Friday, July 3

विदेश

हङकङको अपार्टमेन्टमा २० घन्टादेखि लागेको बीभत्स आगो
विदेश, समाचार, समाज

हङकङको अपार्टमेन्टमा २० घन्टादेखि लागेको बीभत्स आगो

नेपालअखबार,काठमाडौं । हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ। आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्। बिहीबार बिहानसम्म पनि त्यो आवासीय क्षेत्रको आकाश धुवैधुवाँले ढाकेको छ। भवनमा आगो बलिरहेको र बाक्लो धुवाँका मुस्लोहरू ...
थाइल्याण्डमा ३०० वर्ष यताकै ठूलो वर्षा, अहिलेसम्म ३३ जनाको मृत्यु
विदेश, समाचार, समाज

थाइल्याण्डमा ३०० वर्ष यताकै ठूलो वर्षा, अहिलेसम्म ३३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । थाइल्याण्डमा भीषण वर्षापछि आएको बाढी पहिरोको घटनामा ३३ जनाको मृत्यु भएको छ। नोभेम्बर २१ देखि थाइल्याण्डका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। तीमध्ये केहीको करेन्ट लागेर समेत मृत्यु भएको थियो। नोभेम्बर २१ मा थाइल्याण्डको हत याई  सहरमा एकैदिन ३३५ मिलिमिटर वर्षा भएको त्यहाँको मौसम पूर्वानुमान महाशाखालाई उद्धृत गरेर रोयटर्सले लेखेको छ। यो एकै दिन भएको ३०० वर्ष यताकै ठूलो वर्षा रहेको भनेर पनि रोयटर्सले लेखेको छ। वर्षापछि सोंख्ला प्रान्तका १६ वटा जिल्लालाई विपद क्षेत्र घोषणा गरी वस्ती खाली गर्न आदेश दिइएको छ। तीमध्ये ९ वटा जिल्लामा धैरै क्षति भएको बताइएको छ। बाढीका कारण सडकहरू बाँधिएका, घर–व्यवसाय, अस्पताल र विद्यालयसम्म जलमग्न भएका छन्। हात याई भित्र मूनग खालाले बगाए...
हङकङको आवासीय भवनमा भीषण आगलागी, कम्तीमा ४ जनाको मृत्यु
विदेश, समाचार, समाज

हङकङको आवासीय भवनमा भीषण आगलागी, कम्तीमा ४ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । हङकङको ताइ पो आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि भीषण आगलागी भइरहेको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । सार्वजनिक भएका तस्वीर र भिडियोमा धेरै भवनहरूमा आगलागी हुँदा ठूलो क्षति भएको देखिन्छ । अधिकारीहरूका अनुसार घटनास्थलबाट ९ जना घाइतेलाई अस्पताल लगिएकोमा चार जनाको उपचारकै क्रममा मृत्यु भएको पुष्टि भएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । आगो सुरु भएको भवनबाट उद्धारका लागि धेरै सर्वसाधारणले प्रहरीलाई धेरै फोन आएका थिए । आगो बाँसको स्क्याफोल्डिङ हुँदै तीव्र गतिमा फैलिँदै आवास क्षेत्रमा रहेका कम्तीमा अन्य चार ब्लकमा क्षति पुर्‍याएको छ । अहिलेसम्म पनि आगो दन्किरहेक...
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु
विदेश, समाचार

पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सो आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पेशावरस्थित एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ ।...
पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु
विदेश, समाचार, समाज

पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने फैसलाबाद शहरमा अवस्थित एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि उद्धारमा खटिएका अधिकारीहरूले गरेका छन् । आपतकाल सेवाका प्रवक्ता फारूक अहमदले प्रारम्भिक जाँचका क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताएका छन् । उनले विस्फोटबाट कारखाना नजिकका नौ घर प्रभावित भएका पनि जानकारी दिए ।...
दुबई एयर शो मा भारतीय लडाकू विमान तेजस दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
दुर्घटना, विदेश, समाचार

दुबई एयर शो मा भारतीय लडाकू विमान तेजस दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

नेपालअखबार,काठमाडौं । दुबई एयर शो मा भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । यूएईको अल मकतूम विमानस्थलमा जारी दुबई एयर शो अन्तर्गत एक परीक्षण उडानमा भारतीय वायु सेनाको तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको हो । शुक्रबार दुबईको स्थानीय समय अनुसार २:१० बजे विमान दुर्घटना भएको समाचार संस्था एपीले जनाएको छ । हजारौं दर्शक दुबई एयर शो को अवलोकनका लागि जम्मा भएका बेला भारतको हल्का लडाकू विमान एलसीए तेजस परीक्षण उडानका क्रममा अचानक दुर्घटना भएको थियो । उडान भरेर शानदार मोड लिइरहेको लडाकू विमान के कारण दुर्घटना भयो भन्ने खुलेको छैन । दुर्घटनापछि जमिनमा खसेर विमानमा आगलागी भएको भिडियोमा सार्वजनिक भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जानकारी दिएको छ ।   दुबई एयर शो विश्वकै प्रमुख एभिएसन प्रदर्शनीमध्ये एक हो । विश्वभरका ...
बाढी र पहिरोका कारण भियतनाममा ४१ जनाको मृत्यु
विदेश, समाचार, समाज

