Thursday, June 25

विश्व

किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा सामूहिक बलात्कारको आरोप, पूरा इजराइलमा खैलाबैला
विश्व, समाचार, हाइलाइट-समाचार

किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा सामूहिक बलात्कारको आरोप, पूरा इजराइलमा खैलाबैला

नेपाल अखबार, एजेन्सि ।  इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ । स्थानीय मिडियाका अनुसार एक संदिग्धले दिएको जानकारी अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन सम्बन्ध स्थापित गरेको तर संदिग्धले बलात्कारको आरोप भने अस्विकार गरेका छन् । किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप छ । पूरा इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ । इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले जिम्मेवार व्यक्तिलाई सजाय दिइने बताए । उनले ट्वीट गरे, ‘यो अचम्मित गरिदिने घटना हो । यसका लागि कुनै शब्द छैन । यो ती किशोरीविरुद्धको अपराध मात्र नभई मानवताविरुद्धको अपराध हो जसको चौतर्फी निन्दा हुनुपर्छ ।’ गत शुक्रबार यी किशोरीले प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन् । इजराइली मिडिया...
अमेरिकामा आगो निभाउँदा निभाउँदै हेलिकोप्टर दुर्घटनामा पर्‍यो, एक पाइलटको मृत्यु
विश्व, समाचार

अमेरिकामा आगो निभाउँदा निभाउँदै हेलिकोप्टर दुर्घटनामा पर्‍यो, एक पाइलटको मृत्यु

नेपाल अखबार, एजेन्सि। अमेरिकाको क्यालिफोर्नियामा आगो निभाउन गएको एक हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार एक पाइलटको मृत्यु भएको छ। क्यालिफोर्नियास्थित जंगलको धेरै ठाउँमा लागेको आगोलाई निभाउन ती पाइलटले हेलिकप्टरबाट पानी खन्याइरहेका थिए। सोही क्रममा उनी एकजना मात्र सवार हेलिकप्टर कोयलिंगा भन्ने स्थानमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ। सयभन्दा बढी स्थानमा आगलागी भएपछि हाल क्यालिफोर्नियामा आपतकाल अवस्थाको घोषणा गरिएको छ।आगलागीबाट बच्न सान फ्रान्सिस्कोका हजारौं मानिसहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्। हाल हेलिकप्टर तथा जमीन दुवैबाट आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेका छन्।...
पोर्चुगलमा २ महिला सवार डुङ्गा डुब्यो, ७१ वर्षका राष्ट्रपति ज्यान बचाउन समुद्रमा हाम फाले
विश्व, समाचार, हाइलाइट-समाचार

पोर्चुगलमा २ महिला सवार डुङ्गा डुब्यो, ७१ वर्षका राष्ट्रपति ज्यान बचाउन समुद्रमा हाम फाले

नेपाल अखबार, एजेन्सि। पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो डीले शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान बचाएका छन् । राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ । दुई महिला सानो डुङ्गामा सवार थिए । यसैबीच उनीहरुको डुङ्गा पल्टियो । उनीहरु आफ्नो ज्यान बचाउनका लागि संघर्ष गरिरहेका थिए । राष्ट्रपतिले त्यतिबेला समुद्रमा ठूलो छाल आइरहेको र दुबैको मुखमा केही मात्रामा समुद्रको पानीसमेत भरिइसकेको जानकारी दिए । पानी पिएका कारण उनीहरु दुबैले पोडी खेल्न नसकेको राष्ट्रपतिले जानकारी दिए । घटनाको भिडियो फुटेजमा ७१ वर्षका राष्ट्रपतिले महिलाको पुकार सुनेर समुद्रमा हाम फालेको र पौडी खेल्दै उनीहरु भएठाउँ पुगेको देख्न सकिन्छ  । त्यति नै बेला जेट स्कीमार्फत् एक व्यक्ति पनि महिलालाई बचाउन पुगे । राष्ट्रपतिले ती व्यक्तिलाई देशभक्त बताएका छन् । स्मरण रहोस्, मर्सेलो हृदयरोगी हु...
मालीमा सेनाको विद्रोह, राष्ट्रपति–प्रधानमन्त्री हिरासतमा
विश्व, समाचार, हाइलाइट-समाचार

मालीमा सेनाको विद्रोह, राष्ट्रपति–प्रधानमन्त्री हिरासतमा

नेपाल अखबार, एजेन्सि। मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटलाई विद्रोही सैनिकले पक्राउ गरेको छ, यसको पुष्टि माली सरकारका प्रवक्ताले बीबीसीसँग गरेका छन् । मालीका राष्ट्रपति सँगै सैनिकले देशका प्रधानमन्त्री बोबू सिसेलाई पनि हिरासतमा लिएका छन् । सेनाको यो विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिकै एक महत्वपूण सैनिक क्याम्पमा गोलीको आवाज सुनिएसँगै भएको हो । बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा असन्तुष्ट कनिष्ठ अधिकारीले कमान्डरलाई हिरासतमा लिए र त्यसपछि क्याम्पमा कब्जा जमाए । त्यसपछि युवाले शहरको सरकारी भवनलाई आगो पनि लगाइदिए । मालीका राष्ट्रपतिको राजिनामाको मागको विषयमा मालीमा विरोध प्रदर्शन पनि चलिरहेको थियो । स्रोतः बीबीसी...
भारतमा कोरोना संक्रमित २७ लाख नाघे
विश्व, समाचार, हाइलाइट-समाचार

भारतमा कोरोना संक्रमित २७ लाख नाघे

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५१ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८७६ जनाको मृत्यु भएको हो । अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको मुलुक हो । अहिलेसम्म भारतमा १९ लाख ७७ हजार ७८० जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । स्रोत : एएनआई...
डब्ल्यूएचओले भन्यो कसले धेरै फैलाइरहेका छन् कोरोना ?
विश्व, समाचार, स्वास्थ्य

डब्ल्यूएचओले भन्यो कसले धेरै फैलाइरहेका छन् कोरोना ?

