Wednesday, November 25

समाचार

पाेखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार
समाचार, समाज

पाेखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

नेपाल अखबार, पाेखरा । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ । उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ । प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।...
गण्डकी प्रदेशमाथपिए १८ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमाथपिए १८ जना कोरोना संक्रमित

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज चितवन र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमित पुष्टि भएको हो । नवलपुरको गैडाकोट नगरपालिका वडा नं २ मा ३८ र २५ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा नं ८ मा ४२ र २८ वर्षीय पुरुष, नवलपुरकै कावासोती नगरपालिका–३ मा १० र वडा नं १६ मा ३६ वर्षीय पुरुष र नवलपुरको देबचुली नगरपालिका १७ मा ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै गोरखाको शहिद लखनथापा गाउँपालिका–१ म ५२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लाको राईनास नगरपालिका–४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पष्टि भएको छ । त्यस्तै तनहुँको व्यास नगरपालिका–१३ मा ६० वर्षीया महिला, व्यास ७ मा २७ वर्षीय पुरुष, वडा नं १ मा ४१ र २४ वर्षीय पुरुष, वडा नं ३ मा ३२ वर्षीय पुरुष, वडा नं ३ मा ३२ र ४५ वर्षीया मह...
इलाम बन्यो कोरोना शून्य जिल्ला
प्रदेश १, समाचार, स्वास्थ्य

इलाम बन्यो कोरोना शून्य जिल्ला

नेपाल अखबार, इलाम । कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो । जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउम...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

नेपालअखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन्। मृत्यु हुनेमा भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ४८१ पुगेको छ। यो कूल संक्रमितको ०.६५ प्रतिशत हो।...
काठमाडौँ उपत्यकामा एकैदिन ८१७ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा एकैदिन ८१७ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैंँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो। आइतबार उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो।...
पौडेलसहित काँग्रेसका २७ केन्द्रीय सदस्यले बुझाए देउवालाई विरोधपत्र
राजनीति, समाचार

पौडेलसहित काँग्रेसका २७ केन्द्रीय सदस्यले बुझाए देउवालाई विरोधपत्र

नेपाल अखबार, काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमहामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका २७ केन्द्रीय सदस्यले सोमबार सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर नेताहरुले देउवालाई हस्तान्तरण गर्नेगरी सो विरोधपत्र दर्ता गराएका हुन् । विरोधपत्रमा पार्टी विधानसम्मत सञ्चारन गरी १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष ढंगले गर्न माग गरिएको छ । ‘नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । विधानतः चार बर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर चार वर्षको कार्यकाल भित्र महाधिवेशनको कुनै तयारी भएन । हामीले समयावधि भित्रै महाधिवेशनको लागि निरन्तर आवाज उठायौं, तर सभापतिज्यूले यसबारे कुरै सुन्न चाहनु भएन’, पत्रमा भनिएको छ, ‘त्यसैले ती प्रयास निरर्थक भए । जब चार वर्षको वैधानिक कार्यकाल सकियो, अनि कुनै त्यस्त...
मन्त्रीमण्डल पुनर्गठनबारे ओली–प्रचण्डबीच अझै जुटेन सहमति
राजनीति, समाचार

मन्त्रीमण्डल पुनर्गठनबारे ओली–प्रचण्डबीच अझै जुटेन सहमति

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार भएको भेटवार्तामा पनि सहमति जुट्न सकेन । मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । सोमबार साढे १ घण्टा दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि ठोस सहमति बन्न नसकेको हो । छलफल जारी राख्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रिमण्डल गठनमा ढिलाइ भएको हो । मन्त्रिमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।...
थप १३ सय ५१ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

थप १३ सय ५१ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गैतमले देशभरमा थप १ हजार ३५१ जनामा कोरोन संक्रमण पुष्टि भएको जानकारी दिए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ। संस्थागत आइसोलसनमा ८ हजार ६९५ रहेको उनले जानकारी दिए। पछिल्लो २४ घण्टामा १० हाजर ८० पीसीआर परीक्षण भएको थिो। त्यस्तै पछिल्ले २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगको छ।...
अमेरिकाको टेक्ससमा धाराको पानीमा पाइयो मानिसको गिदी खाने घातक जीवाणु, प्रयोग नगर्न चेतावनी
विश्व, समाचार

अमेरिकाको टेक्ससमा धाराको पानीमा पाइयो मानिसको गिदी खाने घातक जीवाणु, प्रयोग नगर्न चेतावनी

नेपाल अखबार,एजेन्सि। अमेरिकाको टेक्सस राज्यमा पर्ने लेक ज्याक्सन भन्ने सहरका धारामा आउने पानीमा मानिसको गिदी खाने घातक जीवाणु भेटिएका छन्। परीक्षण गर्दा खानेपानीमा नेग्लेरिया फाउलेरी नामको जीवाणु पाइएको र त्यसले मानिसको मस्तिष्कमा संक्रमण गर्न सक्ने भन्दै धाराको पानी प्रयोग नगर्न त्यहाँका बासिन्दालाई चेतावनी दिइएको छ। लेक ज्याक्सनका अधिकारीले वितरित पानीलाई संक्रमणरहित बनाउने क्रम जारी रहेको जनाएका छन्। तर यो काम कहिलेसम्म पूरा हुन्छ भन्न नसकिने उनीहरूको भनाइ छ। त्यस्तो पानी प्रयोग गर्नै परे राम्रोसँग उमालेर मात्र पिउन अधिकारीले सुझाव दिएका छन्। नुहाउँदासमेत पानी नाकभित्र नपरोस् भनेर सतर्कता अपनाउन चेतावनी दिइएको बीबीसीले जनाएकाे छ।...
भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो
विश्व, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

नेपाल अखबार,एजेन्सि । भारतमा कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित हुनेको संख्या ६० लाखभन्दा बढी पुगेको छ। गएको २४ घण्टामा भारतमा ८२ हजा १७० नयाँ कोरोना संक्रमित थपिएसँगै भारतमा ६० लाखभन्दा बढीमा कोरोना पुष्टि भएको हो। यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ६० लाख ७४ हजार पुगेको छ। यस्तै भारतमा एकैदिनमा एक हजार ३९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यससँगै यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ। भारत कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको विश्वकै दोस्रो मुलुक हो। भारतभन्दा बढी संक्रमित राष्ट्र भने अमेरिका हो। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार त्यहाँ ७० लाखभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ। एजेन्सी...