Wednesday, September 2

विश्व

पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
राजनीति, विश्व, समाचार

पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार

नेपालअखबार,काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको बताउँदै त्यो बन्द हुनुपर्ने बताएका छन्। उनले यस मुद्दाको निष्पक्ष अनुसन्धानमा हर सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका हुन्। बीबीसीका अनुसार शाहबाज शरीफले पाकिस्तानी सेना सीमाको रक्षा गर्न तयार रहेको र यसबारे कुनै भ्रम नपाल्न पनि चेतावनी दिए । उनले भने, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी मान्नु हुँदैन।’ शरीफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने स्पष्ट पारे। मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा बन्द गर्ने लगायत धेरै निर्णयहरू गरेको थियो। यसको जवाफमा पाकिस्तानले पनि धेरै कदम चालेको छ।...
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
विश्व, समाचार

गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु

नेपालअखबार,रफाह । बिहीबार गाजा पट्टीमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ । यो जानकारी गाजाका स्वास्थ्य अधिकारीहरू र राहतकर्मीहरूले दिएका हुन् । उत्तरी गाजा शहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ । जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको ‘कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टर’ मा आक्रमण गरेको इजरायल रक्षा बल (आईडीएफ)ले बताएको छ ।इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको बताएको छ । जबलियाको अर्द हलावा क्षेत्रमा रहेको एक सर्वसाधारणको घरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले बताएको थियो । आफूले रिपोर्टहरूको बारेमा अनुसन्धान गरिरहेको पनि आईडएिफले भनेको छ । यस क्षेत्रक...
इजरायली सेनाले भन्यो– बुझाइको त्रुटिले गाजामा १४ स्वास्थ्यकर्मीको मृत्यु
विश्व, समाचार

इजरायली सेनाले भन्यो– बुझाइको त्रुटिले गाजामा १४ स्वास्थ्यकर्मीको मृत्यु

नेपालअखबार,काठमाडौं । इजरायली सेनाले गत महिना गाजामा आपतकालीन सेवामा कार्यरत चिकित्सकसहित १४ स्वास्थ्यकर्मीको मृत्यु ‘बुझाइको त्रुटि’ का कारण भएको जनाएको छ । यस घटनाको अनुसन्धानका क्रममा इजरायली सेना (आईडीएफ)ले थुप्रै कमजोरीहरू फेला पारेको जनाएको छ । सेनाको प्रतिवेदनमा सम्बन्धित युनिटका कमाण्डरलाई ‘सोधपुछका क्रममा अधुरो र गलत रिपोर्ट दिएको’ पत्ता लागेपछि बर्खास्त गरिएको उल्लेख छ । २३ मार्चमा अर्थात् गएको महिनामा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) को एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको एउटा सवारीसाधन र एउटा दमकल गाडीमा इजरायली सेनाले गोली चलाएको थियो । सो घटनामा आपत्कालीन सेवामा कार्यरत १४ जना कर्मचारीहरू र संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको थियो । पहिले इजरायलले ती गाडीहरु हेडलाइट वा फ्ल्यासलाइट बिना अन्धकारमा ‘शंकास्पद ढंगले’ अघि बढिरहेकाले इजरायली सैनिकहरू...
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
विश्व, समाचार

अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन

नेपालअखबार,काठमाडौं । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको विरोधमा हजारौँ प्रदर्शनकारी फेरि एकपटक सडकमा उत्रिएका छन् । न्युयोर्क टाइम्सका अनुसार यी प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यमा भएका थिए । प्रदर्शनकारीहरू ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोध गरिरहेका थिए। यस क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका छन् । उनीहरूले ट्रम्पमाथि नागरिक अधिकार र कानुनी शासनमाथि हमला गरेको आरोप लगाएका छन् । यस आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ हो: ५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन। प्रदर्शनकारीहरूले ह्वाइट हाउससँगै टेस्लाका शोरूमहरू पनि घेराबन्दी गरेका छन् । ट्रम्पको विरोधमा गरिएको यो दोस्रो चरणको प्रदर्शन हो। यसअघि अप्रिल ५ मा पनि देशभर व्यापक प्रदर्शन भएका थिए। ह्वाइट हाउसबाहिर ट्रम्पविरुद्ध पोस्टर लिएर ...
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
विश्व, समाचार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

नेपालअखबार,वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ । अमेरिकी रक्षा सचिवको निर्देशन अनुसार, अब ती सैनिकहरूलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु गरिएको पेन्टागनका प्रवक्ता श्री सीन पार्नेलले जानकारी दिए । उनका अनुसार, यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ । यद्यपि, अमेरिकाले आईएस विरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले बताए । आईएसले सन् २०१४ मा आक्रामक गतिविधि सुरु गरेपछि, अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पुर्याउँदै आतंकवादी समूहविरुद्ध अभियान थालि...
रूस-युक्रेन असफल वार्ताबारे ट्रम्पले भने- मध्यस्थता प्रयास छाड्नेछौं
विश्व, समाचार

