Wednesday, September 2

विश्व

मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु
विश्व, समाचार

मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु

नेपालअखबार ,मोरक्को । पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मारिएका मध्ये २५ मालीका नागरिक थिए । यो ‘अस्थायी डुङ्गा’मा करिब ८० जना मानिस सवार थिए, जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा बाँचेका ११ जनामध्ये ९ जना मालीका हुन् । यो डुङ्गा गत हप्ता नै डुबेको थियो तर मालीले अहिले आएर मात्र पुष्टि गरेको छ । मालीले स्थितिको समीक्षा गर्न आफ्नो सङ्कट इकाई पठाएको छ। माली लामो समयदेखि जिहादी र पृथकतावादी हिंसाको सिकार हुँदै आएको छ। जसका कारण सन् २०२० र २०२१ मा देशमा सैनिक विद्रोह भएको थियो । सैन्य सरकारले सन् २०२४ को मार्चमा आम निर्वाचन गराउने वाचा गरेको थियो तर ती निर्वाचनहरू अहिलेसम्म भएका छैनन्। देशको अवस्थालाई ध्यानमा राख्दै ठुलो सङ्ख्यामा मानिसहरू गैरकानुनी रूपमा युरोप पु...
मोजाम्बिकमा १५ सय कैदी भागे जेल तोडेर
प्रशासन, विश्व, समाचार

मोजाम्बिकमा १५ सय कैदी भागे जेल तोडेर

नेपालअखबार,काठमाडौँ ।अफ्रिकी मुलुक मोजाम्बिकमा चुनावी परिणामको विरूद्ध चलिरहेको हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै १ हजार ५ सयभन्दा बढी कैदी जेलबाट भागेका छन्। गत अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै त्यहाँ हिंसात्मक प्रदर्शन सुरू भएको थियो। सोमबार त्यहाँको सर्वोच्च अदालतले सन् १९७५ देखि सत्ताको नेतृत्वमा रहेको फ्रिलिमो पार्टीले राष्ट्रपतिको चुनाव जितेको फैसला गरेपछि प्रदर्शन थप चर्किएको थियो। प्रदर्शन चर्किएसँगै त्यसको फाइदा उठाएर १५०० भन्दा बढी कैदीबन्दी जेल तोडेर भागेको त्यहाँका प्रहरी प्रमुख बर्नार्डिनो राफायलले पत्रकार सम्मेलनमा बताएका छन्। भागेका मध्ये करिब १५० जना कैदीबन्दीलाई पुनः पक्राउ गरिएको उनले बताएका छन्। प्रदर्शनकाबीच राजधानी मापुटोमा पसल तथा बैंकहरूमा पनि लुटपाट भएको प्रहरीले जनाएको छ। अदालतको आदेशपछि भएको प्रदर्शनका क्रममा ३३ जनाको मृत्यु भएको...
भारतमा लुकेर बसेकी शेख हसिनालाई फिर्ता गर्न बंगलादेशको माग
राजनीति, विश्व, समाचार

भारतमा लुकेर बसेकी शेख हसिनालाई फिर्ता गर्न बंगलादेशको माग

नेपालअखबार,काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले भारतमा लुकेर बसेकी निर्वासित प्रधानमन्त्री शेख हसिनालाई फिर्ता गर्न माग गर्दै कुटनीतिक नोट पठाएको छ। सोमबार भारत सरकारलाई कुटनीतिक नोट पठाउँदै हसिनालाई बंगलादेश फिर्ता गर्न माग गरेको बंगलादेशको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। हसिनाविरूद्ध बंगलादेशमा १७ भन्दा बढी कसुरमा हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ भने उनीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न बंगलादेशले इन्टरपोललाई समेत अनुरोध गरिसकेको छ। हसिनाविरूद्ध विभिन्न कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउन बंगलादेशले उनलाई फिर्ता गर्न माग गरेको हो। भारतले पनि हसिनालाई फिर्ता गर्न माग गर्दै बंगलादेशबाट कुटनीतिक नोट प्राप्त भएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ। बंगलादेशले कुटनीतिक नोट नै पठाएपछि दुई द...
कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
विश्व, समाचार

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् । उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ । बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो । उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए । दुर्घटनास्थलबाट संकलन गरिएका शव जलेकाले चिन्न सकिने अवस्थामा छैनन् । त्यहाँ एक शिशु जवितै फेला परेका थिए । उनी बेहोस अवस्थामा थिए । तर उनको कागजात नभएकाले पहिचान गर्न कठिन भए...
अन्तरिक्षमा भेटियो पृथ्वीको भन्दा १४० खर्ब गुणा ठुलो जलाशय
विश्व, समाचार

अन्तरिक्षमा भेटियो पृथ्वीको भन्दा १४० खर्ब गुणा ठुलो जलाशय

नेपालअखबार,न्यूयोर्क । अन्तरिक्षमा एउटा विशाल जलाशय फेला परेको छ । यसको आकार पृथ्वीमा रहेका महासागरहरू भन्दा १४० खर्ब गुणा ठुलो भएको बताइएको छ । यो जलाशय सुपरम्यासिभ ब्ल्याक होलको नजिक छ । यो ब्ल्याक होल हाम्रो सूर्यभन्दा करिब २० अर्ब गुणा ठुलो भएको बताइएको छ । क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन प्रयोगशालाको टोलीले यो रहस्य पत्ता लगाएको हो । के भन्छन् वैज्ञानिकहरू ? वैज्ञानिकहरूका अनुसार यो जलाशय ब्रह्माण्डमा १२ अर्ब प्रकाश वर्षको दुरीमा छ । यो जलाशय ब्रह्माण्डको उद्गम भएको केही समय पछिदेखि नै यहाँ रहेको अनुमान गरिएको छ । यसको वरिपरि एक खगोलीय पिन्ड (क्वासर) छ । यो पिन्डले हजारौँ ट्रिलियन सूर्यको बराबर ऊर्जा निकाल्छ । खगोलविद्हरूका अनुसार यो ब्रह्माण्डमा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा दुर्गम र सबैभन्दा ठुलो पानीको भण्डारको घर हो ।...
६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना
विश्व, समाचार

