबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै केजरीवालले भनेका छन्, ‘भाजपाले आफ्ना प्रतिवद्धता पूरा गर्न सकेको छैन । मैले अघि सारेका एजेण्डा पूरा भएको दृष्टान्त तपाईहरुसमक्ष नै छ । अब मतदातासँग केजरीवाल र मोदीको ...
करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस
प्रशासन, विदेश, समाचार

करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस

नेपालअखबार, काठमाडौँ । अभिनेत्री करीना कपूर खान द्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’मा उल्लेखित ‘बाइबिल’शब्दलाई लिएर अदालतले कारण माग गरेको छ । अभिनेत्री करीना कपूर खान ती अभिनेत्रीमा पर्छिन्, जसले आफ्नो गर्भावस्थालाई कहिल्यै गोप्य राखिनन् र उनले खुलेरै गर्भावस्थाका बारेमा सबै जानकारी फ्यानमाझ बाँडिन् । यहाँसम्म कि उनले यो अनुभवलाई एक पुस्तकमा नै समेटिन् । उनले सन् २०२१ मा प्रेग्नेन्सी पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ सार्वजनिक गरेकी थिइन् । यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । तीन वर्षपछि यही पुस्तक कानूनी विवादमा परेको छ । पुस्तकले अदालतबाट लिगल नोटिस पाएको छ । मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासमा करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गरा...
अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ७० जनाको मृत्यु
विदेश, समाचार, समाज

अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ७० जनाको मृत्यु

नेपालअखबार, काबुल । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रवार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताएका हुन् । विदेशी सञ्चारमाध्यमहरूले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र हजारौँ घरहरू ध्वस्त वा क्षति पुगेको बताएको छ । तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले शनिबार बताए । उनका अनुसार ३ सय घर, बिजुली र सञ्...
दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा
राजनीति, विदेश, समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा

नेपालअखबार,काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ । मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप)का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन । भारतमा लोक सभाको सात चरणको चुनावमध्य...
टोफल आईबीटी अंक अस्ट्रेलियाली भिसाका लागि मान्य हुने
विदेश, शिक्षा, समाचार, समाज

टोफल आईबीटी अंक अस्ट्रेलियाली भिसाका लागि मान्य हुने

नेपालअखबारकाठमाडौं । अब सबै अस्ट्रेलियाली भिसाका लागि टोफल आईबीटी अंक पनि मान्य हुने भएको छ । ईटीएसले बुधबार एक विज्ञप्ति जारी गर्दै ५ मे, २०२४ देखि टोफल आईबीटी अंक सबै प्रकारका अस्ट्रेलियाली भिसाका लागि मान्य हुने जानकारी दिएको छ । ईबीएसले विश्वव्यापी रूपमा टोफल परीक्षा सञ्चालन गर्दै आएको छ । योसँगै अस्ट्रेलियामा अध्ययन र काम गर्नुका साथै बसाइँ सर्न चाहनेहरूलाई थप सहज हुनेछ । टोफल आईबीटीलाई अष्ट्रेलियाका शतप्रतिशत विश्वविद्यालयहरूले स्वीकार गरेकाले अब टोफल आईबीटी अंकको आधारमा अष्ट्रेलियाली भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ । ईटीएस भारत र दक्षिण एशियाका कन्ट्री म्यानेजर सचिन जैनका अनुसार अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए) ले समीक्षा गरेसँगै अस्ट्रेलिया जान अंग्रेजी भाषा परीक्षणको लागि टोफल आईबीटी अंकलाई मान्यता दिने भएको हो । ‘टोफल आईबीटी परीक्षणको मान्यतासँगै, ईटीएसले अ...
चीनले गर्‍यो नेपाली नागरिकका लागि भिसा निःशुल्क
प्रशासन, विदेश, समाचार

चीनले गर्‍यो नेपाली नागरिकका लागि भिसा निःशुल्क

नेपालअखबार, काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो । नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको बताए । नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ । चीनले पनि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक पटक प्रयास भएको थियो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएका बेला यो विषयमा छलफल भएको थियो ।  पछिल्लो पटक उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा गएका बेला यो विषयलाई टुङ्गो लगाएर आएका थिए । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गरेका थिए । चैत १३ गते लगानी सम्मेलनको...
टर्कीका राष्ट्रपतिसमक्ष राजदूत अधिकारीले बुझाए ओहोदाको प्रमाणपत्र
प्रशासन, विदेश, समाचार

टर्कीका राष्ट्रपतिसमक्ष राजदूत अधिकारीले बुझाए ओहोदाको प्रमाणपत्र

नेपालअखबार, काठमाडाैं। टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ। श्री अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत छन्। राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालप्रति शुभकामना व्यक्त गरे। उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गरे। ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र...
अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु
विदेश, समाचार, समाज

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

नेपालअखबार, काबुल । अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताए । विगत छ दिनमा बाढीबाट प्रभावित भई मृत्युवरण गर्नेको सङ्ख्या ७० पुग्नुका साथै अन्य ५६ जना घाइते भएको स्याकले मिडियालाई बताए । यसअघि ती अधिकारीले ३३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएको पुष्टि गरेका थिए । गत हप्तामा वर्षा र बाढीका कारण दुई हजार पाँच सयभन्दा बढी घर क्षतिग्रस्त हँुदा दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ । अफगानिस्तानका ३४ वटा प्रान्तका प्रमुख भागमा शुक्रबारदेखि वर्षा र छिटपुट हिमपात भइरहेको छ भने देशको मौसम निर्देशनालयले आगामी चार दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ ।-(रासस\सिन्ह्वा)...
मुसलधारे वर्षाको चपेटामा दुबई, डुबानमा विमानस्थल
विदेश, समाचार, समाज

मुसलधारे वर्षाको चपेटामा दुबई, डुबानमा विमानस्थल

नेपालअखबार, दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ । बाढीको सबैभन्दा धेरै असर दुबईको ट्राफिकमा देखिएको छ । सडक यातायात देखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ । दुबईको विमानस्थल पानीमा डुबेका छन् । कयौँ उडान रद्द भएका छन् । यस अघि सोमबार ने दुबई प्रहरीले खराब मौसमप्रति सर्तक रहन सर्वसाधारणहरूका लागि सुरक्षा एड्भाइजरी जारी गरेको थियो । युएईको मौसम विभागले दुबई, आबुधाबी सहित कयौँ ठुला सहरमा आगामी २४ घन्टनाभित्र भारी वर्ष हुने चेतावनी दिएको थियो । आइतबार र सोमबार ओमानको विभिन्न हिस्सामा अचानक आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको ओमानको राष्ट्रिय विपद् व्यव...
सलमान खानको निवासबाहिर हवाई फायरिङ
विदेश, समाचार

सलमान खानको निवासबाहिर हवाई फायरिङ

नेपालअखबार, काठमाडाैं । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ । अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ । अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौँ पटक ज्यानको धम्की दिइसकेको छ । त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ ।...