Wednesday, September 16

समाचार

श्रीमानको हत्या आरोपमा युवती पक्राउ
समाचार

श्रीमानको हत्या आरोपमा युवती पक्राउ

नेपाल अखबार,रुकुमपूर्व   । रुकुमपूर्वमा श्रीमानको हत्या गरेको आरोपमा एकजना युवती पक्राउ परेकी छन् । सिस्ने गाउँपालिका वडानम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय बिछोड विकलाई २० वर्षीया श्रीमती रेश्माले दाउराले हान्दा मृत्यु भएको बताइएको छ । पारिवारिक विवादका कारण मंगलबार राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा मृत्यु  भएको वडानम्बर २ का वडाध्यक्ष जीवन केसीले बताए । उनका अनुसार बुधबार बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए । घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस...
अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली
राजनीति, समाचार

अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली

नेपाल अखबार, काठमाडौं । मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएको छन् । बुधबार अपरान्ह प्रधानमन्त्री ओली  मुटुसम्बन्धी परीक्षणका लागि  बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री निवास फर्किएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ ।’...
रोल्पामा एक पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या
समाचार

रोल्पामा एक पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या

नेपाल अखबार,  रोल्पा। रोल्पाको गंगादेव गाउँपालिकाका एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् ।  केहि दिनअघि विदेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधवार दिउँसो करिव १ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको  रोल्पाका प्रहरी प्रमुख डिएसपी  चित्रबहादुर गुरुङ्गले जानकारी दिए । उनी दुवईबाट घर आई  सार्वाजानिक क्यारेन्टाईन खाली नभएपछि असार १० गते   देखि गाउँकै १ जनाको खाली घरको क्वारेन्टिनमा बसेका थिए । सोही  घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खबर गरेको डिएसपी गुरुङ्गले बताए  । सार्वजनिक क्वारेन्टिन खाली छैन भनेर उनलाई भनिएर एक्लो घरमा राखिए पनि भारतबाट आएकाहरुले उनलाई क्वारेन्टिनमा बस्न नदिएको जनाईएको छ ।...
कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनस्थलको टुङ्गो अझै लागेन
समाचार

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनस्थलको टुङ्गो अझै लागेन

नेपाल अखबार, बाग्लुङ । कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार पुनः आग्रह गरेको छ । यसअघि गत जेठ २८ र यही असार ५ गते पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको थियो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याएको कार्यविधिमा स्थान खोज्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । कार्यविधिमा संस्कारअनुसार शव जलाउने या गाड्ने हो सोहीअनुसार छुट्टाछुट्टै ठाउँ तोक्नुपर्ने उल्लेख छ । प्रजिअ एवं जिल्लास्तरीय समितिका संयोजक गौलोचन सैँजूले स्थानीय तह र वडास्तरमा समेत शव व्यव...
केहीबेर बसेर नेकपा बैठक स्थगित
राजनीति, समाचार

केहीबेर बसेर नेकपा बैठक स्थगित

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार केहीबेर (करिब एक घण्टा) बसेर स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । आजको स्थायी समिति बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आजपनि हिजोकै एजेण्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रीत रहेर छलफल चलेको श्रेष्ठले जानकारी दिए । यसअघि मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए । विशेषगरी गत आइतबार ओलीले आफू नेत...
पानी परेपछि सलहको जोखिम कम हुने
समाचार

पानी परेपछि सलहको जोखिम कम हुने

नेपाल अखबार, काठमाडाैं। अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौँमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ। गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा सलह देखा परेको थियो। सलह वर्षा भएपछि मर्ने कृषिविद्ले बताएका छन्। वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ। ‘काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन’, डा बूढाथोकीले भने। नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ। रासस...
ललितपुर हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या
समाचार

ललितपुर हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

नेपाल अखबार, काठमाडाैं। प्रहरी परिसर ललितपुरमा रहेका एक जना थुनुावाले आत्महत्या गरेका छन्। सिराहको औराहीका दुर्गेस यादवले बुधबार बिहान आत्महत्या गरेका हुन्। उनी जबरजस्ती करणीको मुद्दामा पक्राउ परेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो। उनले तन्नाको पासो लगाएर बाथरुममा झुण्डिएर आत्महत्या गरेका एसएसपी राईले जानकारी दिए। बाथरुममा झुण्डिएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो। अस्पतालले उनलाई केहीबेर अघि मृतक घोषणा गरेको हो।...
खोलामा डुबेर इलाममा  एकको मृत्यु
समाचार

खोलामा डुबेर इलाममा एकको मृत्यु

नेपाल अखबार, इलाम । इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् । सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो । आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ । ।रासस...
भक्तपुर हत्या आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति
समाचार

भक्तपुर हत्या आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

नेपाल अखबार, काठमाडाैं। ढुंगाले हानेर हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिन्धुली घर भइ भक्तपुरको गहिटी क्षेत्रमा बस्दै आएका ३० वर्षीय इन्द्रबहादुर तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार तामाङले ढुंगाले हानेर अन्दाजी ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो । जिल्ला अदालत, भक्तपुरले ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि मंगलबार १० दिन हिरासतमा राख्न अनुमति दिएको भक्तपुरका डीएसपी दिपक गिरी बताउँछन् । घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट इस्पेक्टर किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा टाउको, निधार र चिउडोमा तामाङको चोट देखिएको थियो । ...
शिशुलाई जङ्गलमा फाल्ने १७ वर्षीया युवती पक्राउ
समाचार

शिशुलाई जङ्गलमा फाल्ने १७ वर्षीया युवती पक्राउ

नेपाल अखबार, बागलुङ। यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए । उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए । बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । रासस...