Wednesday, July 1

विश्व

डेनमार्ककी महारानीद्वारा राजगद्दी परित्यागको घोषणा
राजनीति, विश्व, समाचार

डेनमार्ककी महारानीद्वारा राजगद्दी परित्यागको घोषणा

नेपालअखबार, कोपनहेगन । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा गरेकी छन्। उनले १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने छिन् । त्यो दिन उनी रानी बनेको ५२ वर्ष हुनेछ। ‘म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई छोड्नेछु,’ उनले घोषणा गरिन् । ८३ वर्षीया मार्गरेट हाल संसारमा शासनमा रहेकी एकमात्र रानी हुन् भने उनी युरोपमा सबैभन्दा लामो समयसम्म पदमा रहेकी छन् । उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचारपछि यो निर्णय गरेको खुलासा गरिन्। प्रधानमन्त्री मेटे फ्रेडरिकसनले रानीलाई उनको सेवाको लागि धन्यवाद दिएका छन्।...
रुसमा युक्रेनको घातक हमला, २० जनाको मृत्यु, १०० घाइते
विश्व, समाचार

रुसमा युक्रेनको घातक हमला, २० जनाको मृत्यु, १०० घाइते

नेपालअखबार, काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । यो आक्रमण युक्रेनले गरेको आरोप रुसले लगाएको छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । त्यसैको जवाफ स्वरुप युक्रेनले रुसमा आक्रमण गरेको बताइएको छ । बीबीसीका अनुसार रुस-युक्रेन युद्धको क्रममा रुसमा भएको यो मिसाइल आक्रमण सबैभन्दा खतरनाक हो । युक्रेनले अनेकौं प्रकारका हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसमा युक्रेनी ओल्खा र चेक निर्मित भ्याम्पायर रकेट पनि प्रयोग भएको बताइएको छ । युक्रेनले भने रुसले गरेको आक्रमणको प्रतिक्रिया स्वरुप रुसी क्षेत्रमा ७०भन्दा बढी ड्रोन लन्च गरिएक...
चीनका भूकम्प प्रभावित क्षेत्रमा पुनः पठनपाठन सुरु
विश्व, समाचार

चीनका भूकम्प प्रभावित क्षेत्रमा पुनः पठनपाठन सुरु

नेपालअखबार, चीन । भूकम्पबाट प्रभावित उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिसानस्थित बोनान–डोङ्सिआङ–सलार काउन्टीमा पुनः पठनपाठन सुरु गरिएको छ । भूकम्प प्रभावित साठी हजारभन्दा बढी  बिद्यार्थीको लागि कक्षा पुनः पठनपाठन सुरु भएको प्रान्तीय शिक्षा विभागले शनिबार जनाएको छ । शुक्रबारसम्म भूकम्पपछि  विद्यालय भवन भत्किएका तर वसन्त सेमेस्टरका लागि भर्ना भएका सबै विद्यार्थीका लागि अस्थाई टहरा बनाई कक्षा सञ्चालनमा ल्याइएको छ । यसका लागि एक हजार १६५ घर–टहरा निर्माण गरिएको विभागले जनाएको छ । काउन्टीका उच्च माविहरूले यसअघि नै डिसेम्बर २२ देखि अनलाइन कक्षाहरू सुरु गरेका थिए । यसैगरी माध्यमिक र प्राथमिक विद्यालयहरूले बिस्तारै सोमबारदेखि अनलाइन वा अफलाइन कक्षाहरू सुरु गरेका छन् । भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको मर्मत तथा सुदृढीकरणको काम भइरहेको छ । गत हप्ता ६.२ म्याग्निच्युडको भूकम्पले लि...
नाइजेरिया : किसान–गोठालाबिच झडप, ११३ जनाको मृत्यु
विश्व, समाचार

