Tuesday, September 15

समाचार

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या
समाचार, समाज

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

नेपाल अखबार,  बझाङ।  बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । गएराति सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।  वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार उनी ६ गतेदेखि क्वारेन्टिनमा बसिरहेका थिए । तर गएराति अचानक उनी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए । वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।...
हेटौंडा-काठमाडौं सडकखण्डमा पहिरोले अवरूद्ध
समाचार

हेटौंडा-काठमाडौं सडकखण्डमा पहिरोले अवरूद्ध

नेपाल अखबार, मकवानपुर । हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएका ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । बेँसीशहर–चामे सडक पुनः अवरुद्ध लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबार बिहानदेखि गएको पहिराबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो । आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनल...
सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो

नेपाल अखबार, कैलाली । आइतबार थप ७६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुगेको छ । आइतबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट ४३ जनामा पुष्टि भएको हो । यसअघि नै १ सय ३८ जना संक्रमित निको भइ घर फर्किसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये कैलालीका २४ पुरुष र ८ महिला, कञ्चनपुरका २ पुरुष र १ महिला, बैतडी २ पुरुष, डडेल्धुराका १३ पुरुष र ३ महिला रहेका छन् । त्यसैगरी डोटीका १८ पुरुष र ३ महिला, बाजुराका १ परुष र १ महिलामा संक्रमण पुष्टि भएको  सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । पोजिटभ देखिएका संक्रमितको विभिन्न अस्पतालमा उपचार...
एउटाको गर्भ, अर्कोसँग विवाह
समाचार, समाज

एउटाको गर्भ, अर्कोसँग विवाह

नेपाल अखबार, सप्तरी। एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गत...
स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

नेपाल अखबार, पोखरा ।  स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । आज भेटिएको केसमध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् । गाउँपालिकाका ८ संक्रमितमध्ये २ जना महिला हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपुरमा बौदीगाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेक...
वीरगञ्जमा विरोध प्रदर्शन,  भारतमा नेपालको झण्डा जलाइएको भन्दै
प्रदेश २, समाचार

वीरगञ्जमा विरोध प्रदर्शन, भारतमा नेपालको झण्डा जलाइएको भन्दै

 इरफान अलि,वीरगंज । भारत विराेध नारा जुलुस गरेकाे अभियाेगमा पर्सामा अाज दुई जना पक्राउ परेका छन । भारत विराेध गतिवधि गरेकाे भन्दै पर्सा प्रहरीले २ जनालाइ पक्राउ गरि नियन्त्रणमा लिएकाे छ । केही दिन अगाडि नेपाल भारत बार्डरमा सशस्त्र प्रहरीकाे गाली लागि एक जना भारतियकाे मृत्यु भएकाे थियाे । भारतियकाे मृत्युकाे विराेधमा भारतका विभिन्न राज्यमा नेपाल विराेध नारा जुलुस गरेका छन भने नेपाली ध्वज समेत जलाएका छन । नेपालकाे ‍झण्डा जलाएकाे विराेधमा पर्साका जनता समाजवादि पार्टिका स्थानिय युवाहरु विराेध जनाए पछि पर्सा प्रहरीले पार्टिका २ जना कार्यक्रतालाई नियण्त्रणमा लिएकाे छ । समाजवादी पार्टी पर्साले नेपालकाे झण्डा जलाउने भारतियहरुकाे पुतला र भारतकाे झण्डा जलाउन खाेजेपछि नियण्त्रणमा लिएकाे वडा प्रहरी वीर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले बताए । पक्राउ पर्नेमा वीरगंजका माहसिन मिया र लियाकत अलि ...
२१ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएपछि तीन गाउँ सिल
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

२१ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएपछि तीन गाउँ सिल

नेपाल अखबार,गुल्मी । गुल्मीमा एक जना सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मी दरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ। सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका छन्। सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ। सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताए। ती महिलालाई आरडीटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्प...
विदेशी महिलालाई विवाह गरेकाे ७ वर्षपछि नागरिकता दिने प्रावधान समितिबाट पारित
राजनीति, समाचार

विदेशी महिलालाई विवाह गरेकाे ७ वर्षपछि नागरिकता दिने प्रावधान समितिबाट पारित

नेपाल अखबार, काठमाडाैं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ। त्यसमा रहेको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले असहमतिसहित फरक दत दर्ता गराएका छन्। ‘नेकपा सांसदले नेपाली पुरुषसँग बिहे गर्ने महिलालाई बिहे गरेको सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधानमा नेकपाका सांसदहरुको पक्षमा भोट परेको छ र बहुमतले पारित भएको छ,’ सांसद तथा सोहि समितिका सदस्य झपट रावलले नेपालखबरसँग भने, ‘सो प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुबाट फरक फरक असहमति दर्ता गराइएको छ।’ नेपाली पुरुषसँग बिहे गर्ने बिदेशी महिलाले सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता पाउने प्रावधानसहित नागरिकता ऐन संशोधन हुन लागेको हो। यसअघि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाल...
गुल्मीमा बेवारिसे शवको पहिचान
समाचार

गुल्मीमा बेवारिसे शवको पहिचान

नेपाल अखबार, गुल्मी । गुल्मीको रिडी खोला किनारमा फेला परेको बेवारिसे शवको पहिचान भएको छ । मृतक युवक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका छहरा वडा नम्बर–१ का १४ वर्षीय राजुकुमार रहेको जिल्ला प्रहरी कर्याालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । असार ४ गते घरबाट माछा मार्न हिँडेका युवक राजुकुमार रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर–१ को रिडी खोलामा मृत फेला परेका थिए । हातमा माछा मार्ने जालको रसीसँगै उनको शव फेला परेको थियो । शवको पहिचान भएसँगै उनको परिवारजनलाई जानकारी गराइसकेको प्रहरी निरीक्षक पुनले बताए ।...
बालिका बिक्री गर्ने दुई पक्राउ
समाचार

बालिका बिक्री गर्ने दुई पक्राउ

नेपाल अखबार, काठमाडाैं। एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो । उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्र...