अमेरिकाले पठाएका २०५ अवैध भारतीय आप्रवासी बुधबार आइपुग्दै
नेपालअखबार,नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकल्प र नीतिहरूको प्रभाव देखिन थालेको छ । जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकाबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसयता उनले सीमामा कडाई गरेका छन् भने अवैध आप्रवासीलाई समातेर धमाधम देश निकाला गरिरहेका छन् ।यसै सन्दर्भमा अमेरिकी प्रशासनले २०५ अवैध भारतीय आप्रवासीको समूहलाई सेनाको सी–१७ सैन्य विमानमा फिर्ता पठाएको छ । पछिल्ला दुई हप्तामा भारत बाहेक, धेरै देशका अवैध आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला गरिएको छ ।
सी–१७ सैन्य विमानबाट भारतीय आप्रवासीहरूलाई भारत फिर्ता पठाइएको भन्दै समाचार एजेन्सी पीटीआईले पनि समाचार छापेको छ । सो खबरका अनुसार, अमेरिकाले राष्ट्रपति ट्रम्पको नीतिहरूको पालना गर्दै आप्रवासन कानुनलाई कडा बनाइरहेको नयाँ दिल्लीस्थित अमेरिकी...









