इसराइली हमलामा मारिए आइआरजिसीका गुप्तचर प्रमुखसहित तीन उच्च अधिकारी
नेपालअखबार,काठमाडौं । इसराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्।
गुप्तचर विभाग प्रमुख मोहम्मद काजेमी, उपप्रमुख हसन मोहकिक र कमान्डर मोहसिन बाकेरीको मृत्यु भएको आइआरजिसीद्वारा सञ्चालित तान्सिम न्युज एजेन्सीलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।
इसराइले आइतबार गरेको हमलामा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ।
इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि फक्स न्युजसँगको अन्तर्वार्ता क्रममा इरानको इन्टेलिजेन्स प्रमुख र उपप्रमुख मारिएको बताएका छन्।
इसराइली हमलामा पहिलो दिन नै इरानका उच्च सैन्य अधिकारीहरू मारिएका थिए।
आइआरजिसी प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, ख...










