Tuesday, July 14

समाचार

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
समाचार, समाज

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

नेपालअखबार,भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए । अन्य क्रसर उद्योगहरु अनुगमन भइरहेको उनको भनाइ छ । “हामीले जिल्ला सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ”, प्रमुख थुलुङले भने, “कानुन विपरीत रहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ । अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटमा रहेको क्रसर उद्योगलाई बन्द गराएका छौँ ।” यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खन...
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भेटे स्टार्मर, म्याक्रो र मर्त्ज
राजनीति, विश्व, समाचार

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भेटे स्टार्मर, म्याक्रो र मर्त्ज

नेपालअखबार,काठमाडौं । लामो समयदेखि रूससँगको युद्ध सामना गरिरहेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो र जर्मनीका चान्सलर फ्रिड्रिख मर्त्जसँग भेटवार्ता गरेका छन् । उनले सोमबार लन्डनमा बेलायती प्रधानमन्त्री स्टार्मर, फ्रन्सेली राष्ट्रपति म्याक्रो र जर्मन चान्सलर मर्त्जसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा पछिल्लो साता युक्रेनी र अमेरिकी अधिकारीका तर्फबाट तयार गरिएको एक नयाँ शान्ति प्रस्तावमा चर्चा भएको बीबीसीले जनाएको छ । युरोपियन देशका नेताहरूले युद्ध समाप्तिको दिशामा कदम अगाडि बढाउनका लागि युक्रेनलाई समर्थन बढाउने र रूसमाथि दबाव बनाउने ‘अहम् समय’ भएको बताएका छन् । अमेरिकाले युक्रेनमाथि रूससँग सम्झौताका लागि दबाव सिर्जना गरिरहेको भन्दै उनीहरूले युक्रेनको सुरक्षा सुनिश्चितताका अझै काम गर्न आवश्यक र...
द्वन्द्वग्रस्त पूर्वमा शान्ति र स्थिरता पुनःस्थापित गर्न चाहन्छौँः कंगो
राजनीति, विदेश, समाचार

द्वन्द्वग्रस्त पूर्वमा शान्ति र स्थिरता पुनःस्थापित गर्न चाहन्छौँः कंगो

नेपालअखबार,काठमाडाैँ । लोकतान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स शिसेकेदीले द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा शान्ति सुदृढीकरणका लागि प्रमुख प्राथमिकताहरू रेखांकित गरेका छन् । दिगो स्थिरताको लागि सुरक्षा उपायहरू र दीर्घकालीन समुदाय पुनप्र्राप्ति दुवै आवश्यक रहेको उनको भनाइ छ । राष्ट्रिय सभा र सिनेट समक्ष राजधानी किन्शासामा एक राष्ट्रिय सम्बोधनमा शिसेकेदीले सरकारको प्रमुख उद्देश्य कंगोली क्षेत्रबाट सबै विदेशी सशस्त्र सेनाहरूको पूर्ण र प्रमाणित फिर्ता रहेको बताए । यस्तो फिर्ता राष्ट्रिय सार्वभौमसत्ता पुनस्र्थापित गर्न र तनाव कम गर्न अवस्था सिर्जना गर्न आवश्यक रहेको बताए । राष्ट्रपतिले नागरिकहरूको सुरक्षा र नवीकरण गरिएको लडाईंबाट प्रभावित क्षेत्रहरूमा निर्बाध मानवीय पहुँच सुनिश्चित गर्ने आवश्यकतालाई पनि जोड दिए । संयुक्त राष्ट्र संघकाअनुसार जनवरी २०२५ देखि २.४ मिलियन भन्दा बढी मानिस...
१० वर्षपछि पक्की भवनमा पठनपाठन
शिक्षा, समाचार, समाज

१० वर्षपछि पक्की भवनमा पठनपाठन

नेपालअखबार,कालिकोट । श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पुर्याएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए । भूकम्प गएको करिब १० वर्षपछि विद्यालयको हाताभित्र नयाँ तीनकोठे पक्की भवन तयार भएको हो । नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा विद्यालय भवन बनाउन सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले भवन बनाउन सहयोग गरेको हो । विद्यालयका शिक्षिका रञ्जना अधिकारीका अनुसार विसं २०६४ मा स्थापना भएको सो विद्यालयमा हाल ४० बालबालिका ...
तत्कालीन नेकपा समाजवादी निकट रिटर्नी एशोसिएसनद्वारा शैक्षिक सामग्री वितरण
समाचार, समाज