रूस-युक्रेन असफल वार्ताबारे ट्रम्पले भने- मध्यस्थता प्रयास छाड्नेछौं

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शान्ति सम्झौतामा पुग्न कठिन बनाइयो भने अमेरिकाले भविष्यका वार्ताहरूको मध्यस्थता नगर्ने संकेत गरेका छन् । ओवल अफिसमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘म केही निश्चित दिनहरूभित्र युद्धविरामको आशा गरिरहेको छैन, तर म चाहन्छु कि यो यथासक्य चाँडो होस्।’ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि केही घण्टाअघि मात्र भनेका थिए, ‘यदि युद्धविराम सम्झौतासम्बन्धी कुनै स्पष्ट संकेत देखिएन भने अमेरिका केही दिनमै रूस-युक्रेन शान्ति वार्ताको मध्यस्थता प्रयास छाड्नेछ।’ रूस र युक्रेनबीचको सम्भावित सम्झौताबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘हामी यहाँ त्यस्ता मानिसहरूको कुरा गर्दैछौं, जो मर्ने क्रममै छन्। सम्भव भएसम्म हामी यसलाई रोक्नेछौं।’ उनले अगाडि थपे, ‘तर यदि कुनै कारणले दुवैमध्ये कुनै एक पक्षले यसलाई अत्यन्तै ज...
इटलीकी प्रधानमन्त्री मेलोनीले भेटिन् ट्रम्प
विश्व, समाचार

इटलीकी प्रधानमन्त्री मेलोनीले भेटिन् ट्रम्प

नेपालअखबार,काठमाडौं । अमेरिका भ्रमणमा रहेकी इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेकी छन्। भेटवार्ताको क्रममा मेलोनी र ट्रम्पबीच अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताका विषयमा छलफल भएको थियो। भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘व्यापार सम्झौता शतप्रतिशत हुनेछ, तर त्यो निष्पक्ष सम्झौता हुनेछ।’ मेलोनीले पनि व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म विश्वस्त छु कि हामी सम्झौतासम्म पुग्नेछौं।’ मेलोनीले आफ्नो उद्देश्य ‘मेक द वेस्ट ग्रेट अगेन’ अर्थात् पश्चिमलाई पुनः महान बनाउने रहेको बताइन्। २ अप्रिलमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका थुप्रै देशमाथि रेसिप्रोकल टैरिफ लगाउने घोषणा गरेका थिए। ट्रम्पले चीनलाई छाडेर अन्य देशहरूलाई ९० दिनको अस्थायी बिराम लगाउँदै पारस्परिक भन्सार शुल्कलाई घटाएर १० प्रति...
युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया
विश्व, समाचार

युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया

नेपालअखबार,काठमाडौं । इजरायलले ल्याएको नयाँ युद्धविराम प्रस्तावलाई हमासले औपचारिक रूपमै अस्वीकार गरेको छ। हमासले सबै बन्धकहरुको रिहाइको सट्टामा युद्ध समाप्त गर्ने र प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहाइ गर्ने सहमतिको लागि मात्र तयार रहेको प्रतिक्रिया दिएको हो । बीबीसीका अनुसार हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडियो सन्देशमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका छन्। सन्देशमा हय्याले भनेका छन्, ‘हामी त्यस्तो कुनै पनि सम्झौता स्वीकार गर्नेछैनौं, जसले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको राजनीतिक एजेन्डा पूरा गर्छ।’ इजरायलले अगाडि सारेको नयाँ प्रस्तावमा १० जना बन्धकहरूको रिहाइको सट्टामा ४५ दिनको युद्धविराम प्रस्ताव गरिएको थियो। त्यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको जनाएको छ । यद्यपि, इजरायली सेनाले...
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
राजनीति, विश्व, समाचार

टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि

नेपालअखबार,काठमाडौँ । अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको यस वर्षको सय प्रभावशाली व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस परेका छन् । अप्रिल १७ मा जारी गरिएको यो वार्षिक सूचीमा राजनीति, विज्ञान, कला र सक्रियताका क्षेत्रहरूसँग सम्बन्धित व्यक्तिहरूलाई राखिएको छ । पत्रिकाको यो वार्षिक सूचीलाई नेता, आइकन र टाइटन्स जस्ता कयौँ श्रेणीमा विभाजन गरिएको छ । नेताको सूचीमा बेलायती प्रधानमन्त्री केयर स्टारमर र अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि छन् । अचम्मको कुरा के छ भने यस वर्ष टाइमको यो सूचीमा एक जना पनि भारतीय छैनन् । गत वर्षको सूचीमा आलिया भट्ट र साक्षी मलिक परेका थिए ।...
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
राजनीति, विश्व, समाचार

पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी

नेपालअखबार,काठमाडौं । बंगलादेशको एक अदालतले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी ट्युलिप रिजवाना सिद्दिकीसहित अन्य ५० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राजनीतिक शक्तिको दुरुपयोग गरेर जग्गाको अवैध अधिग्रहण गरेको आरोपमा राजधानी ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएका तीन छुट्टाछुट्टै आरोप पत्रहरूलाई संज्ञान लिएर अदालतमा अनुपस्थित भएकोमा अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरे। न्यायाधीशले पक्राउ पुर्जीको कार्यान्वयन सम्बन्धी प्रतिवेदनको समीक्षा गर्न अप्रिल २७ तारिख तोकेका छन्। ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार एसीसीले हालै जग्गा बाँडफाँडमा भ्रष्टाचारको तीन छुट्टाछुट्टै मुद्दामा ५३ जनाविरुद्...