नाइजेरिया : किसान–गोठालाबिच झडप, ११३ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि । अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ । देशको मध्यभाग पठारमा शनिबारदेखि सुरु भएको हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मध्य नाइजेरियामा गोठालाहरू र किसानहरूबिच बारम्बार झडपहरू भइरहेका छन् । मे यतापहिलो पटक यस्तो चरम हिंसा देखिएको छ । त्यस बेला किसान–गोठालाहरूको आक्रमणमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । पठार राज्यका एक वरिष्ठ अधिकारीले सोमबार जानकारी दिँदै शनिबार र आइतबार भएका आक्रमणमा ११३ जनाको मृत्यु भएको बताए । योजनाबद्धढंगले आक्रमण गरिएको उनले बताए । कम्तीमा २० विभिन्न समुदायलाई लुटेराहरूले आक्रमण गरेका थिए । समुदायबाट ११३ शव निकालिएको छ भने ३ सय भन्दा बढी घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसले लिएको छैन । पठार राज्य...
इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु
विश्व, समाचार

इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु

नेपालअखबार, जाकार्ता । पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् । सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो । ‘पीटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिल’को प्लान्टमा स्थानीय समयअनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगर परिसरका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले भने, “अहिले मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ५१ पुगेको छ । सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको प्रवक्ता डेडी कुर्नियावानले बताए । घटनामा सात इन्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । कुर्नियावानले एएफपीलाई ...
१४१ सांसदलाई निलम्बन गरेपछि भारतमा तरंग
राजनीति, विश्व, समाचार

१४१ सांसदलाई निलम्बन गरेपछि भारतमा तरंग

नेपालअखबार, एजेन्सि। भारतमा विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि तरंग उत्पन्न भएको छ। हिउँदे अधिवेशन चलिरहँदा मंगलबार लोकसभाका विपक्षी दलका थप ४९ सांसदलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यम द स्क्रोलले जनाएको छ। संसदको सुरक्षा उल्लंघन गरेको विषयमा छलफल गर्न माग गरेपछि सभामुखले उनीहरूलाई निलम्बन गरेका हुन्। भारतीय कांग्रेस आइका नेता शशी थरूर, समाजवादी पार्टीकी नेता दिम्बल यादव, राष्ट्रवादी कांग्रेस पार्टीकी सुप्रिया सुले र नेशनल कन्फ्रनेसका नेता फारूक अब्दुल्लाह लगायत निलम्बनमा परेका छन्। निलम्बित सांसद अब्दुल्लाहले पत्रकारहरूसँग कुराकानी गर्दै संसदमा प्रतिपक्षी रहेसम्म प्रश्न गर्न नछोड्‍ने बताए। संसदको सुरक्षा उल्लंघन भएको विषयमा गृहमन्त्री अमित शाह आएर पाँच मिनेट जवाफ दिँदा केही फरक नपर्ने उनको भनाइ थियो। ‘मलाई भन्नुस् प्रहरी कोसँग छ? गृह मन्त्रालय अन्तर्गत पर्छ? गृ...
टर्कीको सुरक्षाबलद्वारा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ
विश्व, समाचार

टर्कीको सुरक्षाबलद्वारा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ

नेपालअखबार, काठमाडौँ । टर्कीका सुरक्षा बलहरूले नोभेम्बरमा उत्तरपश्चिमी प्रान्त एडिर्नेमा कुल १ हजार २०९ अवैध आप्रवासीलाई पक्राउ गरेको छ । पक्राउ परेका गैरकानूनी आप्रवासीहरूलाई कुनै विवरण नदिई एडिर्नेस्थित आप्रवासन कार्यालयमा पठाइएको प्रतिवेदनमा उल्लेख छ । प्रान्तीय कमाण्ड टोलीहरूले अवैध आप्रवासनलाई रोक्ने प्रयासमा एडिर्नको शहरको केन्द्र र वरपरका जिल्लाहरूमा निरीक्षणलाई कडा पारेका छन् । जहाँबाट अवैध आप्रवासीहरू पक्राउ परेका थिए । एडिर्ने टर्कीको थ्रेस क्षेत्रमा अवस्थित ग्रिस र बुल्गेरियाको सीमाना नजिक छ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले देशको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मात्र नभई अन्य सबै प्रान्तहरूमा अवैध आप्रवासन बिरुद्ध लड्नका लागि कडा कदम चाल्ने प्रतिवद्धता गरेका छन् ।...
आइसल्याण्डमा ज्वालामुखी विस्फोट
विश्व, समाचार

