जब बालबालिका लक्षित टेलिभिजनबाट प्रशारण भयो किस सिन
नेपाल अखबार, एजेन्सि। बीबीसीको बालबालिका लक्षित टेलिभिजन चिल्ड्रेन्स बीबीसी अर्थात् सीबीबीसीको इतिहासमै पहिलोपटक समलिङ्गी टिनएजरको चुम्बन प्रशारण भएको छ । दुुई महिला पात्रहरुले ‘द नेक्स्ड स्टेप’ शोअन्तर्गत एकआपसमा चुम्बन गरेका हुन् । यो क्यानेडेली शृंखला बेलायतमा सीबीबीसीबाट प्रशारण भइरहेको छ ।
डान्सर बन्न चाहनेको कथामा आधारित यस शृंखला ७ वर्षदेखि किड्स च्यानलमा प्रशारण भइरहेको छ । तर समलिङ्गीको कथालाई देखाइएको यो पहिलो अवसर हो ।
१९ वर्षीया डेनी भिरायोले यस शृंखलामा ‘क्लिओ’ पात्रको भूमिका निभाएकी छिन् भने १८ वर्षीया मोली साउन्डर्स ‘जुड’ को भूमिकामा छिन्, आफ्नो रोमान्टिक डान्स रुटिनका दौरान यी दुई पात्रले एकअर्कालाई चुम्बन गर्छन् ।
शृंखला प्रशारणमा आएपछि यसले निकै सकारात्मक प्रतिक्रिया पाएको छ । यस शृंखलाका एक दर्शकले भने, ‘यो सुधार हो । यसले मानिसहरुलाई देखाउँछ कि विपरीत लिङ्गीलाई मन परा...