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

नेपालअखबार,काठमाडौँ । कजाकिस्तानमा ६२ यात्रु र पाँच चालक दलका सदस्यहरू सवार जहाज दुर्घटनामा परेको छ। अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बिबिसीले जनाएको छ। दुर्घटनामा परेका २५ जनाको उद्धार भएको छ। २२ जनालाई अस्पताल लगिसकेको कजाकिस्तानको आपकालीन मन्त्रालयले जनाएको छ। जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण गर्नु परेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन्। विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको भिडिओमा विमान अवतरण गर्न रनवे छुनेबित्तिकै आगो लागेको र धुवाँको मुस्लो उडेको देखिन्छ। रूसी समाचार संस्थाहरूका अनुसार रूसतर्फ उडेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।...
टर्किएले २०२५ को लागि न्यूनतम ज्याला ३० प्रतिशतले बढायो
विश्व, समाचार

टर्किएले २०२५ को लागि न्यूनतम ज्याला ३० प्रतिशतले बढायो

नेपालअखबार,काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले २०२५ को लागि न्यूनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा (लगभग ६३० अमेरिकी डलर) पुर्‍याएको घोषणा गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरिएको हो । श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हित हुने र देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने विश्वास व्यक्त गरे । यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस) ले तलब प्रस्तावको बारेमा पूर्व सूचनाको अभावको कारण बैठकमा उपस्थित नहुने निर्णय गरेको छ । टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा (लगभग ८४५ डलर) को खुद ज्यालाको मागलाई रूपरेखा दिएका थिए । युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्‍याएका थिए ।...
जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य
प्रविधि, विश्व, समाचार

जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य

नेपालअखबार,टोकियो ।  जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू बृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । सरकारले मङ्गलबार नयाँ निर्यात रणनीति जारी गरेको छ । यसले आफ्नो सन् २०२५ लक्ष्य ३४ ट्रिलियन येनमा पुग्ने लक्ष्य राखेको छ । सन् २०२२ मा जापानको विदेशी पूर्वाधार ३१ ट्रिलियन येनको मूल्यको थियो, जुन सन् २०१४ को तुलनामा लगभग ६० प्रतिशतले बढेको छ । रणनीतिले जापानी कम्पनीहरूलाई ऊर्जा र खाद्य जस्ता प्रमुख आर्थिक सुरक्षा क्षेत्रहरूमा पूर्वाधार निर्यात विस्तार गर्न मद्दत गर्नेछ । देश यी महत्त्वपूर्ण स्रोतहरूको लागि आयातमा अत्यधिक निर्भर रहन्छ । प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो कार्यालयमा भएको भेटमा भन्नुभयो,“सरकारले थप प्रगतिका लागि दृढताका साथ काम गरिरहनेछ भन्ने मला...
हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको सरकारले भारतलाई पठायो कूटनीतिक नोट
राजनीति, विश्व, समाचार

हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको सरकारले भारतलाई पठायो कूटनीतिक नोट

नेपालअखबार,ढाका । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले सोमबार आफ्नो कार्यालयमा यसको जानकारी दिएका हुन् । आफूहरूले भारत सरकारलाई एक भर्बल नोट (कूटनीतिक सन्देश) पठाएका अनि यसमा बङ्गलादेशले शेख हसिनालाई न्यायिक प्रक्रियाका लागि फिर्ता चाहेको कुरा उल्लेख गरिएको उनले बताए । आफ्नो कार्यालयले भारतबाट हसिनाको सुपुर्दगीमा सहजीकरण गर्न भारतीय परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको सोमबारै गृह सल्लाहकार जहाँगिर आलमले बताएका थिए । प्रक्रिया अझै जारी रहेको बताइएको छ । ढाका र नयाँ दिल्लीबिच पहिलेदेखि नै सुपुर्दगी सन्धि छ । उक्त सन्धिअन्तर्गत हसिनालाई बङ्गलादेश फर्काउन सकिने उनले बताए । इन्टरपोलसँग सहयोग लिने गत महिनाको सुरुमा बङ्गलादेशको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनमा भएक...
यमनमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण
विश्व, समाचार

यमनमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण

नेपालअखबार,काठमाडौं । अमेरिकाले यमनको राजधानी सानामा रहेका हुथी विद्रोही रहेका स्थानमा आक्रमण गरेको छ । अमेरिकाले हुथी विद्रोहीका मिसाइल भण्डार केन्द्रमा हवाई हमला गरेको हो । अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा आक्रमण पुष्टि गरेको छ । उसले लाल सागरमा हुथी विद्रोहीका ड्रोनहरु र एक एन्टी–सिप क्रुज मिसाइललाई पनि खसालेको जनाएको छ । । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर कम्तिमा १६ जना मानिस घाइते भएको समाचार छ । हुथी विद्रोहीहरुले शनिबार इजरायलको तेल अविवमा एक ब्यालेस्टिक मिसाइलबाट हमला गरेका थिए । यो आक्रमणबाट दर्जनौं व्यक्तिहरु घाइते भएका थिए । हुथी इरान समर्थित विद्रोही समूह हो । उसले यमनको उत्तरपश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ । गत अक्टुबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि हुथीले इजरायलमाथि आक्रमण गर्न थालेको थियो । हुथी विद्रोहीका नेताहरुले प्यालेस्टिनी र आफूहर...