ताइवानको संसदमा मुक्का हानाहान
नेपालअखबार ,ताइपेई । ताइवानको संसदमा विवादास्पद विधेयकलाई लिएर सत्तारुढ र विपक्षी सांसदहरूबिच हात हालाहाल भएको छ । दुई पक्षबीचको भनाभन झडपमा बद्लिएको थियो । सांसदहरूले एकअर्कालाई मुक्का हानाहान गरेका थिए भने पोडियममा उफ्रिएर संसदको कारबाही अवरुद्ध गरेका थिए । केही सांसदहरूले भने फाइल खोसेर सदन बाहिर लगेका थिए ।
झडपका क्रममा घाइते भएका पाँच जना सांसदलाई अस्पताल भर्ना गर्नुपरेको थियो । घाइते हुनेमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र कुओमिन्ताङ (केएमटी) दुवैका प्रमुख व्यक्तिहरू थिए । डीपीपी सांसद र विपक्षी केएमटी र टीपीपी पार्टीका सांसदहरूबीच झडप केही घण्टासम्म चलेको थियो ।
ताइवानका नयाँ राष्ट्रपति चिङ तेहको शपथ ग्रहण नजिकिँदै गर्दा संसदमा यस्तो घटना भएको हो । चिङ तेहको शपथ ग्रहण सोमबार मे २० मा हुँदै छ । ताइवान संसदमा सरकारको काम कारबाहीमाथि नजर राख्ने विपक्षी सांसदलाई बढी अधिक...










