Sunday, June 28

विश्व

डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा
राजनीति, विश्व, समाचार

डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा

नेपालअखबार, फ्लोरिडा । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि "स्वर्ण युग" हुनेछ।’ उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’ ट्रम्पको अभियानको नारा थियो– मेक अमेरिका ग्रेट अगेन । यसको मतलब अमेरिकालाई फेरि महान् बनाउनु हो। ट्रम्पले आफ्नो जितको पनि घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ।’ ट्रम्पले फ्लोरिडामा रहेको चुनावी मुख्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका हुन्। उनको कुरा सुन्न यहाँ ठुलो सङ...
एक दम्पती : गुगलविरुद्ध १५ वर्ष मुद्दा लडेर ४ खर्ब जरिवाना तिराए
अर्थ, विश्व, समाचार

एक दम्पती : गुगलविरुद्ध १५ वर्ष मुद्दा लडेर ४ खर्ब जरिवाना तिराए

नेपालअखबार,काठमाडाैँ ।‘गुगलले हामीलाई इन्टरनेटबाट गायब नै बनाइदिएको थियो’, यो भनाइ हो शिवौन राफ र उनका पति एडम राफको । यो दम्पतीले सन् २००६ मा राम्रो पारिश्रमिक भएको जागिर छाडेर मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेमको सुरुआत गरेका थिए । तर, फाउन्डेममा सर्च इन्जिनको एउटा अटोमेटिक स्पम फिल्टर्सका कारण गुगलले सर्च जरिवाना लगायो, जसको असर फाउन्डेमको व्यवसायमा पर्‍यो । वास्तवमा उक्त जरिवानाका कारण इन्टरनेटमा मूल्य तुलना अर्थात् प्राइस कम्पेरिजन तथा कम्पेरिजन शपिङ जस्ता सर्च रिजल्टहरुको सूचीमा फाउन्डेम निकै पछाडि परेको थियो । उसैपनि स्टार्टअप सुरु गर्ने संस्थापकहरुका लागि स्टार्टअपको सुरुआतको पहिलो दिन रोमान्चकता तथा आशंकाहरुले भरिएको हुन्छ । तर, शिवौन र एडमका लागि यो त्यसभन्दा पनि निकै खराब थियो । उनीहरुले यति खरा होला भन्ने अनुमान नै गरेका थिएनन् । वास्तवमा फाउन्डेममाथि गुगल सर्...
अमेरिकाले थप्यो डीभी भर्ने समय
विश्व, समाचार

अमेरिकाले थप्यो डीभी भर्ने समय

नेपालअखबार,काठमाडौँ । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको सोमबार एक सूचनामार्फत जानकारी गराएको हो । आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ ।  जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने,  पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने उल्लेख छ । दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने र आवेदन https://dvprogram.state.gov/ बाट मात्र भर्न सकिने स्पष्ट गरेको छ ।...
रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिबाना
अर्थ, विश्व, समाचार

रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिबाना

नेपालअखबार,काठमाडौं । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ । रुसी अदालतले गन्न पनि गाह्रो हुने रकम जरिवानाको फैसला गुगलविरुद्ध चार वर्षसम्म चलेको कानुनी लडाइँ पछि गरेको हो । गुगलले रुसका केही सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि थिए । रुसको राष्ट्रवादी भनिने च्यानल जारग्रेडलाई गुगलले युट्युबबाट हटाइएको थियो । जारग्रेड च्यानल...
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु
विश्व, समाचार

स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । बस्तीहरु डुबानमा परेपछि मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेका थिए । देशको स्थिति खराब भएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । भ्यालेन्सियामा मात्रै ९२ जनाको मृत्यु भएको तथ्यांक छ । भ्यालेन्सियाको पश्चिमी तटीय क्षेत्रमा ७ वर्षीय ब्रिटिश नागरिकसहित अरु तीन जना पनि मृत फेला परेको बीबीसीले जनाएको छ ।मिडिया रिपोर्टहरुका अनुसार स्पेनमा बाढीका कारण सन् १९७३ पछि...
जापान चुनाव : सत्तारुढ दलले गुमायो बहुमत
राजनीति, विश्व, समाचार

