Monday, May 25

समाचार

प्याजको विकल्पमा मेथी र जिरा !
अर्थ, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

प्याजको विकल्पमा मेथी र जिरा !

पर्वत– प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ । प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले जानकारी दिए । उनले भने “तरकारी तथा अचारमा प्याजको सट्टा जिरा, मेथी, दालमा लम्बु, प्रयोग गर्न सुरु गरेका छौ ।” कुखुराको मासु र प्याजको मूल्यसमेत बराबरी जस्तै भएपछि होटलमा खान आउने ग्राहकलाई समेत प्याज प्रयोग नहुने परिकार खान आग्रह गरिदै आएको छ । पर्वतको ठूलीपोखरीकी राधा सापकोटाले भने, “घरमा लगाएको प्याज असारमै सकियो । बजारमा महङ्गीले प्याज किनिसाध्ये छैन । अहिले लसुन, मेथी, जिरा पड्काउन थालिएको छ ।” कटुवाचौपारीकी शोभा ढकालले पनि प्याज राखेको परिकार नखाएको लामो समय भएको बताइन् । ...
ताप्लेमा शिविर ः एक सय ९२ जनाको आँखा परीक्षण
प्रदेश ४, समाचार, समाज

ताप्लेमा शिविर ः एक सय ९२ जनाको आँखा परीक्षण

गोरखा । गोरखा नगरपालिका–१ ताप्लेका १९२ जनाको निशुल्क आँखा जाँच गरिएको छ । गोरखा नगरपालिका र लायन्स क्लव अफ गोरखाको आयोजनामा आइतबार भएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो । आँखा जाँच गराउनहरुमा पूरुषको तुलनमा महिला दोब्बर बढि देखिएका छन् । सो अवसरमा १२१ महिलाले र ७१ पूरुषले आँखा जाँच गराएको वडा नम्बर १ का अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । परीक्षण गराएका मध्ये ९ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । शिविर विरामीहरुका लागि निशुल्क औषधी र चस्मा वितरण गरिएको थियो । मोतिविन्दु भएका विरामीहरुको पनि क्रमश अपरेसन गर्दै लैजाने तयारी गरिएको छ । गोरखा नगरपालिकाले क्रमश हरेक वडामा उक्त शिविर गर्ने योजना बनाएको छ । ‘कोही पनि नगरबासीले आँखाको समस्याका कारण दुखः पाउनु नपरोस्’ नगरप्रमुख राजनराज पन्तले भने ‘सोही अनुरुप गोरखा नगरपालिकका १४ वटै वडामा शिविर सञ्चालन गर्न लागेका हौं ।’ ...
सुत्र सफ्ट्वेयरमा समस्या ः स्थानीय तहमा लेखाको काम प्रभावित
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

सुत्र सफ्ट्वेयरमा समस्या ः स्थानीय तहमा लेखाको काम प्रभावित

मोहसिन अलि मियाँगाेरखा । केहि दिनयता स्थानीय तहहरुले योजना तथा कार्यक्रहरुको भुक्तानी दिन सकेका छैनन् । संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र) सफ्ट्वेयर ‘डाउन’ भएका कारण जिल्लाका ११ वटै स्थानीय तहमा लेखा सम्बन्धि काम प्रभावित भएको हो । महालेखा नियन्त्रक कार्यालयले देशभरका ७ सय ५३ स्थानीय तहमा अघिल्लो बर्षदेखि लागु गरेको सुत्र सफ्ट्वेयरमा गत शुक्रबारदेखि प्राविधिक समस्या आएपछि भुक्तानी रोकिएको हो । ‘हामीले एक बर्ष भयो सुत्र प्रयोग गरेको, अहिलेसम्म समस्या थिएन’ गोरखा नगरपालिकाका लेखा अधिकृत प्रकाश थापा मगरले भने ‘शुक्रबारदेखि सफ्ट्वेयर डाउन छ, मंसिर ११ पछिका सबै डाटा लष्ट भयो, चेक काट्न सकेका छैनौ, पूरै भुक्तानी रोकिएको छ ।’ मंसिर १२ देखि सफ्ट्वेयरमा इन्ट्री भएका सम्पूर्ण तथ्यांकमा नोक्सानी भएकाले त्यसपछिका डाटा पुनः प्रविष्ट गर्नुपर्ने भएको हो । देशभरका सबै स्थानीय तहमा संचित कोष ब...
गोरखाले कसैलाई अन्याय गर्दैन ः पर्यटन मन्त्री भट्टराई
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