तत्कालीन नेकपा समाजवादी निकट रिटर्नी एशोसिएसनद्वारा शैक्षिक सामग्री वितरण

नेपालअखबार,बारा । परवानीपुर गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, गौनहरीमा आयोजना गरिएको विशेष समारोहमा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। उक्त वितरण कार्यक्रम तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठन नेपाल रिटर्नी एशोसिएसनद्वारा सम्पन्न गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिटर्नी एशोसिएसन (समाजवादी)का केन्द्रीय अध्यक्ष प्रवीण पौडेलले शैक्षिक सामग्री वितरणसँगै विद्यार्थीहरूलाई अनुशासन, सरसफाई, नियमित अध्ययन, घरायसी काममा सहयोग गर्ने बानी, फोहर उचित स्थानमा राख्ने, सानालाई माया र ठूलालाई सम्मान, नियम पालना गर्ने जस्ता मूल्य मान्यताले नै असल नागरिक निर्माण हुने उल्लेख गरे। उनले तयार पारेको १९ बुँदे प्रेरणादायी संदेश पनि विद्यार्थीहरूलाई लिखित रूपमा प्रदान गरिएको थियो। सोही कार्यक्रममा तत्...
फागुन २० गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने
प्रशासन, समाचार

फागुन २० गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते १८ वर्ष पुग्नेलाई मतदान गर्न दिने निर्णय गरेको छ। सोमबार बसेको आयोगको बैठकले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई 'कट अफ डेट' निर्धारण गर्ने निर्णय गरेको हो। आयोगले मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि समय दिएको थियो। त्यो समयावधिभित्र नामावलीमा नाम दर्ता गराउनेमध्ये फागुन २० गतेसम्म १८ गते पुग्ने अवस्थामा मतदान गर्न पाउने भएको हो। त्यस दिनभन्दा पछि १८ वर्ष पुग्नेले भने यसपालि मतदान गर्न पाउने छैनन्। मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत संकलन भएको मतदताको विवरण आयोगले आफ्नो वेबसाइटमा राखेको छ। मंसिर २६ गतेसम्म उक्त नामावलीमा भएको त्रुटिलाई सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक...
पोखरेल समूहको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टीमा बुझाइँदै
राजनीति, समाचार

पोखरेल समूहको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टीमा बुझाइँदै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउने भएका छन् । आजै दिउँसो पार्टी केन्द्रीय कार्यालयमा अवधारणापत्र बुझाउने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष पाण्डेले बताए । ‘आजै हामी हाम्रो समूहको तर्फबाट कमरेड ईश्वर पोखरेलको अगुवाइमा अवधारणापत्र सार्वजनिक गर्दैछौं । त्यो हामी पार्टी कार्यालय वा अध्यक्षलाई दिएर पत्रकार सम्मेलन गर्दैछौं,’ उनले भने ।नेतृत्व परिवर्तनको निष्कर्षसहितको तयार पारिएको उक्त दस्तावेज पार्टी कार्यालयमा बुझाइन लागेको हो ।...
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु
प्रशासन, समाचार, समाज

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

नेपालअखबार,चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मंसिर २१ गतेदेखि २८ गतेसम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो । उनले भने, “हरेक वर्ष गोही नदीमा छाडिन्छ, तिनको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको हो ।” राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । ती गोहीको सङ्ख्याका लागि गणना गर्न लागिएको हो । थापाका अनुसार राप्ती नदीको लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाटको राप्ती नदीसँगको सङ्गमस्थलसम्म गणना गरिने छ । गोही गणनाका लागि निकुञ्जका प्राविधिक, नेपाली सेना र बोटे समुदायका व्यक्ति परिचालन गरिएको उनले बताए । उनले भने, “ग...
तीन महिनापछि  नख्खु कारागारबाट भागेका कैदीबन्दी पक्राउ
प्रशासन, समाचार

तीन महिनापछि नख्खु कारागारबाट भागेका कैदीबन्दी पक्राउ

नेपालअखबार,विराटनगर । जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीबन्दीलाई प्रहरीले तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते भदौ २४ नख्खु कारागारबाट फरार भएका थिए । आन्दोलनको क्रममा सिर्जना भएको असहज परिस्थितिको फाइदा उठाउँदै उनी भाग्न सफल भएका थिए । लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित एक स्थानमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।...
भालुको आक्रमणबाट दुई जना घाइते
समाचार, समाज

भालुको आक्रमणबाट दुई जना घाइते

नेपालअखबार,रसुवा । जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन् । उनीहरूलाई सोमबार बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए । निजी जमिनमा घाँस काटी रहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयबासिन्दाले बताएका छन् । भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।...