Monday, November 23

समाचार

काठमाडौं  उपत्यकामा २२४ संक्रमित थपिए
समाचार, समाज

काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्रै १७७ जना रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट  थप एकजनाकाे  मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाकाे मृत्यु

नेपाल अखबार, पोखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । गत असार १७ गते उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका म्याग्दीको धवलागिरी गाउँपालिका–४ का ४७ दिनका नाबालकको मृत्यु समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदनका अनुसार गण्डकी प्रदेशको तथ्याङ्कमा समावेश गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ती जारी गरी जनाएको छ । यसअघि गण्डकीका कास्की र स्याङ्जामा दुई÷दुई तथा तनहुँ, गोरखा र बाग्लुङमा एक÷एक जना संक्रमणबाट मृत्यु भएका थिए। त्यसैगरी आज पुनः गण्डकीमा दुई संक्रमित थपिएका छन् । पोखरा–२९ का २० वर्षीया महिला तथा नवलपरासीका ४७ वर्षीय पुरुष छन् ।...
बितेको २४ घण्टामा देशभर ७४३ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बितेको २४ घण्टामा देशभर ७४३ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । बितेको २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा  १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ। यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी  ८ जन...
मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु
समाचार, समाज

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

नेपाल अखबार, चितवन। चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजबाट नमूना संकलनको काम शुरुआत गरिएको छ। निकुञ्जमा ५९ हात्ती रहेका छन्। निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमूना संकलनको काम शुरुआत भएको जानकारी दिए। हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना संकलन गर्न थालिएको छ। हात्ती प्रजनन् केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती रहेका छन्। ती हात्तीको नमूना संकलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए। यसपछि पोस्टमा रहेका हात्तीहरुको नमूना संकलन गरी परीक्षणका लागि पठाइने छ। काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ। अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिए। सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन्। यस अवधिमा अन्य का...
पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै
विश्व, समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै

नेपाल अखबार, एजेन्सि ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण अमेरिकामा भन्दा भारतमा दुई गुणा बढी मानिसले ज्यान गुमाएका छन्। यस बीचमा संक्रमित पनि विश्वमै सबैभन्दा धेरै भारतमा फेला परेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा आठ सय ४६ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ६१ हजार सात सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा भने पछिल्लो २४ घण्टामा चार सय ३० जनाको मृत्यु भएको छ भने ३२ हजार सात सय १८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा झण्डै पाँच सयले ज्यान गुमाएका छन् भने २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। यस अवधिमा विश्वभर कोरोना संक्रमणको कारण चार हजार दुई सय ३५ जनाले ज्यान गुमाएका वल्डओमिटरमा उल्लेख छ। दुई लाख ६ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।...
उत्तर कोरियाका शासक किम ‘कोमा’मा !
विश्व, समाचार

उत्तर कोरियाका शासक किम ‘कोमा’मा !

नेपाल अखबार, एजेन्सि।  उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ। उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। केही दिनअघि मात्र किमले आफ्नी बहिनी यो जोङलाई थप अधिकार दिएर शक्तिशाली बनाएकाे खबर सार्वजनिक भएकाे थियाे। याे उत्तरकाेरियाका   शासक किम जाेङ उनले  अाफ्नी बहिनीलार्इ  बनाए थप शत्तिशालि  न्युयाेर्क पाेस्टका अनुसार दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले आफ्नो देशका सञ्चारमाध्यमसँग ‘मैले थाहा पाएअनुसार उनी (किम जोङ उन) कोमामा छन्’ भनेका छन्। उनले जासुसमार्फत आफूले यो गोप्य कुरा थाहा पाएको दाबी गरेका छन्। यसअघि पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किमको मृत्यु नै भएको खबर आएका थिए। तर पछि...
विश्वका यी १० देश जहाँ कोरोनाका एकजना पनि संक्रमित छैनन्
विश्व, समाचार

