Thursday, August 27

विश्व

कोरोना भाइरस परीक्षणः ९० मिनेटमा सङ्क्रमण भए नभएको छुट्याउने एउटा सामान्य विधि
विश्व, समाचार, स्वास्थ्य

कोरोना भाइरस परीक्षणः ९० मिनेटमा सङ्क्रमण भए नभएको छुट्याउने एउटा सामान्य विधि

नेपाल अखबार, एजेन्सि। कुनै विशेष प्रयोगशालामा नमुना नलगी एक किसिमको र्‍यापिड टेस्ट अर्थात् द्रुत परीक्षण विधिबाट ९० मिनेटमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको छुट्याउन सकिने वैज्ञानिकहरूले बताएका छन्। इम्पीरीअल कलेज लन्डनले गरेको एउटा अध्ययनमा "ल्याब अन अ चिप"ले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम दिएको देखियो। उक्त उपकरण अहिले यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालमा बिरामीहरूमा कोरोनाभाइरस छ कि छैन भनेर चाँडै छुट्याउन प्रयोग भइरहेको छ। तर विज्ञहरूले यूकेको 'टेस्ट एन्ड ट्रेस' कार्यक्रममा विद्यमान चुनौतीलाई उक्त किटले समाधान नगर्ने औँल्याएका छन्। के हो 'ल्याब अन अ चिप'? यो उपकरण डीएनए नज नामक कम्पनीले बनाएको हो। घाँटी वा नाकमा स्वाब हालेर नमुना सङ्कलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छ। परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भ...
फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप
प्रविधि, विश्व, समाचार

फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप

नेपाल अखबार, एजेन्सि। गए राति फेसबुक र इन्टाग्रामको सर्भर डाउन भएका कारण संसारभरका धेरै प्रयोगकर्ताले यी प्लेफर्ममा लग–इन गर्न पाएनन् । यसबारे प्रयोगकर्ताले मज्जाले ट्वीटरमा भडास पोखेका छन् । यसैबीच फेसबुकमाथि इन्स्टाग्राम प्रयोगकर्ताको जासुसी गरेको आरोप पनि लागेको छ । फेसबुकले यसका लागि फोन क्यामेराको प्रयोग गरेको आरोप लगाइएको छ । मिडिया रिर्पोटस् अनुसार जब आईफोन प्रयोगकर्ता फोटो शेयरिङ एप इन्स्टाग्राममा सक्रिय हुँदैन थिए, तब पनि उनीहरुको फोनको क्यामेरासँग इन्स्टाग्रामको एक्सेस भएको देखिन्थ्यों । यद्यपी, फेसबुकले यी सबै आरोपको खण्डन गरेको छ । के हो घटना ? सान फ्रान्सिस्कोस्थित अदालतमा बिहीबार दायर उजूरीमा न्यु जर्सीकी इन्स्टाग्राम प्रयोगकर्ता ब्रिटनी कान्डिटीले भिनन्, ‘जाने बुझेरै एपको क्यामेराको उपयोग गरिएको छ । प्रयोगकर्ताका जरुरी र महत्त्वपूर्ण डाटा संकलन गर्नका लागि यो सबै गरिएको छ, अ...
कोरोनाले १५ करोड बालबालिकालाई गरिबीमा धकेल्यो
विश्व, समाचार, समाज

कोरोनाले १५ करोड बालबालिकालाई गरिबीमा धकेल्यो

नेपाल अखबार, एजेन्सि। बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनजस्ता संकटका कारण संसारभरी करिब १५ करोड बालबालिका गरिबीको दलदलमा धेकेलिएका छन् । कोरोना संकटका कारण गरिब भएका बालबालिका मिलाएर अब संसारमा करिब १.२ अर्ब बालबालिका गरिब भएका छन् । बालबालिकाको गरिबीबारे यो नयाँ विश्लेषण युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनले गरेको हो । ताजा रिपोर्टका अनुसार कोरोनाको समयमा करोडौं बालबालिका गरिब भए भने पहिले नै गरिब भएका बालबालिका थप गरिब भएका छन् । यो अध्ययन अनुसार महामारी र लकडाउनका बेला यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतको वृद्धि भएको छ जसले शिक्षा, स्वास्थ्य, घर, पोषण, सर–सफाई र पिउने पानीको सुविधा पाउँदैनन् । युनिसेफले अबको समयमा स्थिती थप बिग्रन सक्ने चेतावनी दिएको छ ।...
२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो
विश्व, समाचार

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

नेपाल अखबार, एजेन्सि। आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले शताब्दीऔँ अघि लोप भएको ‘केभ बियर’ (भालु) भेटेका छन् । रोचक कुरा, यसको नाक, दाँत र आन्तरिक अंगहरु पनि सुरक्षित अवस्थामा छ । वैज्ञानिकहरुका अनुसार यसको मृत्यु २२ हजारदेखि ३९ हजार ५ सय वर्ष पहिले भएको हुनुपर्छ ।  यसको प्रजाती ‘युर्सस स्पेलेयस’ अन्तिम हिउँ युगताका बाँचेको थियो र कम्तिमा १५ हजार वर्षअघि लोप भयो । मृगको संरक्षणमा खटिएकाहरुले सबैभन्दा पहिले भालुको शव भेटेका थिए । उनीहरुले रसको याकुस्टस्स्थित (एनईएफयु) नर्थ–इस्टर्न फेडरल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई यसबारे खबर गरे । ‘सफ्ट टिस्युसहित ...
ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ
विश्व, समाचार

ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्। स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन्। उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको पनि बताए। ‘कोरोना भाइरसविरुद्धको खोप तयार हुँदैछ, मैले आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्नसक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’ उनले भने। यद्यपी उनले कोरोनाको खोप कहिलेदेखि वितरण गर्न सकिन्छ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको पनि बताएका छन्। उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने जिकिर गरेका छन्। कोरोनाभाइरसबाट अति प्रभावित भए...
अपरेशन पोलो : भारतले यसरी कब्जा गरेको थियो हैदरावाद
राजनीति, विश्व

अपरेशन पोलो : भारतले यसरी कब्जा गरेको थियो हैदरावाद

नेपाल अखबार, एजेन्सि। आज १७ सेप्टेम्बर । सन् १९४८ मा हैदरावादमाथि भारतीय सेनाले कब्जा जमायो । यस्तो जबर्जस्ती किन भयो ? यसबारे बुझ्न हामी इतिहासतर्फ फर्कनुपर्छ । १५ अगस्ट, १९४७ अघि दुई तरिकाले भारत अस्तित्वमा थियो । पहिलो, बेलायती, फ्रान्स र पोर्चुगली साम्राज्य अधिनस्थ भारत, जहाँ विदेशीहरुको शासन थियो । दोस्रो, त्यस्तो भारत, जहाँ राजा–रजौटा र स्थानीयको शासन थियो । त्यस समय भारतमा ५ सय २२ वटा साना–ठूला  राज्य थिए । हैदरावाद देशको ठूलो राज्यमध्ये एक थियो । यहाँ झन्डै दुई शताब्दीदेखि आसफ जाही वंशको शासन थियो । हैदरावाद राज्यमा मुख्यत तेलुगु, मराठी र कन्नड भाषा बोलिन्थ्यों । यस राज्यमा कुल जनसंख्याको ८४ प्रतिशत हिस्सा हिन्दुको थियो । ११ प्रतिशत मुसलमान र बाँकी जैन धर्मका अनुयायी थिए । यसरी, सामाजिक दृष्टीले हेर्दा हैदरावाद राज्य सांस्कृतिक र धार्मिक विविधतासहित एकतामा बाँधिएको थियो, शान्तिपूर्...
२५ जना अट्ने डुंगामा १४ बाइकसहित ४० जना चढ्दा दुर्घटना, ११ को मृत्यु
विश्व, समाचार

२५ जना अट्ने डुंगामा १४ बाइकसहित ४० जना चढ्दा दुर्घटना, ११ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएकोछ । ३ जना बेपत्ता छन् । यो घटना बुधबार बिहान ९ बजेको । मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए । यतिमात्रै होइन १४ वटा बाइक पनि राखिएको थियो । त्यसैले ओभरलोडका कारण डुंगा पल्टियो । घटनास्थलमा नदीको गहिराई ४० देखि ५० फिट थियो । घटनालगत्तै स्थानीयले यात्रुहरुलाई बचाउने कोसिस गरेका थिए । तर पानीको बहाव तेज भएका कारण केही मानिस बगेर बेपत्ता भए । प्रहरीका अनुसार उनीहरु कमलेश्वर धाम जाँदै थिए । यस दुर्घटनापछि घाइतेको उद्धार गर्ने क्रममा चार जना युवकले मिलेर कुल २५ जनाको ज्यान बनाएका छन् । उनीहरुका अनुसार डुंगावालाले धेरै मानिसलाई राख्न अस्विकार गरिरहेका थिए,त र मानिसहरुले जर्बजस्ती गरे । डुंगावाला प...
भारतमा कोरोना संक्रमितको संख्या ५० लाख कट्यो
विश्व, स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख कट्यो

नेपाल अखबार, एजेन्सि। भारतमा काेराेना संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ। बुधबार २४ घण्टामा ९० हजार एक सय २३ जना संक्रमित थपिएसँगै  संक्रमितको संख्या ५० लाख पुगेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्वमैं एउटै देशमा ५० लाख संक्रमित हुने देशमा अमेरिकापछि भारत दोस्रो हो। भरतमा मृत्यु हुने संक्रमितको संख्या ८२ हजार ६६ जना प’गेको छ। ग्त २४ घण्टामै १२ सय ९० जना संक्रमितको ज्यान गएको छ। -राेयटर्स...
लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ
विश्व, समाचार

लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ

नेपाल अखबार, एजेन्सि। भारतीय विदेशमन्त्री एस. जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच १० सेप्टेम्बरमा रुसमा भएको सम्झौता अघि चिनियाँ र भारतीय सेनाले पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा १०० देखि २०० पटक गोली चलाएका थिए । अंग्रेजी पत्रिकाइन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार यो फायरिङ चुशुल सब सेक्टरमा भएको गोलीबारीभन्दा गम्भीर थियो । यो पूरा घटनाबारे जानकार एक सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँगको कुराकानीमा उक्त घटना पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा भएको बताए । सरकारी अधिकारीले भने, ‘दुबै पक्षबीच सयदेखि दुई सय राउन्ड गोली चलाइयो ।’ यसअघि सात सेप्टेम्बरमा चुशुल सब सेक्टरमा भएको फायरिङको विषयमा भारत र चीनले एक बयान जारी गरेका थिए । बयान अनुसार ४५ वर्षमा पहिलोपटक एलएसीमा गोलीबारी भएको हो । भारतीय सेनाले यसबारे आफ्नो बयानमा भनेका थिए, ‘सात सेप्टेम्बर, सोमबारका दिन चिनियाँ सेना (पिएलए) का ...
बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छः पाकिस्तानी प्रधानमन्त्री
विश्व

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छः पाकिस्तानी प्रधानमन्त्री

नेपाल अखबार, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ । सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा राख्नुभएको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उनले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका हुन् । पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन् । त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक...