Monday, November 23

समाचार

आज शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु
समाचार, स्वास्थ्य

आज शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै शनिबार काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।...
बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ
प्रदेश २, समाचार, स्वास्थ्य

बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

इरफान अली, बीरगञ्ज। स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ ।   “एक घर एक पीसीआर परीक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वा टोला श्रीर्सिया पुगेको थियो । त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब संकलन गराएका थिए । बीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजारा पनि पीसीआर परीक्षणका लागि आफ्नो स्वाब संकलन गराउन गएका थिए । बीरगञ्ज महानगरपालिकाको “एक घर एक पीसीआर परीक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मी...
पाेखरामा चोरीका सामान सहित मानिस पक्राउ
समाचार

पाेखरामा चोरीका सामान सहित मानिस पक्राउ

नेपाल अखबार, पाेखरा। कास्की प्रहरीले चोरीको आरोपमा दुई युवायुवतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुख स्थित जयगंगामार्ग निवासी ठाकुरप्रसाद पोख्रेलको घरमा चोरी गर्ने दुई व्यक्ति पक्राउ परेको कास्की प्रहरीले जनाएको हो । घरधनी पोखरेल अष्ट्रेलिया रहेको बेलामा घरको चावी फोरी घरभित्र रहेका सामाग्रीहरु चोरी गर्ने  पोखरा–१२ निवासी २३ वर्षीय सन्तोष लामिछाने र  २० वर्षीया रोशनी थापामगर (लामिछानेलाई ) शुक्रबार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो । डिएसपी हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको  टिभी, क्यामेरा,कुकर, भाडावर्तन, लत्ताकपडा गरी  १  लाख ९५ हजार ५ सय ५० रुपैयाँ बराबरको चोरीको  सामान बरामद गरेको छ । पक्राउ परेकाहरु उपर चोरी तथा डाँका कसुरमा म्याद थप गरी अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ  ।...
नवलपरासीमा पुरुष शव फेला
समाचार

नवलपरासीमा पुरुष शव फेला

नेपाल अखबार, नवलपरासी । नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका-११ भेडाबारी पितौजीघाट स्थित नारायणी नदीको किनारबाट  शव फेला  परेकाे प्रहरीले जानकारी दिएकाे छ  । अन्दाजी वर्ष  २५/३० को पुरुष  मृतकाे हालसम्म नाम, थर, वतन, नखुलेकाे प्रहरीले  जनाएकाे छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको  नवलपरासी  जिल्ला प्रहरीले जानएकाे छ  ।...
काठमाडौँमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको पुष्टि

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबारको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडाँ १५५ ललितपुर १९ र भक्तपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।...
पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबारको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेका छन्। प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३१३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ।...
पाकिस्तानमा भिषण बाढी र पहिरोमा परी ३० जनाको मृत्यु
विदेश, समाचार

पाकिस्तानमा भिषण बाढी र पहिरोमा परी ३० जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि ।  पाकिस्तानमा भिषण बाढी र पहिरो आएको बताइएको छ। केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो। पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पु¥याएको समाचारमा जनाइएको छ। प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार र शुक्रबार जारी रहेको अविरल वर्षा र त्यसपछिको बाढीले गर्दा त्यहाँ कम्तीमा पनि ३० जना नागरिकको ज्यान गएको बताइएको छ। पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा गएको कम्तीमा पनि ९० वर्षको रेकर्डभन्दा पनि बढी वर्षा भएको छ। कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो। भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पु¥याएको छ। त्यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ। बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भ...
भारतमा एकैदिनमा ७६ हजार कोरोना संक्रमित थपिए
विश्व, समाचार, स्वास्थ्य

भारतमा एकैदिनमा ७६ हजार कोरोना संक्रमित थपिए

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ। मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म सङ्क्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ। कुल सङ्क्रमितमध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्रमणमुक्त भएका छन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना सङ्क्रमित भएका छन्। त्यसैगरी दोस्रो धेरै प्रभावित भएकोे अन्द्र प्रदेशमा ९६ हजार १९१ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। रासस/एएनआई...
दशैँ पछाडि मात्र त्रिविको वार्षिक परीक्षा
शिक्षा, समाचार

दशैँ पछाडि मात्र त्रिविको वार्षिक परीक्षा

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।” उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ । चैतसम्म सबै बाँकी रहेका प...
पोखरामा ५८ वर्षीय पुरुषको कोरोना सङक्रमितबाट मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ५८ वर्षीय पुरुषको कोरोना सङक्रमितबाट मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरामा शनिवार थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पेटको  शल्यक्रियाका लागि यहि भदौ ८ गते उनी अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिन भदौ ८ गते परीक्षणमा गरिएकोमा भदौ १० गते आएको नतिजामा उनी कोरोना सङक्रमण भएको पाइएको अस्पतालका निर्देशक सह प्रा डा. अर्जुन आचार्यले बताए । कोरोना सङक्रमण भएको फेला परेपछि उनलाई प्रतिष्ठान अन्तरगतको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहे थियो । उपचारकै क्रममा उनको आज विहान ११ बजे मृत्यु भएको निर्देशक प्राडा आचार्यले बताए । कोरोना सङक्रमण भइ कोभिड १९ उपचार केन्द्रमा मृत्यु हुनेको सँख्या ७ पुगेको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको सँख्या १२ पुगेको छ ।...