विश्वका यी १० देश जहाँ कोरोनाका एकजना पनि संक्रमित छैनन्

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरस महामारीले यी १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ । तर के यी देश साँच्चै नै कोभिड–१९ बाट बेअसर नै छन् ? र प्रश्न यो पनि उठ्छ कि उनीहरु अब के गरिरहेका छन् ? सन् १९८२ मा खोलिएको ‘द पलाउ होटल’ त्यो जमानामा निकै ठूलो होटल थियो । यसको अत्यधिक चर्चा हुने गर्दथ्यो किनभने योभन्दा उन्नत होटल अरु कुनै थिएन । त्यतिबेलादेखि आकाशे रङको प्रशान्त महासागरले घेरिएको यो सानो देशले पर्यटनमा वृद्धिको पूरा आनन्द लियो । सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाऊ पुगेका थिए, अर्थात् यो देशको कूल जनसंख्याभन्दा लगभग पाँच गुणा बढी । सन् २०१७ मा आइएमएफको आँकडामार्फत् देशको जीडिपीको ४० प्रतिशत हिस्सा पर्यटनबाट आउने पत्ता लागेको छ । तर यो सबै कोभिड अघिको कुरा हो । पलाऊका सीमा मार्चको अन्तिम दिनदेखि बन्द छन् । यद्यपि, पलाऊ संसारको ती १० देश (उत्तर कोरिया र तुर्कमेनिस्तानल...
पाल्पामा पीसीआर मेसिन जडान गर्न १ करोड निकासा
प्रदेश ५, समाचार, स्वास्थ्य

पाल्पामा पीसीआर मेसिन जडान गर्न १ करोड निकासा

नेपाल अखबार, रामपुर । पाल्पामा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन जडानका लागि एक करोड रुपैयाँ निकासा भएको छ । जिल्ला अस्पताल पाल्पामा मेसिन खरिदका लागि संघीय सरकारले रकम पठाएको हो । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट एक करोड रुपैयाँ निकासा भएको छ । जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले बताए । मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पीसीआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताउँछन् । उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पीसीआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ । जिल्लामा पीसीआर परीक्षण गर्ने विधि नहुँद...
बैंकमा आईपीओ भर्नेको भीड, राष्ट्र बैंकले भन्यो-व्यवस्थापन
अर्थ, समाचार

बैंकमा आईपीओ भर्नेको भीड, राष्ट्र बैंकले भन्यो-व्यवस्थापन

नेपाल अखबार,  काठमाडौं । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुमा भीड बढेको भन्दै नेपाल राष्ट्र बैंकले व्यवस्थापन गर्न निर्देशन दिएको छ । आइतबार प्राप्त रिपोर्ट अनुसार बैंकका शाखा कार्यालयहरुमा भीड देखिएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले बैंकले तीन जिल्लामा ४ वटामात्रै शाखा खोल्दा धेरै भीड देखिएको बताए । उनले यो भीड व्यवस्थापनका लागि थप केही शाखाहरु सञ्चालनमा ल्याउन पनि भनिएको जानकारी दिए । यद्यपि, सबै शाखाहरु सञ्चालनमा भने नल्याउन भनिएको उनले बताए । ‘जम्मा ४ वटामात्रै शाखा बैंकले खोलेको रहेछ, थोरै शाखा हुँदा भीड धेरै देखिएकाले थप केही शाखा खोलेर हुन्छ कि कसरी हुन्छ व्यवस्थापन गर्नु भनेका छौं,’ कार्यकारी निर्देशक ढकालले भने । सर्वसाधारणहरु प्रविधिमा अभ्यस्त ...
४७ जिल्लामा निषेधाज्ञाः  स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको निर्देशन
प्रशासन, समाचार, हाइलाइट-समाचार

४७ जिल्लामा निषेधाज्ञाः स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको निर्देशन

नेपाल अखबार,  काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।  कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनले भने, “यस्ता गतिविधि कहीँ कतै हुन्छन्, सहयोगको खाँचो हुन्छ, अहिलेको अवस्थामा उहाँहरुलाई सबैको साथ र सहयोग जरुरी छ ।” जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको समेत उनले बताए । त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानून बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई पर...