चीनमा अनौठो घटना : संक्रमणमुक्त भएको २ महिनापछि आँखामा कोरोना, तीनपटक अपरेसन गर्नुपर्याे
नेपालअखबार, एजेन्सि। चीनमा कोरोना भाइरस संक्रमणसम्बन्धी एउटा अनौठो घटना भएको छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार संक्रमणबाट मुक्त भएको २ महिनापछि ६४ वर्षीया महिलाको आँखामा पुनः कोरोना भाइरस भेटिएका हुन्।
विभिन्न अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई पनि कोरोनाको लक्षण मानेको छ।
लगातार ५ दिनसम्म सुक्खा खोकी र ९ दिनसम्म झाडापखाला लागेकी ती महिला गत जनवरी ३१ मा अस्पताल भर्ना भएकी थिइन्। उनलाई ज्वरो पनि आएको थियो। छातीको सिटी स्क्यान गर्दा फोक्सोमा संक्रमण देखियाे।
त्यसपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यतिबेला उनको अवस्था गम्भीर भएको थिएन भने आँखामा पनि कुनै समस्या देखिएको थिएन।
फेब्रुअरी १८ र २० मा गरिएका पुनः परीक्षणमा रिपोर्ट कोरोना नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएकाे थियो। तर त्यसकाे ८ दिनपछि उनको दाहिने आँखा दुख्न थाल्यो। फेब्रुअरी २८ तारिखपछि द...