जापान चुनाव : सत्तारुढ दलले गुमायो बहुमत

नेपालअखबार,काठमाडौं । जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ । निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको छ । प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको जापानको सरकारी समाचार माध्यम एनएचकेले जनाएको छ । जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ । जापानको तल्लो सदनमा ४६५ सिट छ । बहुमतका लागि २३३ सिट आवश्यक थियो । तर, प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जिते । यसअघि एलडीपी गठबन्धनसँग २७९ सिट थियो । एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो । प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नु परे...
इसराइलले इरानमा आक्रमण गर्‍यो
राजनीति, विश्व, समाचार

इसराइलले इरानमा आक्रमण गर्‍यो

नेपालअखबार,काठमाडौँ  । इसराइलले इरानमा आक्रमण गरेको छ। शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणबाट के-कति मानवीय क्षति भयो भन्ने विषय सार्वजनिक भइसकेको छैन। इरानले अक्टोबर १ मा इसराइलमा आक्रमण गरेको थियो। त्यतिबेला इरानले १८० वटाभन्दा बढी मिसाइलले इसराइलमाथि आक्रमण गरेको थियो। उक्त आक्रमणलाई इरानले इसराइलमाथि गरेको ठूलोमध्येको हमला भनिएको थियो। सो आक्रमणपछि इसराइलले त्यसको जवाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए।मध्यपूर्वको लडाइँमा इसराइललाई सहयोग गर्दै आएको अमेरिकाले इरानमा आक्रमण गर्दा सैनिक अड्डाहरूमा मात्र निशाना बनाउन इसराइललाई सुझाव दिएको थियो। सोही अनुसार शनिबार बिहान इसराइलले इरानी सैन्य अड्डाहरूलाई...
बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप
राजनीति, विश्व, समाचार

बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकाका पूर्व राष्ट्रपति एवम् आगामी राष्ट्रपतिको निर्वाचनमा  रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनाव प्रचार प्रसार अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी)मा उजुरी दिएको छ । ऊजुरीका अनुसार ह्यारिसको चुनावी प्रचारका लागि लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू अमेरिका आएका छन् । ह्यारिस–वाल्जको चुनावी अभियानलाई सहयोग पुर्याउन अमेरिकी चुनावमा ‘स्पष्ट विदेशी हस्तक्षेप’ भइरहेको आरोप उनले लगाएका छन् । लेबर पार्टी र कमला ह्यारिसको चुनावी अभियान बीच सम्पर्कबारे सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूलाई उद्धृत गर्दै यो अवैध ‘योगदान’ जस्तो भएको तर्क उजुरीमा दिइएको छ । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् । आगामी निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्र...
कात्तिक ९ देखि ११ गतेसम्म नेपालमा वैज्ञानिक सम्मेलन हुने
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

कात्तिक ९ देखि ११ गतेसम्म नेपालमा वैज्ञानिक सम्मेलन हुने

नेपालअखबार,काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म हुने वैज्ञानिक सम्मेलनमा १५ देशका वैज्ञानिकहरू भेला हुँदैछन्। नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसअन्तर्गत एप्लाइड साइन्सेस, केमिकल इन्जिनियरिङको सहआयोजनामा वैज्ञानिक सम्मेलन हुन लागेको हो। वैज्ञानिक सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कात्तिक ९ गते दिउँसो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रमबारे आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। वैज्ञानिकहरू सोमबारदेखि नै नेपाल आउने क्रम सुरू भइसकेको पनि जानकारी दिइएको छ। आयोजक संस्थाका तर्फबाट पत्रकार सम्मेलनमा जानकारी दिएका डा. देवलप्रसाद भट्टराईले सबैभन्दा धेरै ...
बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने  इजरायलको चेतावनी
राजनीति, विश्व, समाचार

बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

नेपालअखबार,बेरुत । इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। यो नयाँ चेतावनी अनुसार, इजरायलले चाँडै नै लेबनानको राजधानी बेरुतसहित सम्पूर्ण देशका २४ क्षेत्रमा रातभर आक्रमण गर्ने योजना बनाएको हो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय लक्ष्यहरूलाई लक्षित गर्ने बताएको छ। यसै क्रममा इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाहेह सहरमा आठवटा हवाई हमला गरेको छ । यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ। लेबनानको सरकारी मिडियाले पनि आक्रमण देशको पूर्वी भागमा भएको बताएको छ। हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य लक्ष्यहरूलाई लक्षित गरी रकेट प्रहार गरेको बताएको छ। आइतबार साँझ आइडीएफका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहका आतंककारी गतिविधिहरूलाई आर्थिक सहयोग गर्ने आधारहरू नजिक रहेका जो कोहीले पनि तुरुन्तै सो स्थान छाड्नु पर्न...