गोरखाले कसैलाई अन्याय गर्दैन ः पर्यटन मन्त्री भट्टराई

मोहसिन अलि मियाँगोरखा । इतिहासमा गोरखाले कसैलाई अन्याय नगरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताएका छन् । ‘न्याय नपाए गोरखा जानू’ भन्ने उखान सम्झदै उनले भने ‘गोरखा इतिहास हो, गोरखाले कहिल्यै अरुलाई अन्याय गर्दैन, बरु अरुलाई न्याय दिलाउछ ।’ पूर्खाले जोगाएको नेपाली भूमिमा छिमेकीले आँखा लगाएको मन्त्रीले भट्टराईले बताए । भीमसेन थापाको स्मृतिमा गोरखा नगरपालिकाले निर्माण गरेको पार्क उद्घाटन तथा शालिक अनावरण गर्दै मन्त्री भट्टराईले भारतका कारण सिमा क्षेत्रमा बर्षेनी समस्या हुने गरेको बताएका हुन् । ‘हाम्रा पूर्खाले ब्रिटिसलाई जितेर जोगाएको भूमिमा अहिले छिमेकीको आँखा परेको छ’ उनले भने ‘कहिले कालापानी दुख्छ त कहिले लिपुलेक, अब कुटनीतिक रुपमा सिमा विवाद मिलाउनुपर्छ ।’ देशका लागि भीमसेन थापाले गरेको योगदानका बारे आफुले स्कुले जिवनका कितावमा पढेको स्मरण गर्दै मन्...
स्याउ फल्यो, तनाव थपियो
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

स्याउ फल्यो, तनाव थपियो

मोहसिन अलि मियाँ गोरखा । केहि बर्षअघि छेकमगाउँमा सबैले स्याउका बिरुवा लगाए । स्याउका बिरुवा नहुर्किञ्जेल कहिले फल्ला भन्ने चिन्ता भयो तर फलेपछि कहाँ लैजाने भन्ने थप पिरलो अहिले स्थानीयलाई छ । चुमनुब्री गाउँपालिका ७ स्थित छेकमगाउँमा अहिले घरैपिच्छे जसो स्याउका रुख छन् । स्याउ सबैका घरमा लटरम्मै फलेका पनि छन् । तर खै बजार, कहाँ कसलाई बेच्ने ? सबैको एउटै प्रश्न यहि छ । ‘स्याउले आम्दानी राम्रो दिन्छ भनेर बिरुवा लगाइयो, पोहोरदेखि स्याउ फल्न थालेको छ’ स्थानीय ढोल्कर लामाले भने ‘फलेर के गर्नु, न बेच्ने ठाउँ छ, न खाएर सक्किन्छ ।’ छेकमगाउँमा अहिले घरैपिच्छे जसो भएका रुखमा हाँगै भाचिने जसरी स्याउ फलेपनि विक्रिका लागि बजार नहुँदा स्थानीय चिन्तित बनेका छन् । ‘दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु ?’ लामाले थपे ‘बजार भए त ब्यवसायिक रुपमै गर्ने सोच हो तर फलेपछि पन्छाउने कस...
नेकपा–राजपा सहमतिपछि बाबुरामको प्रतिक्रियाः नयाँ मालिकहरु झनै धूर्त छन्
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा–राजपा सहमतिपछि बाबुरामको प्रतिक्रियाः नयाँ मालिकहरु झनै धूर्त छन्

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको सहमतिलाई लिएर प्रतिक्रिया व्यक्त गरेका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष भट्टराईले नाम नलिइकन नेकपालाई मालिक र राजपालाई दासको संकेत दिएका छन्। उनले दासहरुले मालिकलाई रिझाएर जुठोपुरो चाट्ने प्रवृत्तिले दासहरुको मुक्ति नहुने उनको भनाइ छ। राजपा र समाजवादी पार्टी बीच एकताको प्रक्रिया चलिरहेकै समयमा सत्ता गठबन्धनमा रहेको समकाजवादी पार्टीसँग छलफल नै नगरी सत्ताको नेतृत्व गरेको नेकपाले बुधबार राष्ट्रिय सभामा रहेका प्रदेश २ का चार सिटमा दुई÷दुई लिने गरी सहमति भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपाका नेताहरुलाई नयाँ मालिकको संज्ञा दिँदै मालिकहरु फुटाउ र राज गरको नीतिमा खप्पिस रहेको बताउँदै ...
खत्री, मास्के र श्रेष्ठ पर्यटन समितिको सदस्यमा मनोनित
Uncategorized, समाचार, समाज

