Tuesday, July 14

समाचार

पार्टीका असन्तुष्ट पक्षलाई मिलाएर राख्न ओलीलाई पाण्डेको सुझाव
राजनीति, समाचार

पार्टीका असन्तुष्ट पक्षलाई मिलाएर राख्न ओलीलाई पाण्डेको सुझाव

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमाले भित्रका असन्तुष्ट पक्षलाई मिलाएर राख्न अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । शनिबारदेखि सुरु हुने एमालेको ११ औँ महाधिवेशनबारे प्रतिक्रिया दिँदै पाण्डेले ओलीलाई सुझाव दिएका हुन् । एकता सन्देश सभालाई सम्बोधन गर्न गोरखा पुगेका उनले भने– ‘हामीलाई त पेलेर पार्टीबाट निस्कन बाध्य बनाउनुभयो । तर बाँकी रहेकालाई पनि निस्कन बाध्य नपार्नोस् । सबैलाई मिलाएर राख्नोस् । यही सुझाव छ ।’ नयाँ नेतृत्वको लागि हुन लागेको यो महाधिवेशनबाट पुनः ओलीलाई नै अध्यक्ष बनाउने गरी विधान संशोधन गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह असन्तुष्ट देखिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएपछि अन्तरविरोध चर्किएको छ । महाधिवेशनको पूर्व सन्ध्यामा दुवै पक्षले आ-आफ्ना तयारी थालेका छन् ।...
६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
कर्पोरेट, समाचार

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

नेपालअखबार,काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा ५ अर्ब २८ करोड , विकास बैंकमा ९९ करोड र वित्त कम्पनीमा ३३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ । १८ डिसेम्बर २०२५ देखि १८ डिसेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष...
नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरे
राजनीति, समाचार

नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरे

नेपालअखबार,काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेका थिए । लगत्तै शपथग्रहण गराइएको हो । मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।...
राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ : सञ्चारमन्त्री खरेल
राजनीति, समाचार

राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ : सञ्चारमन्त्री खरेल

नेपालअखबार,काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने बताएका छन् । शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए ।  राजनीतिलाई नीतिहरुको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरुको उपस्थिति अनिवार्य रहेको उनले बताए । घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेकोमा उनले आपत्ति जनाए ।...
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
समाचार, समाज

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति

नेपालअखबार,दाङ । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । शुक्रबार बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा ६७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो । यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । आगलागीको कारण पहिचान हुन नसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी
प्रशासन, समाचार, समाज

सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी

नेपालअखबार,काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ। सेनाले शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न प्राविधिक पदहरूमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको हो। सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्म विभिन्न संख्यामा प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। सेनाले स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक र हवाईतर्फ कर्मचारी पदपूर्ति गर्न लागेको हो। इच्छुक र योग्यता पुगेका नेपालीहरूले आजदेखि पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर पदअनुसार ४००, ३०० र २०० रूपैयाँ तोकिएको छ। अन्य समूहमा दरखास्त दिँदा थप २० प्रतिशत शुल्क लाग्नेछ। विज्ञापनः...
२१ इन्स्पेक्टर र ४३८ असई भर्ना गर्दै नेपाल प्रहरी, खुल्यो आवेदन
प्रशासन, समाचार

२१ इन्स्पेक्टर र ४३८ असई भर्ना गर्दै नेपाल प्रहरी, खुल्यो आवेदन

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा दरखास्त आह्वान गरेको हो। प्रहरीले २१ जना इन्स्पेक्टर र ४३८ जना असईका भर्नाका लागि आवेदन मागेको हो। इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ। दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ। दरखास्त दस्तुर इन्स्पेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ पनि आवेदन दिँदा प्रत्येक समूहका लागि थप २४० रूपैयाँ लाग्नेछ। असईतर्फको दरखास्त पेस गर्दा ५०० रूपैयाँ र एक भन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप १०० रूपैयाँ शुल्क लाग्नेछ। इन्स्पेक्टरका लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ...
जापानको उत्तर-पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
विदेश, समाचार, समाज

जापानको उत्तर-पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

नेपालअखबार,टोकियो । जापानको उत्तर-पूर्वी क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। स्थानीय समयअनुसार बिहान ११:४४ बजे गएको यो भूकम्पको गहिराइ २० किलोमिटर रहेको थियो। भूकम्पको केन्द्रविन्दु आओमोरी प्रिफेक्चरको पूर्वी तटबाट टाढा रहेको छ। जेएमएले जापानको पूर्वी तटका केही भागहरूका लागि सुनामीको चेतावनी जारी गरेको छ। सुनामीको लहर एक मिटर (३.३ फिट) सम्म पुग्न सक्ने चेतावनी एजेन्सीले दिएको छ। जेएमएका अनुसार आओमोरी प्रिफेक्चरको हाचिनोहे सहरमा २० सेन्टिमिटर (८ इन्च) को सुनामी लहर रेकर्ड गरिएको छ जापानको आपत्कालीन चेतावनी एप एनईआरभीका अनुसार आओमोरी प्रिफेक्चरको मुत्सु सहरमा करिब ६,००० मानिसहरूलाई सुरक्षित स्थानमा जानका लागि सूचना जारी गरिएको छ यो भूकम्प यसै हप्ताको सुरुमा सोही क्षेत्रमा गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको हो, ज...
सुन तोलामा ३ हजार ५ सय बढ्यो
अर्थ, समाचार

सुन तोलामा ३ हजार ५ सय बढ्यो

नेपालअखबार,काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ । असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ । चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।अघिल्लो दिनको तुलनामा चाँदी १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।...
प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने : विश्वप्रकाश शर्मा
राजनीति, समाचार

प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने : विश्वप्रकाश शर्मा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने महामन्त्री शर्माको भनाइ छ । महामन्त्री शर्माले वैशाखमा निर्वाचनको मिति सार्दा स्वभाविकै हुनुका तीन कारण प्रस्तुत गरेका छन् । जेनजीलाई अपनत्व महसुस गराउन, निर्वाचन वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई सहज बनाउन वैशाखसम्म मिति सार्दा स्वभाविकै हुने उनको तर्क छ । शर्माले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘GenZ समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्राला...