Tuesday, June 2

विश्व

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने
विश्व, समाचार

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने

नेपालअखबार, काठमाडौं । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् । उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन ।   आर्डर्नले आफ्नो भविष्यबारे केही समयपछि सोच्न प्रतिक्रिया दिएकी छिन् । सन् २०१७ मा प्रधानमन्त्री पद सम्हाल्दा उनी ३७ वर्षकी थिइन् । उनी त्यतिबेला विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनेकी थिइन् । आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौती...
हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु
दुर्घटना, विश्व, समाचार

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

नेपालअखबार, काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।...
क्यालिफोर्नियामा गोली चल्दा ६ महिने बच्चा र आमासहित ६ जनाको मृत्यु
विश्व, समाचार

क्यालिफोर्नियामा गोली चल्दा ६ महिने बच्चा र आमासहित ६ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो । प्रहरी अधिकारी बोउडरेउक्सका अनुसार अभियुक्तले एउटा घरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो। यसको भिडियो टुलारे काउन्टी शेरिफ अफिस (TCSO) को फेसबुक पेजमा पोस्ट गरिएको थियो । मृत्यु हुनेमा १६ वर्षीया आमा र उनको ६ महिनाको बच्चा रहेको उनले बताए ।  यो परिवारलाई जानाजानी निशाना बनाइएको र आक्रमणमा एउटा गिरोह संलग्न रहेको देखिन्छ। एक हप्ता अघि पीडितको घरमा लागूऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो ।...
डोनाल्ड ट्रम्पको कम्पनीलाई १६ लाख डलर जरिवाना ?
विश्व, समाचार

डोनाल्ड ट्रम्पको कम्पनीलाई १६ लाख डलर जरिवाना ?

नेपालअखबार, एजेन्सि । डोनाल्ड ट्रम्पको घर जग्गा कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्। डिसेम्बरमा न्यायाधीशहरूले ट्रम्प संगठनलाई धोखाधडी र व्यापारको रेकर्डमा छलछाम गरेकोमा दोषी करार गरेका थिए । कम्पनी पूर्व राष्ट्रपतिसँगको सम्बन्धका लागि प्रसिद्ध छ तर उनी र उनको परिवार मुद्दाको हिस्सा भने थिएनन् । यस मामलामा आरोपित कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकारी एलन वेसेलबर्ग मात्र थिए । पूर्व राष्ट्रपति र उनका छोराछोरी विरुद्ध न्यूयोर्कमा छुट्टै मुद्दा सहित धेरै आरोपमा मुद्दा चलिरहेको छ। ट्रम्प अर्गनाइजेसनका दुई सहायक कम्पनीहरू - ट्रम्प कर्प र ट्रम्प पेरोल कर्पोरेशन - आफ्ना शीर्ष अधिकारीहरूलाई लक्जरी कार र निजी विद्यालय शुल्कजस्ता अघोषित लाभहरू १५ वर्षसम्म प्रदान गरेकोमा दोषी पाइएको छ । यी सुविधाका कारण तलब घटेको र त्यसका कारण कम्पनीले कम कर तिर्नुप...
अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट
विश्व, समाचार

अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट

नेपालअखबार, एजेन्सि। अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ । बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो । बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ । चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विस्फोट भएको थियो । काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । तालिबान विद्रोही अफगानिस्तानको सत्तामा फर्किएपछि ठूला आक्रमणका घटना हुँदै आएका छन् । ...
अमेरिकाको आन्तरिक उडान पुनः सुरु
विश्व, समाचार

अमेरिकाको आन्तरिक उडान पुनः सुरु

नेपालअखबार, काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो । उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको छ, ‘अहिले विस्तारै विस्तारै सेवा सुरु भइसकेको छ । उडानमा लगाइएको रोक हटिसकेको छ । फ्लाइट क्रूलाई सुरक्षा बारे सूचना दिने नोटिस टु एयर मिसन प्रणालीमा राति खराबी आएको थियो । समस्याको कारण पत्ता लगाउन जाँच चलिरहेको छ ।’ ‘नोटिस टु एयर मिसन’ त्यो प्रणाली हो, जसले कुनै रुटमा कुनै प्रकारको खतराको संकेत देखिए पाइलटलाई पूर्वजानकारी गराउँछ । त्यसमा समस्या आउँदा सुरुमा साइबर हमला भएको हो कि भन्ने आशंका गरिएको थियो । तर ह्वाइट हाउसले त्यो आशंकालाई खारेज गर...
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार
राजनीति, विश्व, समाचार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार

जेपालअखबार, एजेन्सि। पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कार भित्रै बसिरहेका थिए । जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका हुन् । राणा सनाउल्लाह त्यतिबेला पञ्जाब विधानसभाबाट जाँदै थिए । यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केही बेर रोकेका थिए । यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो । पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकार छ । तर, पीएमएल–एन यहाँ आफ्नो मुख्यमन्त्री बनाउने कोसिसमा जुटेको छ । सनाउल्लाहले पत्रकार सम्मेलनमा यो दाबी गरे कि सुरक्षा एजेन्सीहरूले पीएमएल–एन नेताहरूलाई सभामा जानबाट रोकेका थिए, तर उनीहरूले यो गैरकानुनी आदेशलाई मानेनन् ।...
इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प
विश्व, समाचार

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

नेपालअखबार, काठमाडौं । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ । पृथ्वीको ९७ किलोमिटर गहिराइमा गएको यो भूकम्पको धक्का दुई हजार किलोमिटर टाढासम्म महसुस भएको थियो । भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन् ।यसअघि गत नोभेम्बर महिनामा इन्डोनेसियाको जाभा प्रान्तमा ५.६ म्याग्निच्युटको भूकम्प जाँदा ३१८ जनाको मृत्यु भएको थियो भने ६२ हजार भन्दा धेरै व्यक्तिहरु विस्थापित भएका थिए ।...
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड
राजनीति, विश्व, समाचार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड

नेपालअबार, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको स्थानीय मिडियालाई उद्धृत गर्दै लेखेको छ । ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय समाचार रिपोर्टहरूका अनुसार फुटेजमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा प्रवेश गरेको देखाएका छन् । अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्रा...
दाजुको भौतिक आक्रमणमा परेको बेलायतका पूर्वराजकुमार ह्यारीको गुनासो
विश्व, समाचार

दाजुको भौतिक आक्रमणमा परेको बेलायतका पूर्वराजकुमार ह्यारीको गुनासो

नेपालअखबार, बेलायत । राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका बेलायतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन्। आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गरेका हुन् । मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको ह्यारीले संस्मरणमा उल्लेख गरेका छन् । बेलायतका सञ्चारमाध्यममा आफू र आफ्नी श्रीमतीका सम्बन्धमा सार्वजनिक भएका समाचार पनि दाजुभाइबीच बहसको विषय बनेको ह्यारीको यो खुलासाले बेलाइतको राजपरिवारका सदस्यबीचको वैमनस्य नटुङ्गिएको सङ्केत गर्छ । यद्यपि आफ्नी हजुरआमा एलिजाबेथ द्वितीयको निधनका बेला राजकुमार विलियम र ह्यारी सँगै देखिएका थिए । ‘स्पेयर’ शीर्षकको संस्मरणमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएका छन् । लागूपदार्थ सेवन, पहिलो ...