आइसल्याण्डमा ज्वालामुखी विस्फोट

नेपालअखबार, आइसल्याण्ड । हप्तौँको भूकम्पीय गतिविधिपछि दक्षिण पश्चिम आइसल्याण्डको रेकजानेस प्रायद्वीपमा ज्वालामुखी विस्फोट भएको छ । यसअघि ग्रिनडाभिकका ४ हजार बासिन्दालाई स्थानान्तरण गरिएको थियो । बीबीसीका अनुसार उक्त सहरको उत्तरतर्फ स्थानीय समयअनुसार सोमबार १०ः१७ बजेदेखि ज्वालामुखी विस्फोट हुन सुरु भएको थियो । गत अक्टोबरको अन्त्यदेखि राजधानी रेकजाभिकमा भूकम्पीय गतिविधिहरू महसुस हुँदै आएको थियो । सामाजिक सञ्जालमा साझा गरिएका तस्बिर र भिडियोमा ज्वालामुखीबाट लाभाहरु निस्किरहेको देख्न सकिन्छ । मेट अफिसका अनुसार ज्वालामुखीको जमिनमा परेको प्वाल करिब ३।५ किलोमिटर लामो रहेको छ । त्यहाँबाट १०० देखि २०० क्युबिक मिटर प्रतिसेकेन्डको दरमा लाभा निस्किरहेको छ । कार्यालयका अनुसार पछिल्लो समयको यो सबैभन्दा ठुलो विस्फोट हो ।...
जीवितै फेला परे शक्तिशाली तुफानमा परेका चारमहिने शिशु
विश्व, समाचार, समाज

जीवितै फेला परे शक्तिशाली तुफानमा परेका चारमहिने शिशु

नेपालअखबार, काठमाडौं । अमेरिकाको टेनेसी प्रान्तमा आएको तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला परेका छन् । बीबीसीका अनुसार ती बच्चाकी आमा २२ वर्षीया सिडनी मुरका अनुसार लर्ड नाम गरेका ती शिशुलाई टोर्नेडो (भुमरीसहितको तुफान)ले कोक्रोसहित उडाएको थियो । उनीहरुको मोबाइल घर (एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने सानो घर) लाई पनि तहसनहस पारेको थियो । त्यतिबेला पानी पनि परिरहेको थियो । बच्चाकी आमाले घटना सम्झिँदै भनेकी छन्, ‘बच्चा कोक्रोमा सुतिरहेको थियो । बच्चालाई जोगाउन उसको बुवाले कोक्रो समातेर राखेका थिए । भुमरीले गोलो गरेर घुमाउन थाल्यो र उनीहरुलाई जमिनमा बजार्यो ।’ मैले हाम्रो अर्को एक वर्षको छोरो प्रिन्स्टनलाई समातेकी थिएँ । मेरो मनले भन्यो दौडिएर बच्चालाई ढाक । म उसको माथि झुकेर ढाकें । त्यहीबेला घरको छत खस्यो । म त्यसमा दबिएँ । मलाई श्वास फेर्न गाह्रो भइरहेको थियो ।’ तुफान रोक...
डुंगा दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको मृत्यु
विदेश, विश्व, समाचार

डुंगा दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको मृत्यु

नेपालअखबार, लिबिया । लिबियाको तटमा भएको डुंगा दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको बताइएको छ । युनाइटेड नेसन्स एजेन्सी इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त डुंगा लिबियाको तटीय सहर जुवाराबाट करिब ८६ जना यात्रु लिएर प्रस्थान गरेको बताएको छ। समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना बेपत्ता भएका हुन् । उनको मृत्यु भएको अनुमान गरिएको छ । लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो।  बाँकी २५ जनालाई लिबियाको हिरासत केन्द्रमा पठाइएको पनि बताइएको छ । त्यहाँ उनको स्वास्थ्य उपचार भइरहेको छ । यो वर्ष मात्रै यस्ता प्रयासका क्रममा २ हजार २ सयभन्दा बढीको डुबेर मृत्यु भएको आईओएमको अनुमान छ । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार आईओएमले यो दुर्घटनामा मारिने अधिकांश नाइजेरि...