Monday, November 23

समाचार

चितवनमा कोरोना सङ्क्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी
प्रदेश ३, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चितवनमा कोरोना सङ्क्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

नेपाल अखबार, चितवन। जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । सङ्क्रमित  स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र  अस्पताल प्रशासन हेर्ने छन् । कूल सङ्क्रमितमध्ये २४ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार सात चिकित्सक, ३३ नर्स, एक पारामेडीक्स र पाँच एटेण्डर ९सहयोगी० गरी ४६  सङक्रमित भएकामा दुई जना निको भएका छन् । दोस्रो धेरै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४३  सङ्क्रमित भएका छन् । अस्पतालका सूचन...
झापाका एक जनाको विभत्स हत्या
समाचार, समाज

झापाका एक जनाको विभत्स हत्या

नेपाल अखबार, झापा। झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जङ्गलभित्र बिभत्स हत्या गरिएको एक युवाको शव फेला परेको छ । बुधबार बिहान फेला परेको शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । मङ्गलबार साँझदेखि हराएका उनलाई जङ्गलभित्र लगेर कसैले हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । उनको धारिलो हतियारले टाउको छिनाएको र शरीरका विभिन्न भाग काटिएको अवस्थामा छ । सङ्घीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताए । उनको शव पोस्टमार्टमका लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ ।रासस...
अनुदानको मलमा कालोबजारी, चर्को मूल्यमा खरिद गर्न बाध्य
कृषि, प्रदेश २, समाचार

अनुदानको मलमा कालोबजारी, चर्को मूल्यमा खरिद गर्न बाध्य

नेपाल अखबार, वीरगन्ज । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य  छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जमा तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका हुन् । प्रतिबोरा सात सयमा बिक्री गर्नुपर्ने मल स्थानीय व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गरेका छन् ।  सात सय रुपैयाँ प्रतिबोरा पाउने युरिया मल किसानले एक हजारदेखि १५ सयसम्म खरिद गर्न बाध्य भएको पर्सा रामगढबाका किसान शेषमन पण्डितको भनाइ छ । एकातिर सरकारी अनुदानको मलको अभाव हुनु र अर्कातिर भारतबाट तस्करी भई नेपाल भित्रिने गुणस्तरहीन मलको बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको अर्का किसान विजय पण्डितको गुनासो छ । पर्साका ग्रामीण क्षेत्रमा मल बेच्ने व्यापारीको भने आफ्नै...
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय
प्रशासन, समाचार

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले जानकारी दिए । निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । ललितपुरका प...
करेन्ट लागि १ जनाको मृत्यु
समाचार, समाज

करेन्ट लागि १ जनाको मृत्यु

नेपाल अखबार,म्याग्दी । म्याग्दीमा  करेन्ट लागि १ जनाको मृत्यु  भएकाे छ ।   जिल्ला म्याग्दी बेनी नगरपालिका-९ काउले गौडा बस्ने कृण्ण चोखालको श्रीमती बर्ष २६ की शिवा चोखाल आफ्नै घर नजिक रहेको फुल टिप्ने क्रममा विद्युत लाईन लिक भई करेन्ट लागि उपचारको लागि बेनी अस्पताल उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जानकारी दिएकाे छ । घटनाको विषयमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।...
स्याङ्जामा अवैध भरुवा बन्दुक फेला
समाचार

स्याङ्जामा अवैध भरुवा बन्दुक फेला

नेपाल अखबार, स्याङ्जा  । स्याङ्जामा  हतियार बरामद भएकाे छ । जिल्ला स्याङ्जा पुतलीवजार नगरपालिका-८ बाहकोट स्थित बस्ने वर्ष ३३ को अमित सिंह ठकुरी  पक्राउ । अमित सिंह ठकुरी घरमा हातहतियार लुकाएर राख्यकाे  गोप्य सूचनाकाे अाधारमा खोजतलास गर्ने क्रममा सुत्ने कोठामा लुकाई छिपाई राखेको अवैध भरुवा बन्दुक थान १ सहित फेला  परेकाे  प्रहरीले जानकारी दिए ।  जिल्ला प्रहरी  स्याङ्जाले  ठकुरीलाई  नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।...
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन
समाचार, समाज

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

नेपाल अखबार, पोखरा  ।  युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको भएतपानि योपटक कोरोना महामारीका कारण मुलुकभरका अस्पतालहरुमा रगत अभाव भएसंगै पोखरामा पनि रगतको अभाव सिर्जना भएपछि क्लवले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको क्लवका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले जानकारी दिए । पहिलो रक्तदाता डाक्टर आशिष श्रेष्ठलाई क्लवका अध्यक्ष लालकाजी गुरुङले ब्लडब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको क्लवका महासचिव शान्त बहादुर थापाले ज...
श्रृंगार सामाग्रीविक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग
समाचार, समाज

श्रृंगार सामाग्रीविक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग

नेपाल अखबार, पाेखरा।  पितृ पक्षशुभारम्भको दिनपारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्ध बृद्धाहरुका लागिखाद्यान्न सहयोग गरेका छन । सम्पूर्ण पितृहरुको सम्झनागर्दै पोखराको विरौटामा रहेको उक्तआमा समूहकादुईजनासदस्यले बुधबार पोखरा १७स्थितपोखरा बृद्धाश्रममानुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्कलगायतका सामाग्रीहरु वितरण गरेको समूहकाअध्यक्षनन्दकुमारी गुरुङले जानकारी दिईन् । कोरोनामहामारीको विषम परिस्थितिमा बृद्ध बृद्धाहरुका लागि सहयोग पुगोस भन्ने उद्धेस्यका साथ समूहमा आवद्ध पवित्रापोखरेल र अञ्जु क्षेत्रीले करिब २० हजार बराबरको सामाग्रीप्रदान गरेकाहुन् । बन्दाबन्दीकै समयमाउनीहरुले श्रृंगारका सामाग्रहीहरु, चुरा, पोते, तथाकुशन र गुडियाबनाएर विक्रिी गरेकाथिए । र तीसामाग्रीहरु बेचेर आएको आम्दानीबाट बृद्धाश्रममा सहयोग गरेको समूहकासल्लाहकार देविथापाले बताईन् ।सदस्यहरुले आफूहरुको पहिलो कमाइ न...
कोरोनाबाट मृत्यु हुनेको संख्या २५१
समाचार, स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या २५१

नेपाल अखबार, पाेखरा । देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ । यसैगरी बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । यसैगरी  आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै लसम्म देशभर कोरोना निको ह...
देशभर ११२० कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर ११२० कोरोना संक्रमित थपिए

नेपाल अखार, पाेखरा। बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् । यसैगरी बितेको २४ घण्टामा  १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।...