Monday, November 23

समाचार

पोखराका ६६ जना सहित गण्डकी प्रदेशमा ७४ जना कोरोना संक्रमित थपिए
प्रदेश ५, समाचार, स्वास्थ्य

पोखराका ६६ जना सहित गण्डकी प्रदेशमा ७४ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका ६६ जना सहित गण्डकी प्रदेशमा ७४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । निर्देशनालयका अनुसार पोखराको वडा नं १५मा कार्यरत २० वर्ष देखि ४८ वर्ष उमेर समुहका ३९ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु एक ३६ वर्षिया महिला प्रहरीमा सङक्रमण पुष्टि भएको जनाएको छ । त्यसै गरि निर्देशनालयले पोखरा ४ का २० र ५३ वर्षिया महिला, पोखरा ८ का ३८ वर्षिया महिला तथा २१, ३४ र ३९ वर्षिय पुरुष, पोखरा १० का १९ वर्षिय पुरुष तथा २६ वर्षिया महिला, पोखरा १४ का ३५ वर्षिय पुरुष, पोखरा १५ का १८, २१, ३५, ३७ र ३९ वर्षका पुरुष, पोखरा १७ का ३७ वर्षिय पुरुष, पोखरा २३ का १३ वर्षिय वालक, पोखरा २७ का १५ र १८ वर्षिय पुरुष, पोखरा २९ का ४० वर्षिय पुरुष तथा २५ वर्षिया महिला, पोखरा ३१का ३५ र ५० वर्षका पुरुष तथा ४३, ४५ र ७२ वर्षिया महिला एवम पोखरा ३३ की ४३ वर्षिया महिल...
उपत्यकामा पछिल्लो २४ घण्टामा थप आज ६१८ जना कोरोना संक्रमित थपिए
समाचार

उपत्यकामा पछिल्लो २४ घण्टामा थप आज ६१८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौँ  । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उपत्यकाका काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। बुधबार उपत्यकामा ७३७ जनामा कोरोना पुष्टि भएको थियो।...
पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय ४६ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय ४६ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ। संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९०३ रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ६४१ पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा अहिलेसम्म ८ लाख ८२ हजार ९१५ पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।...
गण्डकी प्रदेशमा कोरोनासँगै डेङ्गु र स्क्रब टाइफसको संक्रमण बढे
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोनासँगै डेङ्गु र स्क्रब टाइफसको संक्रमण बढे

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण समेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपी गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका समेत बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्र्देशनालयले गत वर्ष पुष १६ देखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ । म्याग्दीमा सबैभन्दा बढी डेङ्गुु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यसअवधिमा म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ । कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक÷एक जना डेङ्गुका बिरामी भेटिएका छन् । त्य...
गण्डकी प्रदेशमा ४० भन्दा बढी ऐनकानून निर्माण भइसकेका छन् : मन्त्री चुमान
प्रदेश ४, प्रशासन, समाचार

गण्डकी प्रदेशमा ४० भन्दा बढी ऐनकानून निर्माण भइसकेका छन् : मन्त्री चुमान

वासुदेव पौडेल, पाेखरा । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । संविधानतः गठित सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना कामकारवाही अघि बढाइरहेका छन् । सरकारले संविधान घोषणा गरिएको दिन प्रत्येक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसकै रुपमा संविधान दिवस मनाउँदै आएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयनमा अधिकारको बाँडफाँटलगायत विषयमा अझै पनि कतिपय अस्पष्टताले समस्या ल्याउने गरेको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता वर्तमान संविधानसमेत गरी सात संविधान जारी भइसकेका छन् । राज्यको मूल कानून संविधानकै मर्म र भावनानुरुप अन्य कानून निर्माण हुने संवैधानिक प्रचलन छ । वर्तमान संविधानले २५० वर्षदेखिको एकात्मक र...
ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ
विश्व, समाचार

ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्। स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन्। उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको पनि बताए। ‘कोरोना भाइरसविरुद्धको खोप तयार हुँदैछ, मैले आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्नसक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’ उनले भने। यद्यपी उनले कोरोनाको खोप कहिलेदेखि वितरण गर्न सकिन्छ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको पनि बताएका छन्। उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने जिकिर गरेका छन्। कोरोनाभाइरसबाट अति प्रभावित भए...
बागलुङको बरेङमा घर जलेर नष्ट
समाचार, समाज

बागलुङको बरेङमा घर जलेर नष्ट

नेपाल अखबार ,बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्ची घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उहाँको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उहाँले बताउनुभयो । रासस...
म्याग्दी कोरोनामुक्त जिल्ला
समाचार, समाज

म्याग्दी कोरोनामुक्त जिल्ला

नेपाल अखबार, गलेश्वर । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि म्याग्दीमा पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो । सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजा बुधवार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ । रासस...
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
समाचार, हाइलाइट-समाचार

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नेपाल अखबार, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४:३० बजे पहिरो खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ :४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। सो सडकमा सोमबार रातिदेखि पटक/पटक पहिरो खस्दै आएको छ। रासस...
‘५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक’
अर्थ, समाचार

‘५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक’

नेपाल अखबार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा छाता संगठन ‘वायुसेवा सञ्चालक संघ नेपाल’ (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको छ । एओएएनले एयरक्राफ्टमा ५० प्रतिशत मात्रै यात्रु राख्ने र ५० प्रतिशत भाडादर बढाउने सरकारको निर्णय व्यवहारिक नभएको बताएको हो । एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एयरक्राफ्टमा पूर्ण क्षमतामा यात्रु राखि पुरानै भाडादरमा सञ्चालन गर्न दिएमात्रै आफुहरुले उडान सूचारु गर्न सक्ने बताए । अध्यक्ष थापाले संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको पनि स्पस्ट पारे । उनले ५० प्रतिशत यात्रु बोक्नै पर्ने भए सरकारले सहुलियत प्रदान गर्नुपर्ने बताए । सरकारले कुन आधारमा यात्रुसँग ५० प्रतिशत बढी भाडा लिन र एयरक्राफ्ट भित्र ५० प्रतिशत यात्रु राख्न भन्यो आफूहरुले बुझ्न नसकेको थापाको भनाइ छ । एयरलाइन्स घाटामा गएपनि ...