बाढी र पहिरोका कारण भियतनाममा ४१ जनाको मृत्यु

नेपालअखबार, हानोई । भियतनाममा भारी वर्षापछिको बाढी र पहिरोका कारण ४१ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मध्य भियतनाममा यो घटना भएको हो । उद्धार टोलीहरूले प्रभावित क्षेत्रहरूमा उद्धारको काम जारी राखेका छन् । बाढीको पानीमा डुबेका घरका छानामा फसेका मानिसलाई उद्धार गर्ने प्रयास जारी छ । विगत तीन दिनमा यस क्षेत्रका धेरै भागमा १५० सेन्टिमिटरभन्दा बढी वर्षा भएको छ । ६ वटा प्रान्तहरूमा मृत्यु रेकर्ड गरिएको छ भने नौ जना बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको भियतनामको वातावरण मन्त्रालयले जनाएको छ । ५२ हजारभन्दा बढी घरहरू डुबेको बताइएको छ । ६२ हजार जनालाई सुरक्षित स्थानामा सारिएको छ । पहिरोले कयौं प्रमुख सडकहरू अवरुद्ध छ । दस लाख घर बिजुलीविहीन छन् । ह्यु सिटीदेखि डाक लाक प्रान्तसम्मको तटीय क्षेत्रहरूमा पानीको स्तर ०.३ देखि ०.६ मिटरसम्म बढ्ने अनुमान गरिएको बताइएको छ ।...
मृत्युदण्डको सजायबारे हसिनाका छोराले दिए यस्तो प्रतिक्रिया
राजनीति, विदेश, समाचार

मृत्युदण्डको सजायबारे हसिनाका छोराले दिए यस्तो प्रतिक्रिया

नेपालअखबार, नयाँ दिल्ली । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको छोरा सजीव वाजिदले आफ्नी आमाको मृत्युदण्डलाई गैरकानूनी भनेका छन् । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि वाजिदको यो प्रतिक्रिया आएको छ । बङ्गलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ । हसिनाको सुपुर्दगी र बङ्गलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा समाचार एजेन्सी एएनआईले उनका छोरा सजीव वाजेदसँग कुरा गरेको थियो । सजीव वाजिदले भने, ‘भारत सधैं असल मित्र रहेको छ । संकटको समयमा भारतले मेरी आमाको ज्यान बचायो । यदि उनले बंगलादेश नछोडेको भए, अतिवादीहरूले उनको हत्या गर्ने योजना बनाएका थिए । मेरी आमाको ज्यान बचाएकोमा म प्रधानमन्त्री मोदीको सरकारप्रति सधैं आभारी रहनेछु ।’ ‘सुर्पदगी प्रक्रियाबाट हुनुपर्छ । बङ्गलादेशमा निर्वाचित सरकार छैन; यो ...
१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा
विदेश, शिक्षा, समाचार, समाज

१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा

नेपालअखबार,काठमाडौं । मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्यु भएपछि ठूलो विवाद उत्पन्न भएको छ। विद्यालयमा ढिलो आएको भन्दै सय पटक उठबस गर्न लगाइएपछि उनको स्वास्थ्य एकाएक बिग्रिएको र त्यसपछि ज्यान गएको परिवारको आरोप छ। अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार विद्यालयकी एक महिला शिक्षकले ढिलो आएका छात्र–छात्रालाई सय पटक उठबसको सजा दिएकी थिइन्। त्यही सजाय पाएपछि ती छात्राको अवस्था बिग्रँदै गएर नोभेम्बर १४ को रात जेजे अस्पतालमा मृत्यु भएको बिबिसीले जनाएको छ। मृत छात्रा वसई पूर्वको सातीवली क्षेत्रको एक विद्यालयमा कक्षा ६ मा पढ्थिन्। विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययन गर्छन्। नोभेम्बर ८ को बिहान करिब ५० विद्यार्थी ढिला आएका थिए, जसमा ती छात्रा पनि थिइन्। केही विद्यार्थीले झोला काँधमै राखेर उठबस गरेका थिए। त्यस दिन विद्यालयबाट घर फर्किएपछि ती छात्राको अवस्...
थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार
राजनीति, विदेश, समाचार

थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार

नेपालअखबार,काठमाडौँ । गैरकानुनी ढंगले थाइल्याण्ड, म्यानमारलगायत देशमा पुगेर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई सरकारले फर्काउन थालेको छ । नेपालीहरुलाई गैरकानुनी ढंगबाट कम्बोडिया लाओस, म्यानमार, थाइल्याण्ड लगायत मुलुकमा पुर्‍याउने र बन्धक बनाएर अनलाइन जुवा र स्क्यामका काममा लगाउने गरेको पाइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले २०० जना नेपालीलाई उद्धार गरेको छ । त्यसमध्ये १५० जनालाई थाइल्याण्ड र अरुलाई म्यानमारबाट उद्धार गरिएको हो । १५० जनालाई नेपाल फर्काइसकिएको छ । थाइल्याण्ड र म्यानमारबाट उद्धार गरिएका ३९ जना नेपालीलाई सरकारले मंसिर ३ गते नेपाल एयरलाइन्सबाट फर्काउने तयारी गरेको छ । पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको देखिन...