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइस संक्रमण फैलाउन २० देखि ४० वर्षको उमेर समूहहरुको सबैभन्दा ठूलो हात भएको जानकारी दिएको छ । डब्ल्यूएचओले यीमध्ये धेरैलाई उनीहरु कोरोनाद्वारा संक्रमित छन् भनेर थाहा नै नभएको पनि बताएको छ । यो कुरा मंगलबार विश्व स्वास्थ्य संगठनका वेस्टर्न प्यासिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले भनेका हुन् । उनले भने, ‘कोरोना फैलने खतरामा थप वृद्धि भइरहेको छ । यो वृद्धा, बिरामी र जो घना जनसंख्या भएको इलाकामा बस्छन् उनीहरुका लागि थप जोखिमयुक्त भएको छ । ’ स्रोतः बीबीसी...
विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो
विश्व, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जानकारी दिएको छ। संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३...
पछिल्लो २४ घण्टामा विश्वमै धेरै संक्रमण र मृत्यु भारतमा
विश्व, स्वास्थ्य

पछिल्लो २४ घण्टामा विश्वमै धेरै संक्रमण र मृत्यु भारतमा

नेपाल अखबार, एजेन्सि । कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले विश्वका सबै देशलाई पछि पार्न थालेको छ। संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिललाईसमेत भारतले पछि पार्न थालेको हो। पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या पनि भारतमा धेरै छ। पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा नौ सय ६० जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ५८ हजार एक सय आठ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु र संक्रमितको यो संख्या विश्वका अन्य सबै देशको भन्दा धेरै हो। यसबीचमा संक्रमणको कारण ब्राजिलमा पाँच सय ५२ र अमेरिकामा पाँच सय २२ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा ३६ हजार आठ सय ४३ र ब्राजिलमा २२ हजार तीन सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार पाँच सय २५ जनाले ज्यान गुमाएका छन् भने दुई लाख १२ ह...
न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा चुनाव स्थागित
विश्व, समाचार

न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा चुनाव स्थागित

नेपालअखबार, एजेन्सि। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस रोकथाम लागि नयाँ नीति नियमलाई तीब्र गति दिएकी छिन् । अकल्याण्डको एक इलाकामा ४९ नयाँ संक्रमित भेटिएका छन् । गत हप्ता अकल्याण्डमा नयाँ संक्रमित भेटिएका थिए । अब प्रधानमन्त्रीले अर्को महिना १० सेप्टेम्बरमा हुने आम निर्वाचनलाई चार हप्ताका लागि स्थागित गरेकी छिन् । आम निर्वाचन १७ अक्टोबरदेखि हुनेछ । प्रधानमन्त्रीले २५ हजार मतदातालाई सुरक्षित राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् । आर्डर्नले चुनाव स्थगित गर्ने निर्णय लिनेबेला आफूले मतदानका बेला मतदाता र सहभागीहरुको पारदर्शितालाई ध्यानमा राखेको बताएकी छिन् । उनले चुनावलाई थप अघि बढाउन नसकिने बताएकी छिन् । प्रधानमन्त्रीले भनिन्, ‘कोभिड अब थप केही समयका लागि हामीसँगै हुनेछ । चुनावलाई अघि बढाउँदा कोभिडको दखलको खतरा कम हुनेछैन र यसैकारण चुनाव आयोगले यस्तो तयारी गर...
कोरोना सबैभन्दा संक्रामक, एकजना बिरामीले ३.५ लाई संक्रमित बनाएः मारबर्ग सर्वाधिक घातक, ८०% बिरामीको ज्यान गयो
विश्व, स्वास्थ्य

कोरोना सबैभन्दा संक्रामक, एकजना बिरामीले ३.५ लाई संक्रमित बनाएः मारबर्ग सर्वाधिक घातक, ८०% बिरामीको ज्यान गयो

नेपाल अखबार, एजेन्सि। संसारभरी हालसम्म कोरोनाका दुई करोड बढी संक्रमित फेला परिसकेका छन् । तीमध्ये ७.५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना यस्तो पहिलो भाइरस हो जुन संसारको २ सय १५ देश र द्वीपमा फैलिएको छ । यसअघि कुनै पनि भाइरसको प्रकोप यति देशसम्म फैलिएको थिएन । कोरोनाद्वारा संक्रमित ३.५ प्रतिशत मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन् । पछिल्लो ८ वर्षमा भाइरस संक्रमणका जति ठूलो रोग आयो त्यसमा कोरोना सबैभन्दा धेरै देशमा फैलियो । मारबर्गले ८० प्रतिशत, निपाहले ७८ प्रतिशत र कोरोनाले ३.५ प्रतिशत बिरामीको ज्यान लियोः कोरोनाको मृत्युदर अन्य संक्रमणको तुलनामा निकै कम छ । यसद्वारा संक्रमित भएका ३.५ प्रतिशत व्यक्तिको ज्यान गएको छ । मृत्युदरको मामिलामा सबैभन्दा खतरनाक भाइरस मारबर्ग थियो । यसद्वारा संक्रमित ८० प्रतिशत व्यक्तिको ज्यान गएको थियो । यस्तै निपाह भाइरसको ७८ प्रतिशत त हेन्ड्रा भाइरसका ५७ प...