Sunday, July 26

विश्व

विश्वकपमा आज ४ खेल हुँदै
विश्व, समाचार

विश्वकपमा आज ४ खेल हुँदै

नेपालअखबार, एजेन्सि। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई/दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ’एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप अन्तर्गत सोमवार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम एवं चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।...
इटालीमा आपत्काल घोषणा
विश्व, समाचार

इटालीमा आपत्काल घोषणा

नेपालअखबार, एजेन्सि। इटालीले आइतवार इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएपछि आपतकालीन अवस्था घोषणा गरेको छ । हिलो र टुटेफुटेका टुक्रासहितको छालले सानो शहर कासामिचियोला टर्मेलाई अस्तव्यस्त बनाएको थियो । कम्तिमा एउटा घर र कारहरूलाई समुद्रमा बगाएको स्थानीय मिडिया र आपतकालीन सेवाहरूले भने नेपल्स सहरका प्रान्त क्लाउडियो पालोम्बाले भने, ‘कासामिचियोलामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने जबकि पाँच जना बेपत्ता छन् । ’ मन्त्रिपरिषद् बैठकको अन्त्यमा राहत कोषको २० लाख युरोको पहिलो किस्ता जारी गरिएको थियो, जसले आपतकालीन अवस्था घोषणा गरेको  नागरिक सुरक्षा मन्त्री नेलो मुसुमेसीले भने । इटालियन मिडियाले यसअघि आइतबार दिउँसो चारवटा शव फेला पारेको जानकारी दिएका थिए । बेपत्ताको खोजीमा २०० भन्दा बढी उद्धारकर्ताहरू खटिएका छन् । सयौं ...
बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु
विश्व, समाचार

बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु

नेपालअखबार, एजेन्सि। बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बेलारूसको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमा मन्त्री भ्लादिमिर माकेईको अचानक मृत्यु भएको जनाएको छ। भोलि (सोमबार) रूसी समकक्षी सर्जेई लाभरोभसँग भेट्ने कार्यतालिका भएका मन्त्री माकेईको कसरी मृत्यु भएको हो भन्नेबारे केही खुलाइएको छैन। माकेई ६४ वर्षका थिए। उनी सन् २०१२ देखि बेलारूसका विदेश मन्त्री थिए। सुरूमा तानाशाही शासक अलेक्जेन्डर लुकासेन्कोका स्टाफ रहेका उनी पछि विदेश मन्त्री बनेका हुन्। विदेश मन्त्री हुँदा उनले सरकार विरोधी प्रदर्शन दमन र बाहिरी दुनियाँमा लुकासेन्को शासनको बचाउ गर्ने गर्थे।दिवंगत माकेईप्रति राष्ट्रपति लुकासेन्कोले श्रद्धाञ्जली व्यक्त गरेका छन्।...
विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले
खेलकुद, विश्व

विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले

नेपालअखबार, काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । ६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो । फेरान टोरेसलाई प्रतिस्थापन गरी मैदान छिरेको ८ मिनेटमै मोराटाले जोर्डी अल्बाको पासमा ट्याप इन गोल गरेका थिए । समूहको पहिलो खेलमा कोस्टारिकालाई ७ गोल गरेको स्पेनले जर्मनीसँग भने अग्रता जोगाउन सकेन । ८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिकोे कमजोरीको फाइदा उठाउँदै सब्स्टिच्युड निक्लास फुुलक्रगले गोल गरे । उनलाई जमाल मुसियालाले असिस्ट गर...
संसारकै सबैभन्दा महंगो औषधि : एक डोजको पर्छ ४५ करोड बढी
विश्व, समाचार, स्वास्थ्य

संसारकै सबैभन्दा महंगो औषधि : एक डोजको पर्छ ४५ करोड बढी

नेपालअखबार, एजेन्सि। अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले हालै विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृत गरेको छ । ‘हेमजेनिक्स’ नामको यो औषधिको एक डोजको मूल्य ३५ लाख डलर अर्थात ४५ करोड नेरुभन्दा बढी रूपैयाँ पर्छ । यो हेमोफिलिया–बीका बिरामीहरूको उपचारमा प्रयोग हुनेछ । हेमोफिलिया रोग के हो ? हेमोफिलिया एक आनुवंशिक रोग हो, जसका विभिन्न प्रकारहरू पाइएका छन्, तर यीमध्ये हेमोफिलिया बी एकदम दुर्लभ हुन्छ । यसमा व्यक्तिको रगत जमाउने प्रोटिनको कमी हुन्छ । ‘क्लोटिंग फ्याक्टर’ पनि भनिने यो प्रोटिनको कमी हुने यसका रोगीलाई सानो चोट लागेमा रगत निरन्तर बगिरहन्छ । अत्याधिक रक्तस्रावका कारण मानिसको ज्यान समेत जान सक्छ । हेमोफिलिया भएपछि मुख्य समस्या नै रगत नजम्ने हुन्छ । नयाँ औषधिको एक डोजले दिन्छ राहत  एफडीएका अनुसार हेम्जेनिक्स औषधि हेमोफिलिया–बीका बिरामीका लागि निकै प्रभावकारी सा...
विश्वकपमा आज चार खेल, लगातार दोस्रो जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर
खेलकुद, विश्व, समाचार

विश्वकपमा आज चार खेल, लगातार दोस्रो जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

नेपालअखबार, काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका थिए आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ । आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इंग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ । यस्तै समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग आफ्...
विश्वकपमा बेल्जियमको विजयी सुरुवात
खेलकुद, विश्व

विश्वकपमा बेल्जियमको विजयी सुरुवात

नेपालअखबार, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको छ । जितपछि बेल्जियमले समूह एफमा ३ अंक जोडेको छ । बेल्जियमका लागि मिची बात्सुईले एक मात्र गोल गरे । उनले खेलको ४४औं मिनेटमा टोबी एल्डरवाएरल्डको पासमा गोल गरे । रोमेलु लुकाकु घाइते रहेकाले प्रशिक्षक रोबर्टो मार्टिनेजले बात्सुईलाई पहिलो रोजाइमा खेलाएका थिए । क्यानडाले खेलको ११औं मिनेटमै गोल गर्ने अवसर गुमाएको थियो । बेल्जियमका यानिक कारस्कोले बल ह्याण्ड गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर अल्फन्सो डेभिसले प्रहार गरेको पेनाल्टी बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले रोके ।...
टर्कीमा दुईवटा भूकम्पको धक्का
विश्व, समाचार

टर्कीमा दुईवटा भूकम्पको धक्का

नेपालअखबार, एजेन्सि। पश्चिमी टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । देशको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट करिब २१० किलोमिटर टाढा आएको यो भूकम्पसँग सम्बन्धित खासै धेरै जानकारी उपलब्ध छैन । तर, इस्तानबुल र राजधानी अंकारासम्म भूकम्पको धक्का महसुस भएको खबर छ । सञ्चारमाध्यममा आएका समाचार अनुसार भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.० मापन गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पृथ्वीको ३.०९ किलोमिटर भित्र रहेको थियो । पहिलो झट्काको केही समयपछि अर्को सानो झट्का पनि महसुस गरिएको छ ।...
साउदी अरेवियासँग हर्‍यो अर्जेन्टीना
खेलकुद, विश्व, समाचार

साउदी अरेवियासँग हर्‍यो अर्जेन्टीना

नेपालअखबार, एजेन्सि। विश्वकप फुटबलमाको पहिलो खेलमा अर्जेन्टिनाले हार ब्यहोर्यको छ । मंगलबार भएको खेलमा अर्जेन्टीना साउदी अरेवियासँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित हुन पुगेको हो । अर्जेन्टिनाका लागि खेलको १०औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको खेलको ४८ औं मिनेटमा साउदी अरेवियाका लागि सालेच अल्सेरीले बराबरी गोल फर्काए । खेलको ५३औं मिनेटमा साउदी अरेवियाका लागि सालेमले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । जितसँगै साउदी अरेवियाले एक खेलबाट ३ अंक जोडेको छ । यता अर्जेन्टिनाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।...
यस्तो हुनेछ कतार विश्वकपको उदघाटन समारोह
खेलकुद, विश्व, समाचार

यस्तो हुनेछ कतार विश्वकपको उदघाटन समारोह

नेपालअखबार, काठमाडौं । आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ । फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समयअनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बने) देखि सुरु हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बने (नेपाली समयअनुसार राती पौने १० बजे)देखि सुरु हुनेछ । पहिलोपल्ट एसियाको मध्यपूर्णमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा प्रदर...