खत्री, मास्के र श्रेष्ठ पर्यटन समितिको सदस्यमा मनोनित

पर्यटन बर्ष २०२० लाई सफल बनाउन गोरखा नगरपालिकाले पर्यटन समिति गठन गरेको छ । नगरप्रमुख राजनराज पन्तको संयोजकत्वमा नगर पर्यटन समिति गठन भएको हो । समितिमा ब्यवसायीहरुबाट होटल सत्यमका सञ्चालक अञ्जनबाबु खत्री, होटल बिसौनीका सञ्चालक धिरजबहादुर मास्के र होटल बृन्दावनका सञ्चालक प्रकाशचन्द्र श्रेष्ठलाई सदस्यमा मनोनित गरिएको गोरखा नगरपालिकाले जनाएको छ । त्यस्तै कार्यपालिका सदस्यहरुबाट वडा नम्बर १४ का वडाध्यक्ष रामबहादुर खड्का, हरी गान्धारी र रञ्जिला श्रेष्ठलाई मनोनित गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।...
भीमसेन थापाको शालिक मन्त्री योगेश भट्टराईले अनावरण गर्ने
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

भीमसेन थापाको शालिक मन्त्री योगेश भट्टराईले अनावरण गर्ने

गोरखा । गोरखा नगरपालिकाले निर्माण गरेको भीमसेन थापाको शालिक अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । गोरखा नगरपालिका ४ स्थित भिमसेन पार्कमा निर्माण गरिएको शालिकको आउदो शानिबार एक कार्यक्रमका बिच मन्त्री भट्टराईले अनवरण गर्ने भएका हुन् । राष्ट्रिय विभूती भीमसेन थापाले नेपाल राज्यको एकिकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनको सम्मानमा नगरपालिकाले पार्कभित्र पूर्णकदको सालिक निर्माण गरेको हो । ‘गोरखाको मुख्य चिनारी भनेको इतिहास हो’ नगरप्रमुख राजनराज पन्तले भने ‘नेपाल एकिकरणदेखिका इतिहास हामीसंग छन्, अब यसैको संरक्षण र प्रचार गरेर पर्यटक भित्राउने हाम्रो लक्ष्य हो ।’ ऐतिहासिक धरोहरहरुको संरक्षणमा बिशेष कार्ययोजना सहित अघि बढेको नगरपालिकाले जनाएको छ । करिब २० लाख लागतमा निर्माण भएको ५ फिट १० इन्च अग्लो पूर्णकदको सालिक नविन आर्टसले तय...
समाचार, समाज, हाइलाइट-समाचार

छोरीको घर गएकी आमाकाे मृत्यु

गोरखा । अजिरकोट ५ कुसेण्डेमा छोरीको घर गएकी एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ४ पोखरी डाडाँकी ७० वर्षीय दुरमाया नेपाली आइतबार छोरी कुमारी नेपालीको घर गएकी थिइन् । राती खाना खाइओरी सुतेकी दरमायाँको सोमबार अकस्मात मृत्यु भएको हो । झ्याल्ला भुमि जात्रा गएर आएका स्थानीय २२ बर्षिय सुनिल नेपाली पनि सोही घरमा बास बसेका थिए । मादक पदार्थ सेवन गरेर आएका सुनिल र स्थानीय वीच सामान्य विवाद समेत भएको थियो । दुरमायाको मृत्यु रहस्यमय ढङ्गले भएको भन्दै परिवार स्रोतले खबर गरेपछि प्रहरीले सुनिललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।...
प्रदेश, प्रदेश २, समाचार, समाज, हाइलाइट-समाचार

धनुषा बम विष्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा– धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । बम विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा राजेश साहकी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।...