Friday, September 4

विदेश

सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय
विदेश, समाचार

सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय

नेपालअखबार, एजेन्सि। सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको छ। नाचेको भिडिओ सामाजिक सञ्जाल इन्स्टाग्राममा  सार्वजनिक भएपछि उनीहरूलाई पक्राउ गरिएको थियो। भिडिओमा उनीहरू राजधानी तेहरानस्थित फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छन्। इरान सरकारले महिलालाई पुरुषसँग एक्लै नाच्न अनुमति दिएको छैन। इरानका २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको अभियोगमा दोषी ठहर गरिएको बताइएको छ। पक्राउ पर्नुअघि पेसाले आफूलाई फेसन डिजाइनर बताउने हकीकीको घरमा प्रहरीले छापा मारेक...
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
विदेश, समाचार, समाज

भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ । धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ । आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो।आगलागीको कारण खुलेको छैन । केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरेका छन् ।...
प्रहरीको गोली लागेर ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु
राजनीति, विदेश, समाचार

प्रहरीको गोली लागेर ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

नेपालअखबार, काठमाडौं । प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए । गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । चिकित्सकहरुले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् । स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । मुख्यमन्त्री पटनायकले घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चलाई जिम्मा दिइएको बताएका छन् । सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल -बीजेडी)मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ न...
भारतीय राजदूतावासमा ७४ औं गणतन्त्र दिवस
विदेश, समाचार

भारतीय राजदूतावासमा ७४ औं गणतन्त्र दिवस

नेपालअखबार, काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ। बिहिबार दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो। सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ। साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीको सम्मानमा उनीहरूको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो। त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए। दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थालाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ। भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।...
भारतले चलायो २० लाख भारू तिरेर बनारसबाट असम पुग्न सकिने पानीजहाज
विदेश, समाचार

भारतले चलायो २० लाख भारू तिरेर बनारसबाट असम पुग्न सकिने पानीजहाज

नेपालअखबार, एजेन्सि। भारतले शुक्रबार नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भिडिओ कन्फरेन्समार्फत् उत्तर प्रदेशको बनारसबाट छुटेको उक्त पानीजहाजलाई हरियो झन्डा देखाएका छन्। एमवी गंगा विलास नाम दिएको उक्त जहाजमा ५१ दिनपछि असमको डिब्रुगढमा आइपुग्नेछ। भारतका विभिन्न नदीसहित बंगालदेश पनि पुग्ने उक्त पानीजहाजले ३ हजार २ सय किलोमिटर यात्रा गर्नेछ। पानी जहाज यो रूटमा पर्ने विभिन्न ५० वटा पर्यटकीय स्थानमा रोकिनेछ। यो पानीजहाजमा यात्रा गर्न दैनिक २५ देखि ५० हजार भारू तिर्नुपर्नेछ। त्यस हिसाबले ५१ दिनको यात्रा पूरा गर्न एक यात्रुले औसतमा २० लाख भारू तिर्नुपुर्ने हुन्छ। उक्त पानीजहाजको पहिलो यात्रामा अहिले स्विट्जरल्यान्ड ३२ जना पर्यटकहरू निस्किएका छन्। पानीजहाजमा ६२ मिटर लामो पानीजहाज १२ मिटर चौडा छ।...
चीनमा २०० गाडी आपसमा ठोक्किए, एक जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

चीनमा २०० गाडी आपसमा ठोक्किए, एक जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुपि्रएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् । दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ । चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको समाचारमा उल्लेख छ ।...
अमेरिकामा जन्मिएका जुम्ल्याहा बच्चा लिएर मुम्बई फर्किइन् इशा अम्बानी : ३०० किलो सुन दान दिइने
विदेश, समाचार

अमेरिकामा जन्मिएका जुम्ल्याहा बच्चा लिएर मुम्बई फर्किइन् इशा अम्बानी : ३०० किलो सुन दान दिइने

नेपालअखबार। भारतका दोस्रो धनी व्यापारी मुकेश अम्बानीकी छोरी ईशाले नोभेम्बर १९ मा अमेरिकाको लस एन्जलसमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । एक महिनापछि उनी शनिबार मुम्बई फर्किएकी छिन् । उनको निवास करुणा सिन्धुमा आइतबार विशेष कार्यक्रम तथा पूजाआजा हुने भएको छ, जसको तयारी पूरा भएको छ । देशभरका मन्दिरबाट पण्डित आउने मिडिया रिपोर्टका अनुसार ईशा र उनका दुई बच्चालाई घरमा स्वागत गर्न देशभरका प्रसिद्ध मन्दिरहरूबाट थुप्रै पण्डितहरू आउनेछन् । अम्बानी परिवारले ईशाको घरमा ठूलो कार्यक्रम आयोजना गरेको छ । पूजाका लागि तिरुपति बालाजी मन्दिर, नाथद्वाराको श्रीनाथजी मन्दिर, श्री द्वारकाधीश मन्दिरलगायत धेरै मन्दिरबाट प्रसाद मगाइएको छ । यस अवसरमा अम्बानी परिवारले ३०० किलो सुन दान गर्नेछन् । प्रसादीका लागि विभिन्न देशबाट केटरहरु बोलाइएको छ । मुम्बईका डाक्टरको समूह अमेरिकाबाट ईशासँग आए मिडिय...
सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु
विदेश, समाचार

सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ । ‘इन्धन ट्याङ्कर विस्फोट भयो । म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई भने। केही शवहरू जलेका थिए ।...
विवाहको दबाबपछि लिभ इन पार्टनरद्वारा गर्लफ्रेन्डको हत्या, शवको ३५ टुक्रा पारेर जंगलमा फाले
अपराध, विदेश, समाचार

विवाहको दबाबपछि लिभ इन पार्टनरद्वारा गर्लफ्रेन्डको हत्या, शवको ३५ टुक्रा पारेर जंगलमा फाले

नेपालअखबार, एजेन्सि। दिल्ली पुलिसले सोमबार हृदय विदारक हत्याकाण्डको खुलासा गरेको छ । करिब ६ महिनाअघि मे २२ तारिखमा लिभ इन पार्टनर अफताबले २६ वर्षीया प्रेमिका श्रद्धाको निर्ममतापूर्वक हत्या गरेका थिए । उनले श्रद्धाको शव आराले टुक्राटुक्रा परेका थिए । ती टुक्राहरू राख्न भनेर उनले नयाँ फ्रिज ल्याएका थिए भने गन्धलाई कम गर्न धूप बाल्ने गर्थे । १८ दिनसम्म हरेक रात २ बजे उठेर उनले शवका टुक्रा जंगलमा फालेका थिए । प्रहरीले शनिबार अफताबलाई पक्राउ गरेपछि उनले श्रद्धाको हत्याको सनसनीपूर्ण कथा सुनाएका थिए । अदालतले अफताबलाई ५ दिनको प्रहरी हिरासतमा पठाएको छ । प्रहरीका अनुसार अफताब एक फुड ब्लगर थिए । दुई जनाको भेट मुम्बईको एक कल सेन्टरमा काम गर्दा भएको थियो । त्यहाँ काम गर्दा उनीहरु प्रेममा परे तर परिवारले सम्बन्ध स्वीकार नगरेपछि उनीहरु दिल्लीमा सरेर लिभइनमा बस्न थालेका थिए । श्रद्धाले विवाहका लागि...
कुवेतमा अलपत्र सात कामदारको उद्धार
विदेश, विश्व, समाचार

कुवेतमा अलपत्र सात कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् । सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ । सातैजनालाई हाल चाबहिल स्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।...